अरुण ज्ञवाली
भैरहवा ५ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूला तथा पोके तस्करी नियन्त्रणमा निकै कडाई गरेको छ ।

दशैँ तिहार नजिकिँदै गर्दा घरायसी प्रयोजनका लागि भन्दै पोके तस्करहरुले भारतीय बजार सुनौलीबाट घरायसी र अन्य सामान तस्करी हुन थालेपछि सीमा नाका लगायत सिद्धार्थनगरका अन्य क्षेत्रमा कडा चेकजाँच सुरु गरेको छ ।
साथै प्रहरीले विगतमा अपराध गरेर पmरार अभियुक्तलाई खोजी कार्य पनि तीव्र पारेको छ । प्रहरीले भन्सार छलेर अवैध रुपमा लु २ त ३१६१ नम्बरको ट्रयाक्टर बाट नेपाल भित्र्याउँदै गरेको करीब ३ लाख ८५ हजार मूल्य बराबरको हार्डवेयरका सामान, चालक सद्धाम मुसलमान र ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देहीको दक्षिणी नाका मर्चवार, मझगाँवा, मर्यादपुर लगायतका नाकाबाट अवैध रुपमा भित्र्याइएको करिब ३ लाख १९ हजार मूल्य बराबर खाद्यान्न तथा लत्ता कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका १२ भीमकाली पथमा रहेको पशुपति क्यारियर नेपाल ट्रान्सपोर्ट नेपालबाट लु २ ख ८०२७ नम्बरको ट्रकमा खुद्रा कपडा तथा अन्य सामान लोड गरी भैरहवा बाट काठमाडांै तपर्m जान लागेको अवस्थामा प्रहरीले शंका मानी चेक जाँच गर्दा ट्रकमा बिलमा उल्लेख भए भन्दा बढी सामान लिई जान लागेको अवस्थामा बाराको परवानीपुर गाउँपालिका १ निवासी प्रमोद कुमार महतोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देही प्रहरीले ११ बर्ष पछि पmरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाँउपालिका १ का ६२ वर्षीय भोला पासी रहेका छन् । २०६३ माघ १९ गते मुडिलाका खैरुला गद्धीलाई रमावति पासी, भोला पासी र भवई पासी समेतले कर्तब्य ज्यान लिएका थिए ।
उक्त घटनामा संलग्न रमावति पासीलाई सोही समयमा पक्राउ गरी अनुसन्धान पछि पुर्पक्षको लागि कारागार चलान गरिएको र अन्य पmरार अभियुक्तको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । साथै असोज ३ गते सियारी गाउँपालिका ३ निवासी ३८ वर्षीय सिताराम यादवलाई पनि कर्तव्य ज्यानको अभियोगमा पक्राउ गरेको छ । यादवले सोही स्थानका ६२ वर्षीय हरिराम यादवलाई सामान्य बिबादमा लाठी र ईट्टा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा ५ जना युवालाई पूर्पक्षका लागि भैरहवा कारागार चलान गरिएको छ । प्रहरीका अनुसार काठमाडांै ६ का अभिषेक शेरचन, कैलालीका सुमन शाह, बुटवल ५ का मोहम्मद रहिस, कास्की लेखनाथका गणेश गुरुङ र राजेश गुरुङलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले अवैध तस्करी र अपराधमा संलग्न जो कोहीलाई पनि कानुनको दायरामा ल्याईने बताए ।