logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    चाडपर्वको सेरोफेरोमा प्रहरीद्वारा १५ जना पक्राउ


    २२ असोज २०७४ , आइतबार

    चाडपर्वको सेरोफेरोमा   प्रहरीद्वारा १५ जना पक्राउ

    अरुण ज्ञवाली
    भैरहवा २२ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दशैको अवसरमा भएका विभिन्न घटनाका अभियुक्तहरु पक्राउ गरी सार्बजनिक गरेको छ । दशैको सेरोफेरोमा भएका विभिन्न आपराधिक घटनामा समलग्न भएको आरोपमा पक्राउ गरी मुद्धा दायर गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

     

     

    अपहरणकारी पक्राउ
    गत असोज २ गते सैनामैना नगरपालिका १ बस्ने २१ बर्षिय रेखा भुषाललाई अपहरण गर्नै ६ जना अपहरणकारी पक्राउ परेका छन । जिल्ला सैनामैना नगरपालिका १ बस्ने २२ बर्षिय प्रकाश भुषाल, शुद्धोधन गाँउपालिका २ बस्ने २१ वर्षीय राजिव सुनारी मगर, सैनामैना नगरपालिका ४ बस्ने २१ वर्षीय अनमोल जँग राणा, तिलोत्तमा नगरपालिका १६ बस्ने ३९ बर्षिय लालु पुन, सोही स्थान बस्ने डम्बर बहादुर राना र अर्घाखाँची भुमिकास्थान गाँउपालिका ९ बस्ने २८ वर्षीय दिपक नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार अपहरणकारीले रेखा भुषाललाई अपहरण गरी ठुलो रकम पिmरौती माग्ने योजना बनाएका थिए ।

    असोज २ गते रेखा भुषाल आपmनो काम गर्नै स्थान बुटवलको अस्पताल लाईनमा रहेको बर्षा मेडिकलमा जाने क्रममा बिहान साडे १० बजे सैनामैनाको बर्माचोक बाट लु १ ज ३४३६ नम्बरको कारमा जबरजस्ती अपहरण गरेका थिए । अपहरण पछि चारै तपर्m प्रहरी परिचालन गरिए पछि अपहरणकारीले रेखालाई तिलोत्तमा नगरपालिका ७ सेमरामा छाडेर पmरार भएका थिए । अपहरण पछि उनिहरुले रेखाको बुबा सँग २ करोड पिmरौती माग गरेका थिए ।

    उनीहरुले रेखालाई लुकाई छिपाई राख्न देवदह नगरपालिकाको घोडाहामा एउटा घर समेत भाडामा लिएका थिए । अपहरणकारीले प्रयोग गरेको कारको नम्बर समेत परिवर्तन गरी बा १६ च ६६९७ बनाएका थिए । प्रहरीले कारको नम्बर परिवर्तन गरेको अनुसन्धान गरेपछि उनीहरु पक्राउ परेका थिए ।

    कर्तव्य ज्यान पछि फिरौती माग
    सप्तरी जिल्लाको झलही गाँउपालिका घर भई सिद्धार्थनगर नगरपालिका १३ शान्तिनगर बस्ने महेश यादवको हत्या गरेको अभियोगमा सप्तरीको भगतपुर ७ बस्ने अनमोल खतेबलाई पक्राउ गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्ली नारायण पाण्डेले बताए ।

    प्रहरीका अनुसार असोज १४ गते ५ बजेको सि.न.पा.वडा नं.१ वेलहिया डण्डा खोला नजिक खोलाको किनारामा वेवारीसे अवस्थामा लाश रहेको भन्ने जानकारी प्रहरीलाई हुना साथ प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा पुगी मृतक लाशलाई खोलाको पानीबाट निकाली हेर्दा मृतक लाशको टाउको समेतको भाग पूर्णरुपमा सडी गली सकेको, घाँटीमा नाईलनको डोरीले कसेको जस्तो अवस्थामा रहेकोले मृतकको तत्काल पहिचान हुन नसकेकोले भीम अस्पताल भैरहवाको सव गृहमा राखी पहिचानको लागि जिल्लाको मातहत प्रहरी इकाईहरु तथा अन्य जिल्लाहरुमा समेत हुलिया परिपत्र गरेका थियो ।

