कमल रायमाझी
नेपालमा नयाँ संविधानको आगमनसँगै भएको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनले नयाँ तरङ्ग श्रृजना गरेको छ ।
देशमा लामो समय देखि देखिएको अस्थिरताको अन्त्य र स्थायी सरकारको निर्माण गर्ने अभियानसँगै भएको बाम एकताले गर्दा अहिले देशमा नयाँ तरङ्ग देखिएको हो । सम्पन्न निर्वाचन पछिको मतगणनाले देखाएको अवस्थाले नेपालमा अब सम्मानजनक बहुमतका साथ बामहरुले देशको नेतृत्व गर्ने पक्का जस्तै भएको छ ।
जनताको लामो समय सम्मको अपेक्षा र आकांक्षा पूरा गर्ने विश्वासका साथ प्राप्त मत बाम गठबन्धनले कसरी सदुपयोग गर्ने हो त्यो भने स्पष्ट देखिएको छैन । खड्क प्रसाद ओली (केपी) र पुष्पकमल दाहाल (प्रचण्ड) को बाम गठबन्धन गर्दाको सामिप्यता दिर्घकालीन हो की, अल्पकालीन हो भन्ने विषयमा नेपाली जनतामा अन्यौलता छाएको छ ।
निकै उत्साहका साथ गरिएको बाम एकताले देखाएको सफलतालाई यी दुई नेताहरुले बुझ्न सके देशले निकास पाउने अपेक्षा र विश्वास नेपाली जनतामा भएपनि स्वार्थ र घमण्डता देखिएमा भने देश फेरि एक युगका लागि अस्थिरता तिर लम्किने सम्भावना पनि देखिन्छ । राणा शासनको अन्त्यसँगै २००७ साल पछि देशले नयाँ युग प्रवेश गर्ने र देश विश्वको धनी मुलुकको सूचीमा सूचीकृत हुँदै नेपाली जनता स्वाभिमानका साथ बाँच्न पाउने विश्वास भएपनि आन्तरिक खिचातानीका कारण लामो समय टिक्न सकेन ।
राजनीतिक शक्ति बीचको द्वन्द्वले २०१७ साल देखि सुरु भएको पञ्चायत व्यवस्थाले देशले नयाँ फड्को मार्न सकेन । पञ्चायती व्यवस्थाका अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलन पछिको राजनीतिक व्यवस्था समेत देशका लागि घातक बन्न पुगेको छ ।
माओबादी जनयुद्ध र अन्तर्राष्ट्रिय क्षेत्रको आन्तरिक राजनीतिमा र कर्मचारीतन्त्रमा भएको हस्तक्षेपले नेपालमा अझ द्वन्द्वात्मक स्थिति श्रृजना ग¥यो । राजतन्त्रको अन्त्य र नयाँ युगको आह्वान संगै लोकतान्त्रिक गणतन्त्र नेपालको परिकल्पना बाट राजनीतिक दल र जनयुद्धमा रहेको तत्कालिन माओवादीको कार्यगत एकताले दोस्रो जनआन्दोलन २०६२÷६३ को सफलता सँगै सुरु भएको युगले नेपालमा नयाँ चरण पार गर्ने अवस्था रहेको छ ।

आजको अवस्था आईपुग्दा दलहरुले देखाएको तत्परता र नेतृत्व समग्रहमा सफल देखिएको छ । अझ बाम एकताले देशमा ल्याएको उत्साहले नेपालमा राज्य सञ्चालन गर्ने नेतृत्वहरु देशका विषयमा सोच्न थाले भन्ने जनतामा विश्वास पलाएको छ । यो विश्वासलाई पुरा गर्ने प्रयास गर्ने हो भने मात्र नेपाल अबको केही वर्षमा विकसित मुलुकको दर्जामा दर्ज हुन कुनै आईतबार कुर्न नपर्ने देखिन्छ ।
नेपालमा एमाले र माओबादी केन्द्र आपसमा मिलोस या नमिलोस् तर बाम एकताबाट जितेका जनप्रतिनिधि बीचको एकता भने अवको पाँच बर्ष सम्म टुट्न नहुने जनताको चाहना रहेको छ । पाँच बर्षसम्म बामहरुले राज्य सञ्चालन गरे भने देशमा विकासको लहर आउने, उर्जा क्षेत्रले देशको आर्थिक समृद्धीलाई बढवा दिने र कृषि तथा उद्योगहरुको क्षेत्रमा समेत नेपालले फड्को मार्ने जनअपेक्षा देखिन्छ ।
जनताका लागि अति आवश्यकताका कुराहरु स्वास्थ्य, शिक्षा, आवास, खानेपानी, रोजगार अव नेपालमा सहजै प्राप्त गर्न सकिने समेत जनताको मनमनमा रहेको छ । २०४६ सालको परिवर्तन संँगै देशमा तमसुक बनाएर निर्माण भएका सरकारहरुको परिवर्तनले आजित भएका नेपाली स्थायी र दिर्घकालीन सरकार चाहेका छन् । जसले मात्र बिदेशी हस्तक्षेत्र तथा कर्मचारीतन्त्रको बेइमानीपनको अन्त्य हुने समेत जनअपेक्षा देखिएको छ । देशले निकास पाउनका लागी प्रतिपक्षहरुको समेत आलोचनात्मक सकारात्मक भुमिका रहनुपर्दछ ।
राजनीतिक दलका नेताहरु समेत राज्य र जनताको पक्षमा काम गर्र्न अग्रशर देखिनु पर्दछ ।नेपाल विश्वको गरिव सुचिमा पर्ने र लाखाँै नेपाली युवाहरु रोजगारका लागी विदेशी भूमिमा पसिना बगाउनुपर्ने बाध्यता अहिलेको सरकारले अन्त्य गर्ने प्रयास ग¥यो भने बाम सरकारले आगामी निर्वाचनहरुमा पनि बहुमत पाउने अनुमान गर्न सकिन्छ ।
नेपालले पानीमा मात्र लगानी गरेपनि लाखाँै युवाहरुले रोजगार पाउने र विशेष आर्थिक क्षेत्रको निर्माण संगै बिदेशी लगानीकर्ता नेपालमा भित्र्याउने प्रयास गरेमा रोजगारका लागि नयाँ आयाम नेपालले प्राप्त गर्ने देखिन्छ । कृषि क्षेत्रमा समेत नेपालले सही दिशा निर्देश गर्न सके विश्वमा नेपालका कृषि उपजहरु निर्यात गर्नमा कुनै समस्या देखिदैन । पर्यटन क्षेत्र समेत नेपालका लागि अनूकुल रहेको छ । व्यवस्थित रुपमा नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने हो भने विश्वको करोडाँै पर्यटक नेपालमा आउने र वार्षिक खर्बाँ बिदेशी मुद्रा नेपालमा भित्रिने छ ।