logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    डा. शर्मा भन्सार महासंघ अध्यक्षमा निर्वाचित


    १९ कार्तिक २०७४ , आइतबार

    डा. शर्मा भन्सार महासंघ अध्यक्षमा निर्वाचित

    लुम्बिनीखबर
    भैरहवा, कार्तिक १९ । भन्सार एजेन्ट संघ नेपालको तेस्रो अधिवेसन सम्पन्न भएको छ । काठमाण्डौंमा सम्पन्न तेस्रो अधिवेसन तथा ७ औं साधरणसभाले अध्यक्षमा भन्सार एजेन्ट संघ भैरहवाका पुर्व अध्यक्ष डा. शान्त कुमार शर्मालाई अध्यक्षमा चयन गरको हो ।

     

     

    जसको बरिष्ठ उपाध्यक्षमा भरतराज घिमिरे (काठमाण्डौं), प्रथम उपाध्यक्षमा प्राचिन थैब (भैरहवा), द्धितीय उपाध्यक्षमा किशोर बहादुर शाहि (विराटनगर), तृतिय उपाध्यक्षमा काशिराज उपाध्यय (विरगन्ज), महासचिवमा विष्णुमणी खनाल (काठमाण्डौ), सचिवमा भाग्यनारायण मिश्र (जनकपुर) र कोषाध्यक्षमा नन्दकिशोर मल्ल (विरगन्ज) रहेका छन् ।

    यसैगरी सदस्यहरुमा खुवाप्रसाद न्यौपाने (काठ) , चेतनाथ पौडेल (विराटनगर), शिवनारायण जोसी (काठमाण्डौं) , शुसील बहादु गौतम –काठमाण्डौं), मनोज राउत कुर्मि (विरगन्ज) , प्रदीप कुमार उपाध्यय (विरगन्ज), विजय कुमार गुप्ता ( विरगन्ज) , नवल किशोर प्रसाद (विराटनगर ) रहेका छन् ।

    जयप्रसाद सिवाकोटीको सभापतित्वमा सम्पन्न अधिवेसनमा उद्योगवाणिज्य महासंघका द्धितीय उपाध्यक्ष उमेशलाल श्रेष्ठ, निमित्त प्रमुख भन्सार विभाग लावष्य प्रसाद ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.