लुम्बिनीखबर
भैरहवा, २६ कार्तिक । मँसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले भेटघाट, बैठक, प्रशिक्षण र प्रचार प्रसार लाई तिब्रता दिएका छन् । रुपन्देहीको पाँच निर्वाचन मध्ये अहिले आँखा क्षेत्र न ३ मा परेको छ ।

यस क्षेत्रबाट दुई चर्चित अनुहार चुनाबी मैदानमा उत्रिएपछि सबैको आँखा ३ मा परेको हो । बाम गठबन्धन बाट एमाले उपमहासचिव घनश्याम भुषाल र लोकतान्त्रिक गठबन्धन बाट राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दिपक बोहरा चुनाबी प्रतिस्पर्धामा उत्रिएपछि यी दुई उम्मेदवार बीच रोचक चुनावी भिडन्त हुने भएको छ । अहिले बाम गठबन्धन बैठक, भेला, प्रशिक्षणमा व्यस्त देखिएको छ । बाम गठबन्धनले मंसिर २५ गते बाट घरदैलो कार्यक्रमलाई युद्धस्तरमा लगेको छ ।
ठूला दलका ठूला गठबन्धनसँगै चुनावी मैदानमा अन्य साना दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी दौडमा छन । उनीहरु चुनावी घोषणा पत्रका साथ घरदैलोमा लागेका छन् । के के मुद्धा लिएर जाँदैछन् त ती उम्मेदवार उनीहरुसँग गरिएको कुराकानीका अँश ।
ओम कुमार श्रेष्ठ
स्वतन्त्र उम्मेदवार
रुपन्देही ३ प्रदेश सभा १
चुनाव चिन्ह जिप
संघीय संविधानको अन्तिम कार्यान्वयन अन्तरगत हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको यो निर्वाचनको निकै महत्व रहेको छ । आम मतदाता यसमा सहभागी भएर हाम्रो होईन राम्रो नेता निर्वाचित गर्ने यो अवसरलाई कसैले पनि गुमाउनु हँदैन । यस निर्वाचन म प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि आएको छु । विगत ३० बर्ष देखि यसै क्षेत्रमा राजनैतिक यात्राा सुरु गरेकाले यस क्षेत्रको समस्याका बारेमा मलाई सबै जानकारी छ । बिश्वभरीका बौद्ध धर्मावलम्बी र पर्यटकहरुको आस्था र श्रद्धाको प्रमुख धार्मिक पर्यटकिय गन्तब्य लुम्बिनिलाई अन्तराष्ट्रिय पर्यटन केन्द्र स्तरको सुबिधा सम्पन्न बनाउन र जीर्ण अवस्थामा रहेको भैरहवा लुम्बिनी सडक पुननिर्माण र बिस्तार र अन्य पूर्वाधारहरु निर्माण र बिकासमा मैले विशेष जोड दिएको छु ।
सामान्य वर्षामा समेत डुबानमा पर्ने सिद्धार्थनगर नगरपालिकाको ठुलो भूमार्गलाई जलमग्न हुन बाट जोगाउन ढल निकासको समुचित प्रबन्ध गर्न नगरपालिकालाई दबाब श्रृजना गर्नुका साथै भौतिक विकासको साथ साथै नगर क्षेत्र विकास हुन नसकेकाले क्षेत्रकै जेठो नगरपालिका भएर पनि सिद्धार्थनगर नगरपालिका अझै उपमहानगरपालिका हुन नसक्नु सबैका लागि दुखको कुरा हो ।
समग्र नगरको विकास गर्दै अबिलम्ब उपमहागरपालिकामा परिणत गर्न आपmनो तर्फबाट बिषेश भुमिका निर्वाह गर्नेछु । प्रदेश न ५ को राजधानी क्षेत्र न ३ क को आसपासमा स्थापना गर्न प्रयत्नशील रहँदै यस क्षेत्रको शिक्षाको स्तर माथि उकास्न स्तरीय शिक्षा केन्द्रको स्थापना र विकासमा अहम भूमिका खेल्ने छु । साथै यस क्षेत्रका अन्य धेरै समस्याहरु रहेका छन् त्यसको समाधान गर्दै विकास पथमा लैजान सबैको साथ लिएर अघि बढ्ने बाचा गर्दछु ।
सुर्य कुमार सारु मगर
प्रतिनिधि सभा उम्मेदवार क्षेत्र ३
