लुम्बिनीखबर
भैरहवा, कार्तिक २५ । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि. भैरहवाले असल ऋणीहरुलाई सम्मान गरेको छ ।

उक्त संस्थाले शनिबार भैरहवामा आयोजित ९ औं वार्षिक साधरणसभा कार्यक्रममा असल ऋणीहरु गंगा पौडेल, सामना राणा, अन्जु श्रेष्ठ, हरिश्चन्द्र खनाल जैसी, र सुरेश पराजुलीलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष गोपाल प्रसाद शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी माधराज रेग्मी, इश्वरी घिमिरे र महेश्वर शर्मा लगायतले मन्तब्य राखेका थिए ।
संस्थाका सचिव साजन जंग राणाको सन्चालन तथा कोषाध्यक्ष थानेश्वर पाण्डे(प्रकाश) को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।