logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीमा मतगणना शुरु


    २२ मंसिर २०७४ , शुक्रबार

    रुपन्देहीमा मतगणना शुरु

     

    गणना भैरहवाको २ ठाउमा

    नरेश के.सी.

    २२ मंसिर, भैरहवा । दोस्रो चरणको निर्वाचन अन्र्तगत रुपन्देहीमा हिजो सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ ।

    जिल्लाको ५ वटै निर्वाचन क्षेत्रको मतगणना केहीबेर अगाडी भैरहवामा भइरहेको छ । क्षेत्र नम्बर १, २ र ३ को मतगणना भैरहवा बहुमुखी क्याम्पस, शान्तिनगरमा भैरहेको छ भने क्षेत्र नम्बर ४ र ५ को शैक्षिक तालिम केन्द्र बसडिलवामा भैरहेको छ ।

    क्षेत्र नम्बर १ मा ८७ हजार १९ मत खसेको थियो । जुन सो क्षेत्रमा रहेको कुल मतको ७५ दशमलब २१ प्रतिशत हो । यसैगरी क्षेत्र नम्बर २ मा ७४ हजार ४ सय ९ मत खसेको थियो जुन सो क्षेत्रमा रहेको कुल मतको ७० दशमलब ६३ प्रतिशत हो । यसैगरी क्षेत्र नम्बर ३ मा ८४ हजार १ सय ६२ मत खसेको हो । जुन सो क्षेत्रमा रहेको कुल मतको ७७ दशमलब ०२ प्रतिशत हो । यसैगरी क्षेत्र नम्बर ४ मा ६७ हजार ८ सय ६१ मत खसेको हो । जुन ७५ दशमलब ५५ प्रतिशत हो । यसैगरी क्षेत्र नम्बर ५ मा ७९ हजार ५ सय ६४ मत खसेको हो । जुन सो क्षेत्रमा रहेका कुल मतको ७४ दशमलब ४८ प्रतिशत हो ।

    मतगणना स्थलमा सिसी क्यामेरा देखी उच्च सुरक्षा सर्तकता अपनाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जनाए ।

    मतगणना दुबै ठाउमा शुरु भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए । मतगणना स्थलमा उम्मेदवार सहित सन्चारकर्मि, पर्यवेक्षक र विभिन्न दलका प्रतिनिधीको बाक्लो उपस्थिीति रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.