logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ५ नम्बरको मुख्य मन्त्री को बन्ला ?


    ३० असोज २०७४ , सोमबार

    ५ नम्बरको मुख्य मन्त्री को बन्ला ?

    लुम्बिनीखबर
    भैरहवा, असोज ३० । कार्तिक १० गते पहिलो चरण र २१ गते दोस्रो चरणमा गरी हुन गइरहेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको रौनक यतिबेला जिल्ला जिल्लामा पनि छ ।

     

     

    विशेषगरी दलहरुले उम्मेदवारको अन्तिम छनौट नगरिसकेको हुदां उमेदवारका आकांक्षीहरु काठमाण्डौंमा नेताको घरदैलोमा चहारीरहेको दृश्य जत्ति रोमान्चक छ त्यो भन्दा बेसी स्थानीय स्तरमा नेताहरुको भेला र छलफललमा देखिएको छ ।

    विभिन्न दृष्टिकोणले महत्वपुर्ण मानिने रुपन्देही जिल्लामा केन्द्रिय राजनितीले ठुलो प्रभाव पार्ने देखिएको छ । स्थानीय तह निर्वाचनमा सबैभन्दा अगाडि रहेको एमाले र अर्को शक्ति माओवादी केन्द्रबिचको तालमेलको प्रभाबले यहांको राजनीतिलाई पनि तरंगीत बनाएको छ । अर्कोतर्फ जिल्लाको दक्षिण क्षेत्रमा व्यवसायीक पृष्ठभूमिका नवप्रवेशी नेताहरुको उमेदवारीको चर्चाले पनि रुपन्देहीमा चर्चा बटुलिएको छ ।

    ७ वटा निर्वाचन क्षेत्र हुँदा नेताहरुको व्यवस्थापन गर्न सहज भएको दलहरुलाई क्षेत्र घटेर ५ वटा बन्दा नेतृत्वलाइ सकस नै भएको छ । अर्कोतर्फ नवप्रवेशी व्यवसायीक पृष्ठभूमिका व्यक्तित्व र दलीय तालमेलको कारण पनि जिल्ला र केन्द्रिय नेतृत्वलाई उमेदवार छनौटमा झनै अफ्ठयारोमा उभ्भाएको छ ।

    दशकौंदेखी इमान्दारीता पुर्वक राजनितीमा क्रियासील स्थानिय नेताहरु मुलुकमा पहिलो पटक हुन गइरहेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा उमेदवार बन्नेबाट धेरै बन्चित हुने देखिएको छ । किनकी नाफामुखी व्यवसाय गरेर धनदौलत जोडेकाहरुले नेताहरुलाई प्रभाव र दबाबमा पारि सांसदको टिकट फुस्काउने पीरले गाउँटोलका नेता कार्यकर्तामा रुवावासी नै चलेको छ । दलका नेतृत्वले जसरी पनि चुनाब जित्ने र सत्तामा जाने एकसूत्रीय सोच र सिद्धान्त बोकेको हुँदा आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा दलिय तालमेल र टिकट बाडफाडमा कुनै मापदण्ड तय गरिएको छैन । सबै दलका शीर्ष नेतृत्वले जसरी पनि चुनाब जित्ने, त्यसकोलागी सामदाम दण्ड भेद अपनाउने रणनीतिका साथ अगाडी बढेका छन् ।

    रुपन्देहीमा को को उठ्दैछन्
    रुपन्देही जिल्लामा ५ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । ती क्षेत्रबाट सयौं व्यक्तिले उम्मेदवारीमा आकांक्षा व्यक्त गरेका छन् । यद्यपी प्रतिनिधी सभाकोलागी हेभी वेटका उमेदवारबीच क्षेत्र नम्बर ३ मा कडा प्रतिसपर्धा हुने देखिएको छ ।

    बााह्य रुपमा चर्चा परिचर्चा जे जे भएता पनि प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा मध्ये एकलाई उठाउने तयारी गरेको छ ।

