लुम्बिनीखबर
भैरहवा, पुस १५ । तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पीयनसीप प्रतियोगिताकोलागी नेपालबाट गत मंगलबार नेपालबाट दिल्ली प्रस्थान गरेको टोलीले ऐतिहासिकता कायम गरेको छ ।

भारतको नयां दिल्ली स्थित तालकोटा रंगशालामा पुस १३ र १४ (डिसेम्बर २८ र २९) मा सम्पन्न भएकोे अन्तराष्ट्रिय करातें तथा किकबक्सींग च्याम्पियनसिपमा नेपाली टोलीले सवोत्कृष्टता हासील गरेको हो ।
टोलीसँगै दिल्लीमा रहेका नेपाली पत्रकार मनोरञ्जन शर्मा र शेर बहादुर के.सीले दिएको जानकारी अनुसार भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय कराँते तथा किकबक्सिङ्ग च्याम्पियनसिपमा प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरीयो कराते डु मिशन संघका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भए । नेपाली टोलीले १६ स्वर्ण सहित ४ रजत र १ काश्य पदक जिती नेपाली टिम च्याम्पियन समेत भएका छन् । जापान गोजुरीयो कराते डु मिशन संघका अध्यक्ष एबं सस्थापक केबिराना (काजि)ले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको जनाए ।
स्वर्ण पदक बिजेता खेलाडीहरुमा साहिल गुरुंग, प्रशान्त थापा, प्रशुन शाही, डिब्बिन गुरुंग, रिजन पाण्डे, एलिशा घिमिरे, शिबम बस्नेत,रोशन राना, सुमन परीयार, शिबानी बस्नेत, शुष्मा पाण्डे,बिपना जिएम, मेख बहादुर जिएम, बिपिन राना, राजकुमार हरिजन र सञ्जय चौधरी रहेका छन् ।
त्यस्तै गरी रजत पदक बिजेता खेलाडीमा प्रियन्का थापा, क्रितिमा गौतम, कनिश्क राना, र दिल बहादुर बुढाथोकी छन् भने रुपा रानाले काश्य पदक प्राप्त गरेको टिम ब्यबस्थापक तथा जापान गोजुरीयो कराते डु मिशन संघका सचिब गिरी प्रसाद पुनले बताए ।
नेपाली खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण शिबिरमा तालिम दिईएको र बिगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभवी खेलाडी टिममा रहेकाले प्रतियोगितामा राम्रो नतिजा ल्याएको टिम संयोजक तथा जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगरले बताए ।

मार्शल आर्टस स्कुल एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारतिय टिम दोश्रो स्थान र श्रीलंकाको टिम तेश्रो स्थानमा रहे । बिजेता खेलाडीहरुलाई दिल्ली क्षेत्रका लोकसभा सदस्य एबं भाजपा नेता मनोज तिवारी, नेशनल कराते फेडरेशन अफ ईण्डियाका महासचिब तथा सस्थापक राजु थापा, मासाका फाउन्डर तथा ग्राण्ड मास्टर हरिश कुमार , भारतीय मार्शल आर्ट प्रशिक्षक संघका अमित चुघा, बिनय मणि त्रिपाठी, जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका अध्यक्ष केबि राना(काजी) लगायतले पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
दिल्ली स्थित तालकटोरा ईन्डोर स्टेडियममा प्रतियोगिता बिहीबार र शुक्रबार गरी २ दिन सम्म सञ्चालन भएको थियो ।सम्पन्न प्रतियोगितामा नेपाल सहित आयोजक भारत सहित श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा रुपन्देहीका १५ खेलाडी सहभागि थिए ।
जापन गोजु रियो कराते डो मिसन संघ नेपालका चिफ कोच तथा फाउन्डर के. बि राना (काजी) को नेतृत्वमा नेपाली टोलीले प्रतिसपधामा सहभागीता जनाएको हो । उक्त प्रतियोगितामा नेपालको तर्फबाट १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी समुह), प्रीयंका थापा ( ४० केजी समुह) , प्रशान्त थापा ( ३० केजी समुह) र प्रसुन शाही ( ३५ केजी समुह) ले प्रतिसपर्धा गरेका थिए ।
यसैगरी १४ वर्ष उमेर समुहमा दिबीन गुरुंग (३५ केजी समुह) कृतिमा गौतम (४० केजी समुह) , रिजन पाण्डे ( ४० केजी समुह) , शिबम बस्नेत ( ५० केजी समुह) र एलिसा घिमिरे (४० केजी समुह ) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी समुह) , सुमन परियार (६० केजी समुह) , कनिशाक राना (५५ केजी समुह) , सिबानी बस्नेत ( ४५ केजी समुह) , विपना जिएम (५५ उमेर समुह) र सुस्मा पान्डे (५० केजी समुह) बाट प्रतिसपर्धा गरेका थिए ।
नेपालको तर्फबाट सहभागी हुने उक्त टोलीको छनौट गएको मंसिर १८ र १९ गते भएको थियो । खेलाडीसंगै प्रतियोगितामा नेपालको तर्फबाट सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर, भिमसेन थापा , नागरिक दैनिकका व्युरो प्रमुख शेरबहादुर के.सी र कारोबार दैनिकका व्युरो प्रमुख मनोरन्जन शर्मा सहित ३० सदस्यीय टोली दिल्ली गएको हो ।
दिल्लीमा नेपाली टोलीले नेपालको शीर उचों हुनेगरी च्याम्पीयनसीप प्राप्त गरेकोमा करातेंमहासंघ पश्चिमान्चले खुसी व्यक्त गरेको छ । महासंघका पश्चिमान्चल अध्यक्ष भरत बहादुर के.सीले दिल्लीमा नेपालीहरुले ऐतिहासीकता कायम गरेका छन् । यो हामी सबैकोलागी गौरबको विषय हो ।