लुम्बिनीखबर
भैरहवा ४ मंसिर । लोकतान्त्रिक गठबन्धनको नाममा रुपन्देही क्षेत्र न ३ को टिकट वितरणमा आर्थिक चलखेल भएको रुपन्देही क्षेत्र ३ प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार ओम कुमार श्रेष्ठले आरोप लगाएका छन् ।

शनिबार भैरहवामा गरिएको पत्रकार अन्तरक्रियामा बोल्दै उम्मेदवार श्रेष्ठले नेपाली कांग्रेसको आर्दश, नीति र बिचारलाई कुल्चदै लोकतान्त्रिक गठबन्धनको नाममा करोडौँ टिकट बिक्री गरिएको बताउँदै श्रेष्ठले हिजो मधेश आन्दोलनको नाममा जातीय बिग्रह ल्याउने कथित नेतालाई आफ्नो आत्माले नेता मान्न नसकेपछि स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारे ।
“म २५ बर्ष देखी काँग्रेसमा क्रियाशिल छु । रगत पसिना पाँर्टीमा बगाए अहिले जिम्मेवारी पाउने बेलामा हिजो दश वटा पार्टी चारेर आएका लाई म कसरी नेता मान्न सक्छु ” श्रेष्ठले भने “ हिजो सम्म अरु पार्टीमा बसेर जातिय बिग्रह ल्याउदै सर्बसाधारणको घरमा ढुँगा हान्ने लाई नेपाली काँग्रेसको नेता मान्न मेरो अन्तर आत्माले मानेन ।” उनले जनताको समृद्धिको नाममा परिवारको समृद्धिका लागी टिकट बिक्रि बितरण गरिएको आरोप लगाए ।
पटक पटक जनता बाट बहिष्कृत समाजका घिन लाग्दा ब्यक्तीलाई नेता मान्न र बनाउन नसकिने उल्लेख गर्दै नेता श्रेष्ठले गठबन्धन जनताका लागी नभई आफ्नो र परिवारको आर्थिक समृद्धिका लागी गरिएको दाबी गरे । श्रेष्ठले बाम र लोकतान्त्रिक गठबन्धनको नाममा पmेरी पनि नेवाली जनता लाई एक अर्कामा लडाउन खोजिएको भन्दै दुबै गठबन्धनका कारण मुलुक १० बर्ष पछि धकलिएको बताए ।
उनले आफुले निर्वाचन जित्ने दाबी गर्दै यस क्षेत्रको आर्थिक बिकासमा आफु प्रतिबद्ध भएर लागि पर्नै बताउदै बेलहिया बुटवल ६ लेन सडक, अन्तराष्ट्रिय बिमानस्थल निर्माण समयमै सम्पन्न गराउन आफुले दबाब दिने बताए । उम्मेदवार श्रेष्ठले आफु स्वतन्त्र उम्मेदवार भए पनि दृढ ईच्छा र संकल्पका साथ अगाडी बढेको बताउदै आपmुलाई नेपाली कांग्रेसका ईमानदार युवा लगायत सबैको साथ र समर्थन रहेको दाबी गर्दै पार्टी बिरुद्ध उम्मेदवार दिदा कारबाही हुन्छ भन्ने थाहा पाएर नै उम्मेदवारी दिएको बताए । आफ्नो उम्मेदवारी बिरुद्ध बिभिन्न भ्रम र हल्ला पmैलाईएको बताउदै श्रेष्ठले आफु अन्तिम समय सम्म चुनाब लडने बताए ।
कार्यक्रममा लायन्स क्लबका पूर्व अध्यक्ष अरुण प्रताप राणाले प्रजातन्त्र र लोकतन्त्रका लागी दुई दशक बाट लडेको युवा लाई पाखा लगाएर आर्थिक चलखेलमा समाजका भ्रष्ट्र र बिखण्डनकारी लाई टिकट दिनु दुर्भाग्यपूर्ण भएको बताए । बरिष्ठ पत्रकार दिलिप भटराईले ओम कुमार श्रेष्ठ यस क्षेत्रको युवाको ढुकढुकी भएको उल्लेख गर्दै श्रेष्ठलाई सबैको साथ र सहयोग रहेको बताए । कार्यक्रम राजेश जिसीको संचालनमा सम्पन्न भएको थियो ।