    यद्यपी सो क्षेत्रमा नेता विश्वकर्माको उमेदवारी पक्कापक्कि जस्तै छ । केन्द्रीय तहमा माओवादी केन्द्रसंग तालमेल भएमा उक्त क्षेत्रमा माओवादी केन्द्रले पुर्वमन्त्री घनश्याम यादव, पाटिका जिल्ला इन्चार्ज माधव शर्मा र डिलाराम आचार्य मध्ये एकलाई उमेदवार बनाउने देखिएको छ । कांग्रेसले सो क्षेत्रबाट पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकलाई चुनाबी मैदानमा उत्रार्ने देखिएको छ । ०७० को निर्वाचनमा रज्जाकले एमालेका विश्वकर्मालाइ पराजित गरेका थिए ।

    क्षेत्र नम्बर २ मा एमालेका अर्का उपमहासचिव विष्णु प्रसाद पौडेलले उमेदवारी दिँदैछन् । उनको प्रतिस्पर्धीको रुपमा शसक्त अन्य दलका उमेदवार देखिएका छैनन् । यद्यपी कांग्रेसका महासमिती सदस्य युवराज गिरीले चुनाब लड्दैछन् ।

    यता सधैं चुनाबी ओझेलमा पर्ने क्षेत्र नम्बर ३ आसन्न निर्वाचनमा सबैभन्दा चर्चामा आउने देखिएको छ । सो क्षेत्रमा एमालेका उपमहासचिव घनश्याम भुसाल र कांग्रेस नेता बालकृष्ण खाँणबीच कडा प्रतिसपर्धा हुने देखिएको छ । २०७० को संविधानसभा निर्वाचनमा ८४ मतले भुसाललाई पराजित गरेका खाणले यसपटकको प्रतिनिधीसभामा पुनः भुसालको चुनौति खेप्न मुश्लिक देखिएको छ ।
    पुर्नसंरिचत क्षेत्र नम्बर ३ को अधिकांश भुगोलमा स्थानिय तहको निर्वाचनमा एमालेको अग्रता छ भने माओवादी केन्द्रको तालमेलले भुसाल बलिया उमेदवार देखिएका छन् । यद्यपी सो क्षेत्रमा एमालेले पार्टीका नेता डा. विजय पौडेल र पुस्पान्जली उपाध्ययको नाम पनि केन्द्रमा पठाएको छ भने कांग्रेसले रामकृष्ण खाणको नाम पनि पठाएको छ तर अन्तीममा कांग्रेसबाट खाँण र एमालेबाट भुसाल चुनाबी मैदानमा होमिने पक्का छ ।

    क्षेत्र नम्बर ४ बाट कांग्रेसले नवप्रवेशी व्यपारीक पृष्ठभुमिका प्रमोद यादवलाई टिकट दिदैंछ । उनीसंँग एमालेका पुराना र अनुभवी नेता बाबुलाल यादव चुनावी मैदानमा उत्रिँदैंछन् । क्षेत्र नम्बर ५ मा कांग्रेस नेता भरत कुमार शाह र एमालेका युवा नेता खिमलाल भट्टराईबीच प्रतिस्पर्धा हुदैंछ ।

    ५ नम्बर प्रदेशको राजधानि रुपन्देहीमा हुने भएपछि ५ वटा प्रतिनिधीसभा र १० वटा प्रदेशसभाकोलागी निर्वाचन हुने यस जिल्लाबाट अहिले सम्म कोहि पनि नेताहरु मुख्यमन्त्रीकोलागी दाबी गर्ने सुरमा देखिएका छैनन । यद्यपी स्रोतका अनुसार कांग्रेस र राप्रपाबीच चुनाबी तालमेल गरी कांग्रेसले बालकृष्ण खाणलाई प्रदेशसभासद बनाई मुख्यमन्त्रीको दाबेदार बनाउन चाहेको बुझिएको छ ।

