logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवा क्याम्पसमा त्रिविको बिबिए


    २९ भाद्र २०७४ , बिहिबार

    भैरहवा क्याम्पसमा त्रिविको बिबिए

    कमल रायमाझी
    भैरहवा, २९ भदौ । त्रिभुवन विश्व विद्यायलयको व्यवस्थापन संकाय बोर्डको बैठकले भैरहवा बहुमुखी क्याम्पसलाई बिबिए सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ ।

     

     

    यसै शैक्षिक सत्रदेखि बिबिए कक्षा सञ्चालन गर्ने अनुमति पाएको भैरहवा बहुमुखी क्याम्पस प्रशासनले जानकारी दिएको छ । त्रिविको बिबिए अध्यापन गराउन अनुमति पाउने काठमाडौं उपत्यकापछि पहिलो पोखराको पृथ्वीनारायण क्याम्पस हो भने दोस्रो रुपन्देहीको भैरहवा बुहुमुखी क्याम्पस भएको छ ।

    विश्व बजारमा अत्यन्तै उपयोगी र नयाँ प्रविधियुक्त विषय बिबिए भएकाले यो बजारको आवश्यकता अनुसार भैरहवा बहुमुखी क्याम्पसले बिबिए कक्षा सञ्चालन गर्न थालेको भैरहवा बहुमुखी क्याम्पसको सूचना शाखाले जानकारी दिएको छ ।

    विद्यार्थीहरुलाई व्यावसायिक जगतमा सफल व्यवस्थापक तथा नव उद्यमीहरुको रुपमा तयार गर्न र आर्थिक क्षेत्रको विकासका लागि जनशक्ति उत्पादन गर्ने बिबिए कायक्रमको उद्धेश्य रहेको छ ।

    ४ वर्षे र ८ सेमेस्टर अन्तर्गत विजनेश टुलका विषयहरुको अध्ययन हुने बिबिएमा यस क्षेत्रका विद्यार्थीहरुको आर्कषण समेत बढदो देखिन्छ । दिउँसोको समयमा अध्यापन गराउने प्रयास गरेको बिबिएलाई भैरहवा बहुमुखी क्याम्पसले पूर्ण मल्टिमिडियाको तरिकाले पठनपाठन गराउने भएको छ ।

    यस क्षेत्रमा नै पहिलो पटक व्यवहारिक विषय बिबिए आउनु गर्भको विषय भएको भन्दै शिक्षा विदहरुले समेत प्रंशसा गरेका छन् । व्यवस्थापन संकायमा बिबिएको कार्यक्रम भैरहवा बहुमुखी क्याम्पसले प्राप्त गर्नु गर्वको विषय भएको जानकारी दिँदै भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले यसको सफलताको लागि सबैमा अनुरोध समेत गरेका छन् ।

    उनले समयको माग अनुसार त्रिविको बिबिए यस क्याम्पसले ल्याउन सफल भएकोले व्यवस्थापन क्षेत्रमा अब भैरहवाले अझ फड्को मार्ने बताए । पहिलो सेमेस्टरमा ३८ जना विद्यार्थी सिट क्षमता रहेको यो कार्यक्रममा थेउरी ३० प्रतिशत र प्राक्टिकल ७० प्रतिशतको मेथडमा अध्यापन गराइने समेत क्याम्पसको व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

    त्रिविले उच्चस्तरको जनशक्ति भएका सिमित क्याम्पसहरुलाई मात्र स्वीकृत दिएको बिबिए को प्रोग्राम भैरहवा क्याम्पसले पाउनु लुम्बिनी क्षेत्रकै सफलता भएको भन्दै विद्यार्थी नेताहरुले समेत खुसी व्यक्त गरेका छन् ।

    अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अनुप पोखरेलले भैरहवा बहुमुखी क्याम्पस आर्थिक क्रान्तिको सुत्रधार गर्न सक्ने बिबिए प्रोग्राम प्राध्यापन गराउने चरणमा प्रवेश गर्नुमा नेपाल कै उदाहरणीय क्याम्पसको दर्जामा उपस्थित भएको बताए । उनले लुम्बिनी क्षेत्रको विकासमा र आर्थिक करिडोरक्षेत्रमा आवश्यक उत्पादन अब बिबिएले दिने समेत जानकारी दिए ।

    प्रति विद्यार्थी वार्षिक ५० हजार हाराहारी खर्च हुने यस बिबिए प्रोग्रामबाट उत्पादन विद्यार्थीहरुको देशभित्र मात्र नभएर देशबाहिर पनि उच्च माग रहेको भैरहवा बहुमुखी क्याम्पसले जनाएको छ । यही भदौ ३१ गतेसम्म नयाँ भर्नाका लागि प्रवेश परीक्षाको मिति तोकेको क्याम्पसले प्रवेश परीक्षा फारम भर्ने म्याद समेत ३१ भदौ सम्मलाई नै तोकेको छ ।

    विभिन्न संकायमा अध्यापन हुने यस क्याम्पसमा यस अघिदेखि नै बिबिएम र बिबिएस प्रोग्रामका कक्षाहरु सञ्चालनमा रहेका छन् । व्यवस्थापन संकायमा नेपालकै उत्कृष्ट नतिजा समेत हासिल गर्न सफल यस क्याम्पसमा नयाँ प्रोग्रामका रुपमा बिबिए आउनु समेत खुसीको विषय बनेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.