राष्ट्रिय जनमुक्ति पार्टी
चुनाव चिन्ह घर
बिकासको बाधक भनेकै भ्रष्टाचार हो । भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्दै भ्रष्टाचारीलाई जन्मकैद र निजको सँम्पति राष्ट्रियकरण गरिनु आजको आवश्यकता हो । महिलाका लागि राजनीति एव सरकारी तथा गैरसरकारी सेवाहरुमा ५० प्रतिशत स्थान सुरक्षित गर्दै आदिवासी जनजाती, खसआर्य, दलित मधेशी मुस्लिम कलस्टर र महिलाको लैगिक प्रतिनिधित्व हुने गरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण संघीयताको सुनिश्चिताको लागि कार्य नै आजको प्रमुख कार्य हुन आउँछ ।
साना किसान, हस्तकला, घरेलु उद्योग आदि स्वरोजगारमा आधारित उद्यमीहरुले आफ्नो व्यवसाय संचाालनका लागि लिएको ऋण मिनाहा गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बन्नु नै आजको आवश्यकता हो । जुनसुकै तहको निर्वाचनमा दल वा उम्मेदवारले प्रस्तुत गर्नै घोषणा पत्र अनुरुप कार्य नगरेमा घोषणा पत्रकै आधारमा उक्त बिजयी दल वा उम्मेदवार बिरुद्ध अदालत जान पाउने अधिकार जनताले उपयोग गर्न पाउने ब्यबस्था गरिनु पर्दछ । साथै नेपालका सबै जाती समुदायको पहिचान सँबिधानमै सुनिश्चत गर्दै सबैलाई आपmनो मातृभाषामा सरकारी एव पठनपाठनको अधिकार अवसर सुनिश्चित गरिनु पर्दछ ।
हरिसुन्दर वासी
समानुपातिक उम्मेदवार
नेपाल मजदुर किसान पार्टी
चुनाव चिन्ह मादल
समाजवादउन्मुख संविधानको भावना अनुसार कानुन बनाउने एवं संविधान परिमार्जन गर्ने, वैदेशिक हस्तक्षेप रोक्ने र अप्रजातान्त्रिक थ्रेसहोल्ड (मतसीमा) खारेज गर्ने तीन वटा मुद्दा नै आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको मादल चिन्हमा मतदान गर्नुपर्ने मूल आधारहरु हुन् ।संविधानलाई समाजवादउन्मुख संविधान भनी प्रस्तावनामा उल्लेख गरियो तर संविधानलाई साँचिक्कै समाजवादउन्मुख गराउने नेमकिपाका ७१ वटा संशोधनहरुलाई एमाले, माओवादी समेत मिली असफल पारिदियो । व्यक्तित्व विकासमा समान अवसर, निशुल्क शिक्षा, स्वास्थ्य अनि रोजगारीको सुनिश्चितता लगायत आधारभुत विषयहरु कानुनी रुपमै राज्यको दायित्वभित्र पार्न नेपाल मजदुर किसान पार्टीका साँसदहरुले संघर्ष गर्नेछ ।
नेपालको प्रशासन समेत भारतीय दुतावासबाट सञ्चालन हुन थालेको छ । भारतीय एकाधिकार पुँजीको दलाली गर्ने काँग्रेस, एमाले र माओवादी लगायत शासक पार्टीहरुले राष्ट्रिय पुँजीलाई ध्वस्त बनाउन मात्र कानुन बनाए । भारतीय विस्तारवादले लगाएको अमानवीय नाकाबन्दीको विरोधमा संसदमा नारावाजी गर्ने नेपाल मजदुर किसान पार्टी मात्रै रह्यो । त्यसैले वैदेशिक हस्तक्षेपको सशक्त प्रतिरोध गर्न नेमकिपालाई जिताउनु जरुरी छ ।
नेमकिपाले संसदमा राष्ट्रिय स्वाधिनता र देशभक्तिपूर्ण आवाज बुलन्द गरेकैले भारतीय शासक वर्गको निर्देशनमा ३ प्रतिशतको मतसीमा राखी कानुन ल्याएको हो । साना पार्टीले सरकार अस्थीर बनाएर होइन । कुनै पार्टीको बहुमत हुँदैमा सरकार स्थिर हुने भए २०४८ र २०५६ मा काँग्रेसले बहुमत ल्याएर पनि प्रजातन्त्र दरबारमा कसले बझायो ? अल्पसमूहको पनि प्रतिनिधित्व गराउन ल्याएको समानुपातिकको मर्म विपरीत लाखौं मतदाताहरुको राजनीतिक अधिकार कुन्ठित हुने गरी ल्याएको थ्रेसहोल्डलाई खारेज गर्न समानुपातिकमा नेमकिपाको मादलमा मतदान गर्नु आवश्यक छ ।
