logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अबैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा


    ३ असोज २०७४ , मंगलबार

    अबैध  नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन  नियन्त्रणमा

    अरुण ज्ञवाली

    भैरहवा ३ असोज । रुपन्देही प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नै जेसिभी लगायत अन्य सवारी साधन लाई नियन्त्रणमा लिई कारबाही अभियान सुरु गरेको छ ।

     

    फाइल फोटो

     

    जिल्ला प्रहरी कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय बुटवल बाट खटिएको प्रहरीले सेमलार दानब नदी पर्साघाट बाट नदीजन्य पदार्थ उत्खखन गरिरहेको अवस्थामा लु १ त १८४७ नम्बरको जेसिभी, लु १ त २६७१ र लु १ त ३८०९ नम्बरको ट्याक्टर लाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया सुरु गरेको छ ।

    जिल्ला समन्वय समिति रुपन्देहीले जिल्लाका बिभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध लगाए पनि रातीको समयमा गैर कानुनी तवरले बालुवा गिटी तस्करहरुले नदीजन्य पदार्थ उत्खनन गर्दै आएका थिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले गैर कानुनी रुपमा गरिने कुनै पनि कार्य बिरुद्ध रुपन्देही प्रहरी शशक्त रुपमा अगाडी आउने बताए । उनले कानुन हातमा लिने जो कोही लाई पनि नछाडिने दाबी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.