काठमान्डौ, पुस २९ । लुम्बिनी वल्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतम ‘युवा प्रेरणा पुरस्कार २०१८’ बाट पुरस्कृत भएका छन् ।

युथ पार्लियामेन्ट नेपालले सन २०१८ को ‘युवा प्रेरणा पुरस्कार’ बुद्धको शान्ती सन्देश बिश्वभरी फैलाउन सहयोग गर्ने गौतमलाई प्रदान गरेको हो ।
महामानब गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रबेषनगर सिद्धार्थनगरमा जन्मीएका गौतम शान्तीमय अभियानहरु बोकेर विश्वभर शान्ती प्रर्वधन तथा लुम्बिनी र बुद्धको सन्देशलाई प्रचार प्रसार गर्ने महत्वपुर्ण व्यक्तित्व हुन ।
बुद्धका कला ,सस्कृती र शान्तीको कामना सहित लागिरहेका गौतमलाई ‘युवा प्रेरणा पुरस्कार २०१८’मा छनोट गरिएको युथ पार्लियामेन्ट नेपालले जनाएको छ ।
काठमाडौंमा आयोजित विश्व युवा शान्ती सम्मेलनमा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले शान्ती अभियन्ता गौतमलाई सो पुरस्कार प्रदान गरेका हुन ।

यो पुरस्कार वाट नेपाली सिने जगतका महानायक राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्नेत र पत्रकार टिकाराम यात्री समेत पुरस्कृत भएका छन् ।