शासक दलका शीर्ष नेताहरु विदेशीको दवावमा झुकेको पटक पटक नेपाली जनताले अनुभुत गरेका छन् । शीर्ष नेताहरु झुकेपछि अन्य साँसदहरु मलामीबाहेक केही हुन सक्दैनन् । त्यसैले संसदमा निडरताकासाथ वैदेशिक हस्तक्षेपको विरोधमा आवाज उठाउने नेपाल मजदुर किसान पार्टीलाई जिताउन प्रत्यक्ष उम्मेदवार नभएको क्षेत्रहरुमा काँग्रेस, एमाले र माओवादीसमेतका देशभक्त, प्रजातन्त्रप्रेमी सचेत नेपाली मतदाताहरुले समानुपातिकतर्फ भए पनि मादलमा मतदान गर्नु पवित्र कर्म हुनेछ । अन्यथा आप्mनै पार्टीका नेताहरुले देशघाती कदम चाल्दा पनि तुलुतुलु हेरेर बस्ने र पछुताउनुबाहेक विकल्प हुने छैन ।
महेन्द्र यादब
प्रतिनिधि सभा उम्मेदवार क्षेत्र न ३
संघीय समाजवादी पmोरम नेपाल
चुनाव चिन्ह मसाल (लुक्का)
हाम्रो प्रमुख माग भनेकै अपुरो संविधान संशोधन नै हो । संविधान संशोधन बिना यो मुलुकका मधेशी, आदीबासी जनजाती मुश्लिम थारु दलित कसैको पनि माग पुरा हुन सक्दैन । बिगतमा भएका सँम्झौता कार्यन्वयन गरिनु पर्दछ । शिक्षामा बिभेद छ यसको अत्य गरिनु पर्दछ । मधेशी बस्ती र समुदायमा बिकाश पुग्न सकेको छैन । बिकासमा पनि बिभेद गरिनु सबैका लागी दुर्भाग्यपूर्ण हो । यसका लागी हामी जोडदार रुपले आवाज उठाउछौ । अर्काै तपर्m पर्यटनको बिकास नभई मुलुकको बिकास अगाडी बढन सक्दैन । लुम्बिनि गुरुयोजना अलपत्र छ गुरुयोजना पुरा गरी समग्र मुलुकमा पर्यटन बिकास अघि बढाउन सकिन्छ । बेलहिया बुटवल ब्यापारिक मार्ग र गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको कार्य कछुवा गतिमा भएकोले यसको कार्य तिब्र गतिमा अगाडी लैजान हामीले कडा दबाब दिनेछौ । यस क्षेत्रमा धेरै समस्या छन त्यसको समाधान गरिनु आजको टडकारो आवश्यकता हो ।
अमित गुप्ता
प्रदेशसभा ३ (१) उम्मेदवार
विवेकशील साझा पार्टी
चुनाव चिन्ह तराजु
हामी तीन वटा प्रमुख मुद्धा लिएर जनता सामु गएका छौ । समृद्धी,पारदर्शी, निति र कार्यन्वयन नभए सम्म मुलुकको बिशास अगाडी बढन सक्दैन । गलत नितिका कारणनै लाखौ युवा बिदेशमा रोजगारका लागी जान बाध्य छन । भ्रष्ट्राचारले मुलुक थिला थिला परेको छ । ठुला दलका नेता बिकास भन्दा कसरी देशलाई लुटन सकिन्छ भन्नेमा लागेका छन । यस तपर्m हामी सचेत युवा लगायत सबै चनाखो हुनु जरुरी छ । यस क्षेत्रमा धेरै समस्या छन । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको काम सुस्त गतिमा भएको छ । यसको काम समयमै निर्माण सँम्पन्न हुनु पर्दछ । शिक्षा स्वाथ्यमा सबैको पहुच पुग्नु पर्दछ । आगामी निर्वाचनमा सचेत मतदाताले बिकास र समृद्धिको पक्षमानै मतदान गर्नैछन ।
आनन्द प्रसाद गुप्ता
स्वतन्त्र प्रतिनिधि सभा
उम्मेदवार क्षेत्र नं ३
चुनाव चिन्ह छाता
