logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    प्रदेश नं ५ पर्यटन क्षेत्रमा धनी


    २ असोज २०७४ , सोमबार

    प्रदेश नं ५ पर्यटन क्षेत्रमा धनी

    लुम्बिनीखबर
    भैरहवा, असोज २ । पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको ५ नम्बर प्रदेशलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जरुरी देखिएको छ ।

     

     

    मुलुकका अन्य प्रदेशभन्दा पर्यटन क्षेत्रमा ५ नम्बर प्रदेश सबैभन्दा धनी प्रदेशको रुपमा देखिएको छ । ५ नम्बर प्रदेशमा पर्ने लुम्बिनी, तिलौराकोट, जितगढी किल्ला, नुवाकोट दरबार, पाल्पा दरबार, रानी महल, रेसुङ्गा डाँडा, सुपा देउराली, स्वर्गद्वारी, त्रिवेणी लगायतका दर्जन भन्दा बढी पर्यटकीय स्थलका कारण ५ नम्बर प्रदेशमा पर्यटन क्षेत्रको पूर्वाधार विकासलाई अगाडि बढाउन जरुरी देखिएको छ ।

    पछिल्लो समय विश्व प्रसिद्ध धार्मिक तीर्थस्थल लुम्बिनीको विकास र प्रचारसँगै पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार तयार हुन थालेको छ । पछिल्लो समय भैरहवा लुम्बिनी क्षेत्र महत्वपूर्ण पर्यटकीय स्थल बनेको छ । पर्यटन सम्भावना बढेपछि स्वदेशी र विदेशी लगानीकर्ता आकर्षित हुन थालेका छन् ।

    पछिल्ला ६ वर्षमा फेरिएको लुम्बिनी, लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुनु, बेलहिया बुटवल सडक ६ लेनमा विस्तार, लुम्बिनी भैरहवा हुँदै परासीको हुलाकी राजमार्ग विस्तार, निर्यात प्रवद्र्धनका लागि भैरहवामा विशेष आर्थिक क्षेत्रको निर्माण, स्थलमार्गबाट बेलहिया भैरहवा नाका हुँदै तेस्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल भित्रिनु लगायत भौतिक पूर्वाधारको विस्तारले यस क्षेत्रमा पर्यटन व्यवसायीलाई आकर्षित बनाएको हो ।

    ‘विश्वका सबै बुद्धिष्ट मुलुकको पहिलो गन्तव्य लुम्बिनी हो,’ पूर्व अर्थ मन्त्री बिष्णु पौडेलले भने, ‘तर विदेशी पर्यटकलाई सिधै लुम्बिनी आउने वातावरण तयार गर्न जरुरी छ ।’ लुम्बिनी र मायादेवी मन्दिर सबै धर्मावलम्बीलाई आस्थाको केन्द्र मात्र नभएर त्यहाँ विभिन्न विदेशी राष्ट्रले आफ्नै शैलीमा निर्माण गरेका मन्दिर तथा विहार, केन्द्रीय नहर, शान्त र मनोरम हरियाली, बौद्ध विषयको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा पुस्तकालय, संग्रहालय, निर्माणाधीन झन्डै ३ किमि लम्बाइको गोलाकार पोखरी, शान्ति द्वीप लगायत स्थान मुख्य पर्यटक आकर्षणस्थल हुन् । पछिल्लो पटक लुम्बिनीमा रहेका विपश्यना, पंडितारामा र ओशो ध्यान केन्द्र स्वदेशी र विदेशी पर्यटकको आकर्षण बनेका छन् ।

    कपिलवस्तुको तिलौराकोट दरबार लगायत अन्य बौद्धस्थल, देवदहमा रहेको बुद्धको मावलीस्थल, नवलपरासीको रामग्राम, बुटवलको जितगढी किल्ला, गैंडहवा र विष्णुपुरा ताल, कपिलवस्तुको जगदीशपुर ताल यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हुन् ।

    भारत हुँदै काठमाडौं, पोखरा आउनेजाने आन्तरिक तथा बाह्य पर्यटकका लागि सबैभन्दा सहज नाका भैरहवा बेलहिया भएकाले पनि भैरहवा क्षेत्र पर्यटकीय स्थलका रूपमा अगाडि बढेको हो । चितवन, तानसेन घुम्न जानका लागि पनि भारतीय र अन्य विदेशीका लागि यो सीमा नाका सहज छ ।

