logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवाका प्रिन्सिपलहरु कोरियामा


    २९ असोज २०७४ , आइतबार

    भैरहवाका प्रिन्सिपलहरु कोरियामा

    गोकुल पोखरेल
    दक्षिण कोरिया, असोज २९ । भैरहवा लगायत भैरहवा आसपासका क्षेत्रमा संचालित निजी विद्यालयहरुको संगठन सामूहिक विद्यालय परिवार अन्र्तगतका विद्यालयका प्रिन्सिपलहरु विद्यालय व्यवस्थापकीय तालिम लिनका लागि दक्षिण कोरिया पुगेका छन् ।

     

     

    कोरिया वुमन सिइओ सेन्टर कोरियाको निमन्त्रणामा गामा ट्रेनर ट्रेनिङ लिन प्रिन्सिपलहरुको टोली कोरिया पुगेको स्रोतले जनाएको छ । कोरियाको जिरिसानमा ५ अक्टोबर देखि संचालित तालिम १७ अक्टोबर मा समापन हुनेछ । तालिममा सामूहिक विद्यालय परिवार अन्र्तगतका ११ प्रिन्सिपलहरु लगायत काठमाडौंको स्कुल्स फोरमका ७ प्रिन्सिपलको टोली गरी १८ जनाको सहभागिता रहेको छ ।

    परिवार अन्र्तगतका प्रेमनारायण पौडेल, राजेन्द्र घिमिरे, राजकुमार गुरुङ्ग, मनोज यादव, युवराज पोखरेल, विष्णु पन्थी, गम्भीर गुरुङ्ग, दिपेश भट्टराई, गोकुल पोखरेल, महेश भुर्तेल, उदय कुमार मल्लिक तालिममा सहभागी रहेका छन् । दक्षिण कोरियाको जिरिसान गाउँपालिकामा मुख्य सेन्टर रहेको कोरिया वुमन सिइओ सेन्टरले यसअघि पनि ७ दिने तालिम कोरियामा उपलब्ध गराएको थियो । यसरी नेपालका निजी विद्यालयहरुलाई सबै सुविधा उपलब्ध गराई तालिम प्रदान गर्ने पहिलो संस्था हो ।

    सन् २०१८ मा सो तालिमको अष्ट्रियामा क्षमतावान् प्रशिक्षक निर्माण गर्ने तालिम प्रदान गरिने गामा मोडल ट्रेनर ट्रेनिङका संचालिका हादाल नामले जनाएकी छन् । तालिममा लि सिसिलिया र छो सुसन्नताले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।

    तालिममा सहभागी हुन भैरहवाबाट गम्भीर गुरुङ्गले नेतृत्व गरेका छन् भने काठमाण्डौबाट मदन कुमार श्रेष्ठको नेतृत्वमा तालिममा सहभागी हुन पुगेको सामूहिक विद्यालय परिवारका अध्यक्ष प्रेम नारायण पौडेलले जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.