अहिले मुलुकको प्रमुख समस्या भनेको बेरोजगारी समस्या हो । लाखौ युवा बिदेशी मुलुकमा रोजगारीका लागी जान बाध्य छन् । यसको अन्त्य गरिनु पर्दछ । राजनैतिक दल बाट जनता वाक्क भएका छन् । दलहरु जनतालाई सधै आश्वासन मात्र बाडे बिकासको नाममा भ्रष्ट्राचार गरेर अकुत सँम्पति जोडेका छन । जनताले तिरेको कर बाट करोडौको गाडीमा चढेर मस्ती गरिरहेका छन । अब यसका बिरुद्ध जनताले चुनाबमा देखाउने छन । शिक्षा स्वाथ्यको अधिकार बाट जनता बन्चित छन । यस तपर्m कसैको चासो छैन । अब जनता सचेत भएका छन । यस चुनाबमा दलका भ्रष्ट्र नेता लाई हराएर जवापm अवश्य दिनेछन । यस क्षेत्रको बिकासको मुल आधार भनेको लुम्बिनीको बिकास हो । लुम्बिनिको बिकास गरेर लाखौ पर्यटक यस क्षेत्रमा भित्राउन सकिन्छ । यो निर्वाचन पछि पाँच नम्बर प्रदेशको राजधानी भैरहवानै हुनुपर्छ ।यसका लागी आपmु कटिबद्ध रहेको छु ।
शोभाकान्त नेपाल
उम्मेदवार प्रदेश सभा, रुपन्देही ३ (१), नयाँ शक्ति पार्टी नेपाल
चुनाव चिन्ह आँखा
नेपालको निजामति सेवामा लामो समय सेवा गरेका शोभाकान्त नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार कार्यकर्ता भएको दाबी गर्छन् । उनी रुपन्देही ३ प्रदेशसभा १ का मतदाताहरुलाई आह्वान गर्दै भन्छन्, नेता र यहाँको राजनीतिदेखि दिक्क हुनुहुन्छ ? इमानभन्दा मनि र मसलले राजनीतिमा काम गरिरहेको छ । चुनाव जित्न अकूत खर्च गर्नुपर्ने र चुनाव जितेपछि अकूत भ्रष्टाचार गर्ने दुश्चक्रबाट देशलाई मुक्त गर्न चाहनुहुन्छ ? भ्रष्टाचार, अनियमितता, नातावाद र क्रिपावादबाट देश जोगाउन चाहनुहुन्छ ?
त्यसो भए कसले जोगाउँछ देश ? कसले बनाउँछ देश ? भगवान आउँछन् कि यहीँका पुराना नेताहरु सच्चिन्छन् ? न यी सच्चिनेवाला छन् न भगवान आउँछन् । देश बनाउने र देश बचाउने भगवान तपाईं मतदाता नै हुनुहुन्छ । आउनुहोस्, असल राजनीतिको लागि मिलेर लगानी गरौं । म आँखा चुनाव चिन्ह लिएर राजनीति फेर्ने प्रतिवद्धतासहित मैदानमा उत्रिएको छु । डा. बाबुराम भट्टराईको मिसन र भिजनले मात्रै देश विकास हुने नेपालको तर्क छ । यस क्षेत्रका मतदाताले आफूलाई मतदान गरेर आफ्नो मतको सदुपयोग गर्नेछन् ।
पल्लवी शुक्ला
रुपन्देही ४ प्रदेश सभा १ उम्मेदवार
नेकपा एमाले
चुनाव चिन्ह सूर्य
मधेसमा महिलामाथि हुने विभेदलाई अन्त्य गर्दै मर्चवारलाई कृषिको हब बनाउने उद्देश्यका साथ मर्चवार क्षेत्रबाट एमालेले प्रदेश सभा १ मा पढालेखा महिला नेतृ पल्लवी शुक्लालाई उम्मेदवार बनाएको छ । उनी भन्छिन् मर्चवारमा सदियौँदेखि हुँदै आएको अन्याय, अत्याचारलाई निर्मूल पार्दै सबै महिलालाई आत्मनिर्भर बनाउन मेरो मुख्य योगदान रहनेछ ।
कोही पनि महिला दिदीबहिनी लैङ्गिक विभेदमा पर्नेछैनन् । एमालेको नीति र सिद्धान्त अनुसार मर्चवारलाई देशको मुख्य केन्द्रसँग जोडी विकास गरिनेछ । मर्चवारको कृषि उत्पादनलाई वैज्ञानिकरण गर्दै लगिनेछ । बालक, वृद्धको स्वास्थ्योपचारमा विशेष ध्यान दिइनेछ । विकासका पूर्वाधार लाई पर्याप्त पारिनेछ । गास, बास, कपास र सीपअनुसारको काम तथा काम अनुसारको दामको व्यवस्था गरिनेछ ।