    त्यस्तै मर्चवारको समरमाई गाँउ पालिकाको सिमा क्षेत्रमा पर्नै तरैनी नाका र भारत सिद्धार्थनगर जिल्लाको ठोठरी नाका सुचारु गर्नै सके बिकासका गतिबिधि बाट पछाडि परेको मर्चवारमा पर्यटन क्षेत्र अगाडि आउने बताईन्छ ।
    समरीमाई गाँउपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुले उक्त नाका सुचारु गर्न पहल भईरहेको बताउँदै त्यसका लागि भारतीय दूतावासका प्रथम सचिवले समेत स्थलगत निरीक्षण भ्रमण गरेको बताए । वरिष्ठ पत्रकार चेतन पन्त अन्तर्राष्ट्रिय विमानस्थल चाडै संचालनमा आउन सके यस क्षेत्रले विकासमा पmड्को मार्नै बताउँछन् ।

    ऐतिहासिक, पुरातात्विक र प्राकृतिक स्थलको संग्रहालयका रूपमा रहेको कपिलवस्तु पर्यटकीय गन्तव्य बन्न सकेको छैन । सम्भावना हुँदाहुँदै पर्यटकीय स्थल सुनसान छन् । योजना र कार्यक्रम सञ्चालन नहुँदा पर्यटकीय स्थल ओझेलमा परेका हुन् ।

    बुद्धको जीवनसँग प्रत्यक्ष सम्बन्धित र सरोकार राख्ने महत्त्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक स्थलहरू रहेका छन् । प्राकृतिक मनोरम र चरा पर्यटनका लागि पनि उत्तिकै मनमोहक स्थल यहाँ रहेका छन् । लुम्बिनी विकास कोषलाई सरकारले २०४१ मा यहाँका तिलौराकोट, निग्लिहवा, सगरहवा, गोटिहवा, अरौराकोट, निग्रोधाराम र सिसहनियाको संरक्षण र विकासका लागि जिम्मा दिइसकेको छ ।

    पर्यटन विकासका लागि केही काम भएको छैन । पुरातात्त्विक स्थलको संरक्षण भएको छैन । महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक स्थलमा पथप्रदर्शक नहुँदा समस्या भइरहेको छ । भारतीय पथप्रदर्शकले गलत र भ्रमपूर्ण जानकारी दिने गरेकाले राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट (प्राचीन कपिलवस्तु) का बारेमा बाहिर नकारात्मक कुरा गइरहेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् ।

    पश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र बुटवललाई नमुना पर्यटकीय विश्रामस्थल बनाउनु पर्नै सरोकारवाला बताउँछन् । व्यवसायीले, काठमाडौं, पोखरा, पाल्पा तथा लुम्बिनी आउजाउ गर्ने स्वदशीरविदेशी पर्यटकलाई यहाँ बास बसाउने योजना बनाउनुपर्ने पर्यटनविद्हरु बताउँछन् । बुटवल बाह्य मात्र होइन आन्तरिक पर्यटकको ठूलो जमघट हुने स्थान हो ।

    सबैभन्दा बढी बाह्य पर्यटक पैदल मार्ग भएर आउने बेलहिया नाका, अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थल लुम्बिनी, मावली स्थान देवदह, अंग्रेज फौजलाई हराएको जितगढी किल्ला लगायत यसै जिल्लामा रहेकाले बाह्य पर्यटक पनि सजिलै बसाल्न सकिन्छ । केही व्यवसायी बुटवल नजिकको नुवाकोट, पाल्पाको दोभानलगायत स्थानलाई व्यवस्थित गर्न जुटेका छन् ।

    रुपन्देही व्यापार संघले रुपन्देहीको लुम्बिनी, सिद्धबाबा, रामापिथेकस, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, मौलाकाली, पाल्पा श्रीनगर, गुल्मीको रेसुंगा, अर्घाखाँचीको सुपा देउराली, पौवालगायत स्थललाई समेटेर फोटो तथा वृत्रचित्र बनाएको छ । उक्त वित्तचित्र यहाँका केही होटलहरूमा समेत राखेर जानाकारी दिने र नयाँ पाहुनालाई देखाउने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.