लुम्बिनीखबर
भैरहवा २ असोज । भारतको नयाँ दिल्ली बाट रोजगारी गरेर दशै मनाउन घर पmर्किएका एक नेपाली भारतिय भुमीमा लुटिएका छन् ।

चितवनको भरतपुर महानगरपालिका चौबीसकोटी निवासी सोमानाथ सिम्खडालाई भारतिय लुटेराको समुहले नशालु पदार्थ सुघाँएर लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दिल्ली बाट गोरखपुर हुदै नेपाल आउदै गरेका सिम्खडा सुनौली र गोरखपुरको बिचमा खाना खाने स्थानमा उनले खाँना खाए पछि बेहोस भएका थिए ।
अर्ध बेहोस अवस्थामा नेपाल भारत सिमा नाका बेलहिया आईपुग्दा उनि बेहोस भए पछि ईलाका प्रहरी कार्यालय बेलहियाले सिम्खडालाई उद्धार गरेको थियो ।
बेहोस अबस्थामा रहेका सिम्खडाको साथ बाट के कती रकम र अन्य सामाग्री लुटिएको बारेमा पिडित सिम्खडा होसमा आए पछि मात्र थाहा हुने र यसका बारेमा घर परिवार लाई खबर गरिएको र उनिहरु आए पछि परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।
केही दिन अघि मात्र सिँम्खडा जस्तै तीन जना नेपाली दशै मनाउन घर फर्किँदै गर्दा लुटेराको समुहले नशालु पदार्थ सुँघाएर लुटपाट गरिसकेका छन् ।
दशँै मनाउन घर फर्किने नेपालीहरु बर्षैनी भारतीय भुमीमा लुटिँदा समेत भारतिय प्रहरीले कुनै चासो नदिएको पीडितको गुनासो छ । लुटपाटमा भारतिय प्रहरी, होटल व्यवसायीको समेत संलग्नता हुने गरेको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले दशै मनाउन घर फर्किएका नेपाली लुटिनु दुखद भएको जनाउँदै यस घटनाका बारेमा तत्कालै भारतिय प्रहरी प्रशासन सँग बैठक बसेर घर फर्किएका नेपालीहरुको सुरक्षाका बारेमा सचेत रहन आग्रह गरिने बताए ।