logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बोहराले किन हारे चुनाव ?


    २८ मंसिर २०७४ , बिहिबार

    बोहराले किन हारे चुनाव ?

    लुम्बिनीखबर
    भैरहवा २८ मंसिसर । निर्वाचनको घोषणा सँगै र उम्मेदवारको टुँगो लागेपछि रुपन्देहीको क्षेत्र न ३ निकै चर्चामा रह्यो । यो चर्चा मतपरिणाम सम्म कायम रह्यो ।

    बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले उपमहासचिब घनश्याम भुषाल र लोकतान्त्रिक गठबन्धन बाट उम्मेदवार रहेका राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहरा बिच को प्रतिस्प्रर्धाले धेरैले यी दुई उम्मेदवार बिच निकै कडा प्रतिस्प्रर्धा हुने अनुमान गरेका थिए । तर मतपरिणामले त्यो अनुमान लाई गलत साबित गरिदियो । धेरैले अनुमान गरे भन्दा बाम गठबन्धनका उम्मेदवार दिपक बोहरालाई करीब पाँच हजार ४ सय ४४ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा भुसाल निर्वाचित भए । भुसालले ३२ हजार ८ सय ६६ मत पाए भने बोहराले २७ हजार ४ सय २२ मत पाए ।

    किन हारे त बोहरा ?
    सधै पैसाको भरमा चुनाब जितिन्छ भन्ने मानसिकताका साथ चुनाव लडेका बोहरालाई यस पटक भने पैसाले साथ दिएन । यस पटक पैसा लिएका र भोज भतेर खाएका मतदाताले पनि बोहरालाई साथ नदिएको चुनाबी परिणामले प्रस्ट पार्छ ।

    अर्कोतफ बाम गठबन्धनका उम्मेदवार भुसालको स्पष्ट बिचार र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको चर्चाले पनि बोहरालाई चुनाबी दौडमा सुरु बाट नै पछाडि पार्दै आएका थिए । २०७० सालको निर्वाचनमा बोहराले धेरै आश्वासन बाँडेका थिए । ती आश्वासन पुरा गर्न नसके पछि बोहराले यस पटकको चुनावमा धेरै मतदातालाई पैसा र दिनहुँ भोज ख्वाएर आर्कषित पार्न खोजे ।

    गाउँ गाउँमा बिजुलीनै नपुगेको ठाँउमा पोल खसालेर मत तान्ने प्रयास पनि गरे । सधै बिबादको घेरामा रहने बोहरा यस पटकको चुनाबमा पनि सुरु देखि नै विवादमा रहे । उम्मेदवारी पिmर्ता लिने समयमा प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रबादीका तपर्m बाट उम्मेदवारी दिएका कमल प्रसाद उपाध्यायको उम्मेदवारी फिर्ता लिन प्रकाशचन्द्र लोहरीको किर्ते हस्ताक्षर गरी उपाध्यायको उम्मेदवारी फिर्ता गर्नै असपmल प्रयास समेत गरे । कारण थियो उनको चुनाब चिन्ह एउटै हुनु ।

    २०७० मा चुनाब जिते पछि पटक पटक मन्त्री समेत भएका बोहराले आपmनो क्षेत्रको बिकास भन्दा पनि कमाउनै तिर बढी ध्यान दिदा यस क्षेत्रका मतदाताले रुचाएका थिएनन । चर्चित आयल निगम जग्गा काण्डमा बोहराको पनि नाम जोडिएर आए पछि रुपन्देही ३ का आम जनताले हिनताबोध गरिरहदा भने बोहराले यसलाई कुनै वास्ता गरेनन् ।

    उनको मनमष्तिकमा एउटै कुराको घुमिरहेको थियो चुनाबमा पैसा र भोज ख्याएपछि जितिन्छ । तर उनले कहिल्यै सोचेनन अब मतदाता सचेत भैसकेका छन भनेर । चुनाबी खेलमा माहिर भनेर चिनिने बोहरा लाई यस पटक शालिन र बौद्धिक नेता भुसालको विजय पछि क्षेत्र न ३ का जनताले गौरबको महसुस त गरेका छन ्तर भुसाल माथि पनि निकै ठुलो चुनौतीको पहाड छ । चुनाबको बेला मतदाता सामु कबुल गरेका कुरा ५ बर्षमा पुरा गर्नुपर्नेछ ।

