logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    चिसो बढ्यो, जनजिबन प्रभावित


    ३ पौस २०७४ , सोमबार

    चिसो बढ्यो, जनजिबन प्रभावित

    लुम्बिनीखबर
    भैरहवा ३ पुस । मौसम परिवर्तन सँगै रुपन्देहीमा अत्यधिक चिसो बढेको छ ।
    चिसोका कारण यस क्षेत्रको जनजिबन बिगत केही दिन निकै प्रभाबित भएको छ । बिषेशगरी चिसोले बालबालिका,बृद्धबृद्धा र मजदुरहरु निकै प्रभावित भएका छन् । ससाना बालबालिका बिद्यालय कम जान थालेका छन् ।

    चिसोले बालबालिकामा बिभिन्न सक्रमण बढने देखिए पछि अभिवावकले बालबालिकालाई बिद्यालय पठाउन छाडेका छन । एक साता अघि सम्म अधिकतम २५ देखी २८ डिग्री सेल्सीयस रहेको तामक्रम बिगत ४ दिन बाट एक्कासी न्युनतम तापक्रम ९ डिग्रीमा झरेपछि जनजिवन प्रभाबित भएको हो ।

    मानिसहरु चिसोले घरमै आगो तापेर बस्न थाले पछि बजार सुनसान देखिएको छ । सवारी साधनहरु निकै कम मात्रामा चलेका छन् । अस्पतालहरुमा चिसोका कारण बिरामीको चाप बढदै गएको छ ।

    सेवाग्राहीका कारण सधै भिडभाड रहने सरकारी कार्यलय बैक बित्तिय सस्थामा निकै कम सर्बसाधारण पुगेका छन् ।

    अर्काै तपर्m बाक्लो हुस्सु र कुहिरोका कारण कम भिजिबिलिटी भए पछि बिगत दुई दिन देखी गौतम बुद्ध बिमानस्थल बाट कुनै पनि हवाई सेवा हुन नसके पछि यात्रुहरु गन्तब्यमा पुग्न सार्बजनिक यातायातका साधन प्रयोग गर्न बाध्य भएका छन् ।

    चिसोले जनजिबन निकै प्रभावित हुदा बजारमा न्यान्यो कपडाका बिक्रि बितरण र माग निकै बढेर गएको छ । बजार अन्य सामाग्री किन्ने भन्दा न्यानो कपडा खरिद गर्नै घुईचो लाग्ने गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.