लुम्बिनीखबर
भैरहवा २४ असोज
लुम्बिनि निर्माण व्यवसायी संघले नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यारा अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

संघले मंगलबार प्रेश बिज्ञप्ती जारी गर्दै देश निर्माणमा जुटेका निर्माण ब्यवसायीमाथी दिन दहाडै गोली प्रहार गरेर हत्या गरिनु मुलुककै लागी दुर्भाग्य भएको जनाउदै निर्माण ब्यवसायीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार सँग माग गरिएको छ ।
लुम्बिनी निर्माण ब्यवसायी सँघका महासचिब त्रिभुवन दत्त मिश्रद्धारा जारी बिज्ञप्तीमा अध्यक्ष गौचनको हत्या भएको २४ घण्टा बित्दा समेत अपराधी पत्ता लगाउन नसकेकोमा सरकारको आलोचना गर्दै अबिलम्ब अपराधी पक्राउ गर्न माग गर्दै हत्यारा पक्राउ नहुँदासम्म कडा आन्दोलनमा जाने चेतावनि समेत दिईएको छ । जारी बिज्ञप्तीमा अध्यक्ष गौचनको हत्या पछि पनि आपराधिक तत्वले अन्य निर्माण व्यवसायीलाई समेत ज्यान मार्ने धम्की दिईरहेकाले यस तपर्m सरकारको ध्यानार्कषण गराउँदै निर्माण ब्यवसायीको पूर्ण सुराक्षाको प्रत्याभुती दिलाउन समेत माग गरिएको छ ।
संघले अध्यक्ष स्वर्गीय शरद कुमार गौचनको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना समेत प्रकट गरेको छ ।