logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रुपन्देही क्षेत्र नं १ (ख) उम्मेदवार न्यौपाने विजय नजिक


    १८ मंसिर २०७४ , सोमबार

    रुपन्देही क्षेत्र नं १ (ख) उम्मेदवार न्यौपाने विजय नजिक

    कमल रायमाझी
    भैरहवा, मंसिर १८ । रुपन्देही क्षेत्र नं १ (ख)का वाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपाने उर्फ माधव शर्मा जितको नजिक रहेको स्थानीयहरुले बताउने गरेका छन् ।

    माओवादी केन्द्रमा लामो समय निष्ठाको राजनीति गरेका इमान्दार, कुशल नेतृत्वकर्ता न्यौपानेको क्षमतालाई मध्यनजर गरेर यस क्षेत्रका जनताले विजयी बनाएर पठाउने उद्घोष गरेको ओमसतिया गाउँपालिका ४ का रमेश यादवले बताए ।

    यादवले भने “उहाँजस्तो टावर नेतृत्व अन्य दलका उम्मेदवारहरुमा नभएकाले उहाँको जित सुनिश्चित रहेको छ ।” नेपाली कांग्रेस र मधेसवादी दलका नेताहरुले चुनावलाई चन्दा उठाउने माध्यम बनाएको बताउँदै स्थानीयहरुले उनीहरुले जित्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

    माधव शर्माको जितका लागि मधेसी, महिला, मुस्लिम, जनजाति र सबै जनताहरु एकजुट भएर उनको पक्षमा मतदान गर्न तयार रहेको समेत स्थानीयहरुले बताउने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.