logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवाका महिला लागे बराललाई जिताउन


    १८ मंसिर २०७४ , सोमबार

    भैरहवाका महिला लागे बराललाई जिताउन

    कमल रायमाझी
    भैरहवा, मंसिर १८ । रुपन्देही क्षेत्र नं ३ (क) का प्रदेश सभा उम्मेदवार वाम गठबन्धनका विश्वास बराल (अनुप) लाई जिताउनका लागि भैरहवा क्षेत्रका महिलाहरु अभियानमा जुटेका छन् ।

    लामो जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनबाट महिलाका अधिकारहरु सुनिश्चित गराउने माओवादी केन्द्र र त्यसका महत्वपूर्ण पात्र बराललाई विजयी गराउनु आजको आवश्यकता रहेको महिलाहरुले बताएका छन् । स्वतन्त्र महिलाहरुको एक समूहले भैरहवाको देवकोटाचोकमा आयोजना गरेको कार्यक्रममा विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृतिका महिलाहरु स्वतः स्फूर्त रुपमा सहभागी भएर बराललाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    युगौँदेखि उत्पीडन र घरभित्र सीमित महिलाहरुलाई पहिलो पटक जनयुद्धमा सहभागी गराउँदै अगाडि बढेको माओवादीले महिला अधिकारका निम्ति खेलेको भूमिका अर्थपूर्ण रहेको भन्दै महिला नेतृहरुले माओवादी नेता बराललाई कुनैपनि हालतमा आफूहरुले विजयी गराउने अठोट लिएका छन् ।

    महिला समावेशिता, सहभागिता, राजनीतिमा महिलाको पहुँच, स्थानीय सरकारमा समेत महिलाहरुलाई अगाडि बढाउने कानुन निर्माण, भाषा, संस्कृति र सम्पत्तिमा समेत समान हक प्रदान गर्न आफ्नो जीउ ज्यान अर्पण गर्न तयार भएर जनयुद्धमा होमिएका बराललाई सबै महिलाहरुले सहयोग गर्न समेत उनीहरुले आह्वान गरेका छन् । सबै क्षेत्रमा महिलाहरुको पहुँच हिजोको जनयुद्ध र माओवादी आन्दोलनले गरेको भन्दै उनीहरुले इमान्दार र कर्तव्यनिष्ठ नेता माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य विश्वास बराल (अनुप)लाई प्रदेश सभाको निर्वाचनमा गोलाकार भित्रको हसिँया हथौडामा मतदान गर्न समेत अनुरोध गरेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.