    त्यसो भएमा राप्रपाका नेता दिपक बोहराले कांग्रेसको सहयोगमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाकोलागी चुनाब लड्ने छन् । कांग्रेससंग तालमेल हुन नसकेमा बोहरा क्षेत्र नम्बर १ बाट चुनाब लड्ने बुझिएको छ । उता राप्रपाबाट समानुपातिक सांसद बनेका इस्तिीयाक अहमद खान कांग्रेस प्रवेश गर्ने पक्का भएकोछ । उनी कांग्रेसबाट क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभाका उम्मेदवार प्रमोद यादवको पहलमा क्षेत्र नम्बर ३ मा समानुपातिक उम्मेदवार बन्ने निश्चीततासंगै कांग्रेस प्रवेश गर्न थालेका हुन् । खानको कांग्रेस प्रवेशले भैरहवा क्षेत्रमा राप्रपालाइ ठुलो धक्का लागेको छ ।

    मुख्यमन्त्रीको लागि एमालेले पार्टीका सचिव गोकर्ण विस्ट, बैजनाथ चौधरी, शंकर पोखरेल मध्ये एकलाई अगाडी सार्ने देखिएको छ । विस्ट र पोखरेल प्रतिनिधीसभाकोलागी सिफारिश भएकोले प्रदेश सभामा मात्रै उमेदवार सिफारिश भएका चौधरी एमालेका मुख्यमन्त्रीका प्रत्यासी देखिएका छन् । तर एमाले नेता पोखरेल र माओवादी नेता कृष्ण बहादुर महराको निर्वाचन क्षेत्र एकै परेको हुँदा महरालाई प्रतिनिधीसभामा र पोखरेललाई प्रदेशसभामा चुनाबमा अगाडी सारी पोखरेललाइ मुख्यमन्त्री बनाउने योजना पनि एमालेले अगाडी सारेको छ । तथापी माओवादी केन्द्रका बर्षमान पुन र टोपबहादुर रायमाझी पनि मुख्यमन्त्रीकोलागी दाबी गरिरहेका छन् । कांग्रेसका चन्द्र भण्डारीले पनि मुख्यमन्त्रीकोलागी दाबी गरिरहेका बुझिएको छ । यसरी कांग्रेसबाट खाण र भण्डारी मध्ये एक तथा एमाले माओवादी तालमेल भएमा माओवादीले मुख्यमन्त्री पाएमा बर्षमान पुन र टोपबहादुर रायमाझी मध्ये एक जना हुनेछन् भने एमालेले मुख्यमन्त्री पाएमा गोकर्ण विस्ट, शंकर पोखरेल र बैजनाथ चौधरी मध्ये एक जना हुनेछन् ।

    राजपाका वरिष्ठ नेता हृदेश त्रिपाठीले उक्त पाटि छाडेर एमालेको चुनाब चिन्ह सूर्यबाट निर्वाचन लड्ने भएपछि त्रिपाठी समुह र माओवादी केन्द्रको सहयोगको कारण पश्चिम तराईमा एमालेको बहुमत आउने देखिएको छ । यद्यपी स्थानिय तह निर्वाचनमा ५ नम्बर प्रदेशमा एमाले एक नम्बरमा नै छ ।

    राजनितीक संरचना
    आगामी मसिँर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागी क्षेत्र छुटाईएको छ । रुपन्देही क्षेत्र न १ अन्तरगत प्रतिनिधि सभाका लागी देबदह नगरपालिका तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, , ९, १०, ११, १२, १५, १६ र १७ रहेका छन भने ओमसतिया गाँउपालिकाको वडा न १, २, ३, ४, ५, र ६ र रोहिणी गाँउपालिका रहेको छ । प्रदेश सभा अन्तरगत १ क मा देबदह नगरपालिकाको १, २, ३,४,५,६,७,८,९,११ र १२ परेको छ । तिलोत्तमा नगरपालिकको ११ नम्बर, रोहिणी गाँउपालिकाको ३,४,५,६ र ७ एव ओमसतिया गाँउपालिकाको वडा न ६ रहेको छ । त्यस्तै प्रदेश सभा अन्तरगत १ ख अन्तरगत देबदह नगरपालिका वडा न १०, तिलोत्तमा नगरपालिकको वडा न ७,८,९, १०,१२, १५,१६ र १७, ओमसतिया गाँउपालिकोको वडा न १,३,४ र ५, तथा रोहिणी गाँउपालिकाको वडा न १ र २ रहेका छन् ।

