कमल रायमाझी
भैरहवा, मंसिर १८ । नेकपा माओवादी केन्द्रले पार्टीका इमान्दार नेता तथा जनयुद्धका कमाण्डर अनुप बराललाई रुपन्देही क्षेत्र नं ३ (१) को प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको छ ।

पार्टीले देशमा आमूल परिवर्तन, सामन्तवादको अन्त्य, गरीब, दुःखी, निमुखा, मधेसी, जनजाति, मुस्लिम र महिलाका अधिकारको निम्ति सुरु गरेको १० वर्षे जनयुद्ध पूर्णकालीन कार्यकर्ताको रुपमा खटिएका कमाण्डर बराललाई भैरहवा क्षेत्रबाट उम्मेदवार बनाएको हो ।
उनको इमान्दारीपन, साहसिक क्षमता, कुशल नेतृत्व भैरहवाका जनताका लागि आवश्यक देखेर प्रतिनिधि सभा सदस्यका लागि जनप्रतिनिधिको रुपमा विजयी हुने अपेक्षाका साथ यहाँ पठाएको माओवादी केन्द्र पार्टी हेडक्वार्टर पेरिसडाँडाले जनाएको छ ।
गरीब परिवारमा जन्मेका बराल उच्च शिक्षा अध्ययनसँगै माओवादी पार्टीको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरी जनयुद्धकालको कुशल कमाण्डरको रुपमा समेत परिचित नाम हो । परिवार, आफन्त, शिक्षक सबै त्यागेर कलिलो उमेरदेखि नै जनताको निम्ति बलिदानी दिएका यी नेताको जित भएमा भैरहवा क्षेत्रको विकासमा समेत सहयोग पुग्ने देखिन्छ ।

व्यक्तिगत स्वार्थ रत्तिभर पनि नभएका बराल अहिले पनि सर्वहारा रहेका छन् । विगत १५ वर्षदेखि रुपन्देहीमा रहेर राजनीति गरिरहेका यीनको अहिलेको बसोबास भने रुपन्देही क्षेत्र नं ३ (क) अन्र्तगत टिकुलीगढमा रहेको छ ।
भैरहवाबासीले समेत उनलाई जिताउनका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित उद्योग व्यापार संगठनका अधयक्ष नारायण भण्डारीको टिम, सिद्धार्थ उद्योग वाणिज्य संघ सचिव नेत्र आचार्यको नेतृत्वको टिम, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण शर्मा नेतृत्वको टिम, यस क्षेत्रका सफल व्यवसायी रामु अधिकारी लगायत स्थानीय समाजसेवी, विद्यार्थी र आम सर्वसाधारण समेत अहिले गाउँ–गाउँमा पुगेका छन् ।