    यसै क्रममा असोज १७ गते जिल्ला सप्तरी झलही गाँउपालीका घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं.१३ शान्तिनगर बस्ने शत्रुहन यादवले वर्ण गहुगोरो, प्राय सर्ट पाईन्ट लगाउने, अन्दाजी वर्ष २६ को ज्वाई महेश यादवले असोज ४ गते सम्पर्क विहिन भएको, निज मृतकले प्रयोग गर्ने मोवाईलमा फोन सम्पर्क गर्दा अपरिचित व्यक्तिले फोन उठाई पटक पटक ५ लाख– मागेकोले खोजतलास गरी पाउ भन्ने हुलिया निवेदन प्रहरीमा दिएका थिए ।

    प्रहरीले मृतकको लाश जाँच तथा पोष्टमार्टमको क्रममा मृतकको शरिरमा रहेको निलो जिन्स पाईन्ट, कालो वेल्ट, हरियो निलो पहेलो बुटा भएको सर्ट, घाँटीमा रहेको जन्तर समेत निकाली राखिएकोमा उक्त चिजबस्तु देखाउदा सो सर्ट पाईन्ट तथा जन्तर समेत आपmनो पति महेश यादवले लगाएका हुन भनी मृतक महेशकी श्रीमती रेनु यादवले प्रहरी समक्ष सनाखत गरे पछि प्रहरीले अनुसँन्धान अघी बढाएको थियो ।

    प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त अपराधमा संलग्न सप्तरी भगवतपुर ७, बस्ने बर्ष २० को अनमोल खतेवलाई मृतकको मोबाईलको सिम सहित असोज १८ गते बेलुका साडे ६ बजे बुटवल उप महानगरपालिका वार्ड नं.८ सुख्खानगरबाट पक्राउ गरेका थियो ।

    पक्राउ पछि सोधपुछ गर्दा निजले असोज ४ गते मृतक महेश यादवसंगै मादक पदार्थ सेवन गरी मृतककै अटोरिक्सामा बेलहियाबाट भैरहवा फर्किने क्रममा अन्दाजी राती ११ बजे बेलहियाको डण्डा पुल नजिक रक्सी खाएको बिषयमा बिबाद गरी मृतकको टाउकोमा ईट्टाले हानी वेहोस बनाई घाँटीमा प्लास्टिकको डोरीले बाँधेर मारी लास डण्डा खोलामा फालेको हो र कसैलाई शंका नहोस तथा मृतक अझै जिउँदै छ भन्ने भान पारोस भनि असोज ६ गतेदेखि पटक पटक मृतकको श्रीमतीको मोबाईलमा मृतक महेश यादव कै नम्बरबाट फोन गरी ५ लाख हुंदै .५० हजार– सम्म फिरौती रकम माग गरी रुपन्देहीको डण्डाखोला, फरेना बजार लगायतका बिभिन्न स्थानमा रकम लिएर आउन भनेको प्रहरीले दाबी गरेको छ ।

    मानव बेचविखन तथा ओसारपसार
    २०७३ माघ ५ गते रुपन्देही देवदह न.पा.१ चरङ्गे घर भई बुटवल उप.महानगरपालिका १३ मझुवा बस्ने ३८ बर्षिय होम बहादुर दमै (नेपाली) नाम देवदह बस्ने ३९ बर्षिय एक महिला लाई विभिन्न किसिमको प्रलोभनमा पारी झुक्याई नेपालको सुनौली हुंदै भारतको दिल्लीमा सफिक खानलाई भेट गराई भारतबाट दुबई र ओमानमा वेचविखन गरी ईच्छा विपरित काम गर्न लगाएको र नमाने खान लगाउन नदिई कुटपिट गरी घरमा फोन,तथा रकम,तलब समेत नदिई राखेकोमा जसरी तसरी भागी ओमनको नेपाली दुतावास पुगी नेपाली दुतावासबाट प्रकृया पुर्याई नेपाल फिर्ता हुन सफल भएको प्रहरीले जनाएको छ ।

    नेपाल पmर्कैपछि निज महिलाले होम बहादुर बिरुद्ध बेचबिखनको प्रहरीमा जाहेरी दिएकी थिईन ।
    बुटवल उप.महानगरपालिका १३ मझुवा बस्ने वर्ष ३८ को आरोपी होम बहादुर दमै (नेपाली) लाई प्रहरीले खोजतलास गर्दै जाँदा असोज ५ गते होम बहादुरलाई आफनै घर पक्राउ गरेको थियो । पक्राउ पछि असोज १३ गते अभियुक्त होम बहादुरलाई उच्च अदालत बुटबलमा पेश गर्नै क्रममा पिशाब पmर्नै बहानामा उनि शौचालयबाटै हतकडी सहित पmरार भएकोमा प्रहरीले उनलाई सोही दिन साँझ ७ बजे हिल पार्क माथीको जँगल बाट प्रहरीले पक्राउ गर्न सपmल भएको थियो ।

