logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पाल्पामा राम कार्कीको जित सुनिश्चित


    १८ मंसिर २०७४ , सोमबार

    पाल्पामा राम कार्कीको जित सुनिश्चित

    कमल रायमाझी
    बल्ढेङगढी ,१८ मंसिर । पश्चिम पाल्पा बाट प्रदेशसभा उम्मेदवार बनेका लोकप्रिय व्यक्तित्व राम कार्कीले प्रदेश सभा निर्वाचनमा विजयको सुश्निचिता गरेका छन् ।


    लामो समय राज्यको उपल्लो तहमा बसेर काम गरेका कार्कीले स्थानिय तहका समस्याहरुलाई सम्बोधन गर्ने योजना जनताहरुलाई बुझाउन सक्दा उनको जित सुश्निचित भएको हो ।
    पाल्पामा राम्रो परिवारिक घरानामा जन्मीएका कार्की यसक्षेत्रको विषयमा समेत जानाकार रहेका छन् । उनले यहाँको विकास निर्माण, उर्जा, खानेपानी, स्वास्थ्य शिक्षा, रोजगार लाई प्राथामिकतामा राखेर जनताको घरदैलोमा पुगेको स्थानिय हुम बहादुर कुवंरले जानाकारी दिए ।
    स्थानिय उम्मेदवार हुनाले समेत कार्कीलाई जनताहरुको रोजाइर्मा प्रिय देखिएको भन्दै यसक्षेत्रका बासिन्दाहरुले उनलाई मतदान गर्न आतुर रहेको बल्ढेङगढीका टिका बहादुर रास्कोटीले बताए ।
    उनलको जित्ने आधारनै जनताको रोजाईमा पहिलो हुनु र विकास निर्माणका योजनाहरु प्राथामिकतामा रहनु रहेको देखिन्छ । यसको अलवा उनका दाजुभाई ,आफन्तहरु र साथी संगीहरुको अपार सहयोग समेत उनको चुनाव जित्ने आधार रहेको पाल्पालीहरुको भनाई रहेको छ ।
    इमान्दार, कर्तव्यनिष्ट र कुसल नेतत्वकर्ताको रुपमा रहेका कार्कीलाई पाउनु आफुहरुको सौभाग्य रहेको भन्दै छहरा, मुझुङ, मेलढाप, जुढापौवा, बल्ढेङगढी , सत्यवती, कचल लगाएतका स्थानमा स्वतफुर्तरुपमा स्थानियहरुले कार्की जिताउ अभिायन समेत सञ्चालन गरेका छन् ।
    नेपाली काग्रेसका तर्फ वाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कार्कीलाई जिताउनका लागी जिल्ला बाहिर रहेका पाल्पालीहरु समेत मतदान गर्नका लागी अहिले जिल्ला फर्किने क्रम जारि रहेको छ ।
    स्थानिय गणेस कुवंर एक भोट राम कार्की अरु भोट एबिसी भन्दै आफ्नो फेसबुक बाटै कार्की जिताउ अभियान सञ्चालन गरेका छन् ।
    उनलाई प्रदेश सभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरि विजय बनाउने अभियान लिएका यहाँका जनाको आकांक्षा मंसिर २१ गतेको निर्वाचनले तय गर्ने छ । नेपाली काग्रेस पाल्पा क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कार्कीको शालिनतालाई हेरेर समेत मतदान गर्नेहरु धेरै रहेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.