    कांग्रेस भित्रको अन्तरद्वन्द्व
    रुपन्देही ३ मा नेपाली कांग्रेसमा योग्य नेता हुदा हुदै प्रदेश सभामा बिभिन्न दलमा घुमेर आएका नवप्रवेशी र मधेश आन्दोलनमा भैरहवामा जातिय द्धन्द फैलाएको आरोप लागेका देबी प्रसाद चौधरी लाई टिकट दिए पछि कांग्रेस भित्र किचलो सुरु हुनु र २५ बर्ष देखी निरन्तर काँग्रेसमा खटेका युवा नेता ओम कुमार श्रेष्ठले चौधरी बिरुद्ध बागी उम्मेदवारी दिए पछि त्यसको असर बोहरालाई पनि पर्न गयो ।
    रुपन्देहीमा बोहरा र देबी चौधरी लाई जिताउन काँध थापेका कांग्रेस नेता बालकृष्ण खाँड बिरुद्ध ओम कुमारले आक्रामक रुपमा चुनाबी प्रचार प्रसार थोलेपछि बोहरालाई निकै असहज भएको थियो । चौधरी बिरुद्ध लडेका श्रेष्ठले करीब २४ सय मत पाएका थिए भने चौधरी पmोरमका सँन्तोष पाण्डे सँग ११ सय ४४ मतले पराजित भए । श्रेष्ठले पाएको करिब २४ सय मत बोरहालाई नगई भुसाल तिर गयो । अर्कोतपर्m शहिद यादबनाथ आलोकको हत्या योजना बोरहाले नै बनाएको भन्ने बिपक्षीको प्रचार र आरोपलाई बोहराले चिर्न नसक्दा नेपाली कांग्रेसको मत उनले आफ्नो पक्षमा पार्न सकेनन् ।

    बाम गठबन्धनको आक्रामक प्रचार प्रसार
    पैसाकै बलमा निर्वाचन जितिने दाउमा लागेका बोहरा बिरुद्ध बामगठबन्धनले सुरु देखीनै बोहरा बिरुद्ध सामाजिक सँजाल देखी रुपन्देहीमा रहेको सबै सञ्चारमाध्यममा आक्रामक प्रचार प्रसार सुरु गरेको थियो ।

    विशेषगरी बामगठबन्धले फेसबुक र अन्य सञ्जाललाई निकै प्रयोग ग¥यो । बोहराका कार्यकर्ता भने सामाजिक सञ्जालमा प्रचार प्रसार गर्न नै जानेन । सुरुमा युवाहरु बोहरातिर आर्कषित भएको देखिए पनि भुसालको कार्यकर्ताले पmेसबुकको निकै प्रयोग गर्दै चुनाबको मध्यभागमा धेरै युवालाई भुसाल तिर तान्न सपmल भयो यो कुरा बोहरालाई पत्तै भएन । अर्काै तपर्m भैरहवामा रहेका सामाजिक संघ संस्थाले ७० को चुनाबमा बोहरालाई जसरी साथ दिएका थिए यस पटक उनलाई बाहिरी रुपमा साथ दिएको देखिए पनि भित्री रुपमा भने भुसाललाई साथ दिएको थियो ।

    एमालेको बलियो संगठन
    राष्ट्रिय पार्टी भनिए पनि बोहरा बरिष्ठ उपाध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक संगठन बिस्तारमा कहिल्यै गम्भिर भएन । चुनाबका बेला बोहराका कार्यकर्ता भोज भतेरमा मस्त भईरहँदा बाम गठबन्धनका कार्यकर्ता भने घरघरमा गएर मतदाता शिक्षा सिकाउँदै मत माग्ने गर्दथे ।
    एमाले र माओबादी केन्द्रको बडा र टोलमा समेत सँगठित सँगठन हरेका छन तर राप्रपाको भने नगरमै सिमित छ नगरको सँगठन समेत चुस्त दुरुस्त छैन । अरु बेला निदाउने र चुनाब आउदा जागेजस्तो गर्ने संगठनले पनि बोहराको चुनाबी रथ हाँक्न सकेन ।

    अन्त्यमा
    चुनाब अवधिभर चर्चा बटुलेको रुपन्देही क्षेत्र न ३ को मतपरिणाम सँगै चर्चा पनि सेलाउदै गएको छ । यस क्षेत्रका जनताले चाहेको आर्थिक समृद्धिको चाहनालाई बाम गठबन्धनको बिजयी उम्मेदवार भुसालले पुरा गर्नुपर्नै दायित्व थपिएको छ ।

    चुनाब अबधीभर दिनरात नभनेर खटिएका नेता कार्यकर्ताको भावनाको सम्मान बाम गठबन्धन बाट बिजयी भएका सांसदले गम्भिरतापूर्वक लिएर पुरा गर्नुपर्नेछ । अर्कोतर्फ जनतालाई रैति ठानेर पैसाको बलमा चुनाब जित्ने सपना पनि कसैले नपाल्न जनताको अभिमत लाई सबैले सम्मान गर्नु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.