लुम्बिनीखबर
भैरहवा, २२ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिमाणमा पटका नष्ट गरेको छ ।

नेपालमा प्रतिबन्धित पटका भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गर्दा रुपन्देही प्रहरीले बरामद गरेको थियो । उक्त पटका प्रहरीले खाल्डो खनी पानी हालेर नष्ट गरेको छ ।
नष्ट गरेको पटकाको तत्कालीन बजार मूल्य करिब ३ लाख रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले बताए ।
प्रहरीले पटका रुपन्देहीसँग सीमा जोडिएका भारतीय सीमानाका बेलहिया, पक्लिहवा, मर्चवार, भगवानपुर, कालीदहलगायतका नाकाबाट नियन्त्रणमा लिइएको थियो । भारतीय सीमासँग जोडिएको जिल्ला र खुल्ला सीमानाका कारण जिल्लामा प्रत्येक वर्ष चाडपर्वका बेला प्रतिबन्धित पटका भित्रिँदै आएको छ ।