    क्षेत्र न २ मा प्रतिनिधि सभामा बुटवल उपमहानगरपालिकाको वडा न १ देखी १३ सम्म, सैनामैना नगरपालिकको वडा न १ देखी ४ सम्म, तिलोत्तमा नगरपालिकको वडा न १ देखी ६ सम्म कायम गरिएको छ । प्रदेश सभाका लागी २ क मा तिलोत्तमा नगरपलिकको वडा न १ देखी ६ सम्म,बुटवल उपमहानगरपालिकको वडा न ७,९,१० र ११, प्रदेश २ ख अन्तरगत सैनामैना नगरपालीकाको वडा न १ देखी ४, बुटवल उपमहानगरपालिकाको वडा न १,२,३,४,५,६,८,१२, र १३,रहेका छन् ।

    क्षेत्र न ३ मा सिद्धार्थनगर नगरपालिकाका सबै वडा, बुटवल उपमाहानगर पालिकको वडा न १४,१५,१६,१७,१८,र १९, मायादेबी गाँउपालिकोको वडा न ७ र ८, ओमसतिया गाँउपालिकाको वडा न २,सियारी गाँउपालिकाको वडा न १,२,३,४,६र ७, शुद्धोधन गाँउपालिकाको सबै वडा र तिलोत्तमा गाँउपालिकको वडा न १३ र १४ रहेका छन । प्रदेश सभा अन्तरगत ३ क मा सिद्धार्थनगर नगरपालिका, मायादेबी गाँउपालकिाको वडा न ७ र ८, ओमसतिया गाँउपालिकाको वडा न २,सियारी गाँउपालिकाको वडा न १ , तिलोत्तमा नगरपालिकको वडा न १४ रहेका छन । ३ ख अन्तरगत तिलोत्तमा नगरपालिकाको वडा न १३ , सियारी गाँउपालिकाको वडा न १, २,३,६र ७, शुद्धोधन गाँउपालिका र बुटवल उपमहानगर पालकिाकोवडा न १६ देखी १९ सम्म रहेका छन् ।

    क्षेत्र न ४ अन्तरगत प्रतिनिधि सभामा कोटईमाई गाँउपालिका,लुम्बिनी साँस्कृतिक नगरपालिकको वडा न २,१२ र १३ ,मर्चवारी गाँउपालिका, मायादेबी गाँउपालिकाको वडा न २ देखी ६ सम्म,सम्मरीमाई गाँउपालिका, र सियारी गाँउपालिकाको वडा न ४ र ५ रहेका छन । प्रदेश सभा अन्तरगत ४ क मा मर्चवारी गाँउपालिकाको वडा न १ देखी ७ सम्म, सम्मरीमाई गाँउपालिका, र लुम्बिनि साँस्कृतिक नगरपालिकाको वडा न १, १२ र १३ रहेका छन । ४ ख अन्तरगत मर्चवार गाँउपालकाको वडा न ६, कोटईमाई गाँउपालिका, मायादेबी गाँउपालिकाको वडा न २ देखी ६ सम्म र सियारी गाँउपालिकको वडा न ४ र ५ रहेका छन् ।

    क्षेत्र न ५ प्रतिनिधि सभा अन्तरगत सैनामैना नगरपालिकाको वडा न ५ देखी ११ सम्म, कँचन गाँउपालिका, लुम्बिनि साँस्कृतिक नगरपालिकाको वडा न १ देखी ११ सम्म, मायादेबी गाँउपालिकाको वडा न १ र गैडहवा गाँउपालिका रहेको छ ।

    प्रदेश सभा ५ क अन्तरगत सैनामैना नगरपालिकाको वडा न ५ देखी ११ सम्म,कँचन गाँउपालिका,गैडहवा गाँउपालिकाको वडा न ६ देखी ९ सम्म रहेका छन । क्षेत्र न ५ अन्तरगत लुम्बिनि साँस्कृतिक नगरपालिकाको वडान १ देखी ११ सम्म, मायादेबी गाँउपालिकाको वडा न १ र गैडहवा गाँउपालिका रहेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.