    नक्कली सुन ठगी
    प्रहरीले नक्कली सुन लाई सुन भनि बेच बिखन गर्नै ३ जना लाई पक्राउ गरेको छ ।
    बुटवल उपमहानगरपालिका.९ बस पार्क क्षेत्रमा अवैध रुपमा सुनको कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटीएको प्रहरी टोलीले असोज ९ गते करीब ११ ४५ बजे बुटवल उपमहानगरपालिका वार्ड ९ बसपार्क एरियाबाट सुन जस्तो देखिने पहेलो पदार्थमा लेखिएको २ थान सहित चितवन राप्ति नगरपालिका.१ बस्ने वर्ष २४ को राज कुमार रुम्बा तामाङ, सोही स्थान २ बस्ने वर्ष ३८ को खड्क बहादुर प्रजा र रुपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने वर्ष ३३ को रमेश राईलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ज्ञवालीले बताए ।

    पक्राउ पछि उक्त सुन जस्तो देखिने पहेंलो पदार्थलाई सुन ब्यवसायी संघ रुपन्देहीमा परीक्षण गराउदा बरामद सुन जस्तो पहेलो पदार्थ सुन नभई तामामा सुन जस्तो पहेंलो जलप लगाएको र उक्त पदार्थलाई सुन भनि .३५ देखि ४० लाखसम्ममा बिक्री गर्ने भनि योजना बनाई ग्राहकको खोजिमा रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

    छोराद्धारा आमाको हत्या
    असोज १४ गते दशैको टिकाको दिन रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं.(३ ठूलो पडरिया स्थित आफ्नै घरमा बस्ने बर्ष १७ को संजय कुमार कहारले आफ्नै आमा बर्ष ३६ की कोकिला कहारलाई पैसाको बिवादमा काठको पिर्काले प्रहार गरी हत्या गरेर फरार छोरा सँजय कुमार कहारलाई पक्राउ गरेको छ ।

    पmरार निज कहारलाई प्रहरीले खोज तलास गर्दै जांदा असोज १९ गते रुपन्देही सम्मरीमाई गाउँपालिका स्थित प्रहरी चौकी गुलरिया रुपन्देहीको वडा एरिया अन्तर्गत भारतको सिमा नजिक लुकिछिपि बसेको भन्ने बिशेष सूचना पाए पछि उक्त स्थानमा प्रहरी अधिकृत समेतको टोली खटी गई प्रहरी चौकी गुलरियासंग समन्वय गरी संजयकुमार कहारलाई असोज १९ गतेको राती ११ बजे पक्राउ गरी इलाका प्रहरी कार्यालय लुम्बिनीबाट अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

    २० बर्ष पछि पक्राउ
    २०५४ मँसिर १ गते राती रुपन्देही तिलोत्तमा न.पा. वडा नं. १७ कान्छिजार बस्ने बर्ष २६ का रुदल यादवलाई गोली हानी हत्या गरी फरार रहेका जिल्ला तिलोत्तमा. १७ बस्ने बर्ष ३६ को मान बहादुर थारुलाई मिति लुकीछिपी हिडिरहेको असोज १८ गते पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी बुटवल प्रहरीले ग १ च ६८२९ नं. को भ्यानमा भारतबाट भन्सार छलि चोरी नेपाल भित्र्याई अन्यत्र लैजादै गरेको अबस्थामा रुपन्देही सैनामैना न.पा. बडा नं. ४ महेन्द्र राजमार्गबाट उक्त नं. को गाडी, गाडी चालक रुपन्देही सैनामैना न.पा. वडा नं. ४ बस्ने बर्ष ५२ को मिन ब.थापा र अबैध मालसामान ओसार पसारमा संलग्न कास्की पोखरा महानगरपालिका वडा नं. ९ बस्ने बर्ष ४२ को विनोद कुमार गुप्तालाई बिभिन्न प्रकारको कपडा र गाडी समेत गरी ४ लाख ६७ हजार मुल्य बरावरको धनमाल सहित निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी राजश्वमा पठाईएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.