logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भारतीय नेटवर्किङले नेपाली ठग्दै


    ११ माघ २०७४ , बिहिबार

    भारतीय नेटवर्किङले नेपाली ठग्दै

    अरुण ज्ञवाली
    भैरहवा १० माघ । संगठित अपराध र ठगीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी रुपन्देही प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

    ठूलो सपना देखाएर भारतीय नेटवर्किङ कम्पनीले नेपाली ‘ठग्ने’ क्रम रोकिएको छैन । भारतको बनारसमा रहेको विन–विन, गोरखपुरका डीडी, र कुशीनगरमा रहेको पmुलटन नेटवर्किङ कम्पनीले नेपालीलाई ठग्दै आएका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्ली नारायण पाण्डेका अनुसार पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका ५ का दर्पण लामा, दाङ लमही नगरपालिका ४ का कुशल राम चौधरी, धादिङ रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगर, काभ्रे खानी खोला गाउँपालिका ३ का चन्दित सिंह मोक्तान र बारा निजगढ नगरपालिका १२ का दावा लामा रहेका छन् ।

    पक्राउ परेकाहरुले राम्रो सेवा सुविधा सहित कम्पनीमा जागिर पाउने तथा सदस्य बनाए बापत कमिसन दिने नाममा ८ हजार देदि ३ लाख जम्मा गर्न लगाएर यी कम्पनीले नेपालीलाई ठग्दै आएको डिएसपी पाण्डेले जानकारी दिए । कम्पनी भारतमा भए पनि यसका सञ्चालक नेपाली रहेको र उनीहरूले नेपालीलाई नै ठग्ने गरेका छन् । ‘नेपालमा रहेका कम्पनीका एजेन्टमार्फत गएका नेपालीलाई सुरुमा ८ देखि ३ लाख सम्म जम्मा गराइन्छ, पाण्डेले भने ‘त्यसबापत केही कपडा, अतिरिक्त रकम भन्दै ३० हजार र लाइसेन्स कम्पनीले दिने गर्छ । थप कमिसन र कम्पनीमा जागिर खानका लागि आफू जस्तै पाँचजना लिएर आउन भन्दै नेपाल पठाउँछन् ।’

    पाँचजना बनाएबापत प्रतिव्यक्ति २४ हजारका दरले कमिसन दिने र मासिक तलब ४० हजारसम्म हुने भन्दै कम्पनीमा जागिर लगाउने आश्वासन दिन्छन् । तर, यसरी नेटवर्किङ कम्पनीको सदस्य बनेर २ लाख जम्मा गरेर जागिर खाने र कमिसन पाउनेभन्दा २ लाख बुझाएर केही कपडा र ३० हजारमा ठगिनेहरू धेरै रहेको प्रहरीले बताएको छ ।

    सुरुमा सदस्य बनेर गाउँमा आएर लुकीछिपी गरिब तथा निम्न आयस्रोत भएका छिमेकी तथा आफन्तलाई झुक्याएर ३ लाख जम्मा गराउन लगाएकाहरूले आफ्नो लगानी उठाउन सके पनि पछिल्लो समय सदस्य बनेकाहरू ठगिने गरेका छन् । ३ लाख रकम जम्मा गर्दा कम्पनीले बुझेको भरपाई तथा रसिद केही पनि दिँदैन । जसकारण, ठगिएपछि उजुरी गर्ने आधार समेत हँुदैन । अर्कातर्फ भारतमा बसेर नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्नु गैरकानुनी हो ।

    नेटवर्किङ कम्पनीमा जान लागेकाहरूलाई फर्काउने गरिए पनि कतिपय चलाखी गर्दै चोर बाटो हँुदै जाने गरेको र फर्कंदा ठगिएको गुनासो गर्ने गरेको प्रहरीले जनाएको छ ।
    नेपालमा नेटवर्किङक व्यावसायका नाममा युनीटीले लाखौँ मानिसलाई बर्बाद बनाएर धेरै पीडितहरु भौतारिरहेका बेला फेरी विन विन नामको अर्को नेटवर्किङका नाममा सर्वसाधारणलाई अरब पति बनाउने सपना बाँड्दै प्रति व्यक्ति ८ हजार, २५ हजार र ३ लाख भारु सम्म रुपैँया सदस्यता शुल्क बापत उठाउँदै आएको खुलासा भएको हो ।

    भारतको वाराणसी जिल्लाको चाँदमारी चोकमा रहेको विन विन ईन्टरनेस्नल टे«डमार्क कम्पनी लिमिटेडको नाममा रहेको समुहले नेपालमा समेत एजेण्टहरु ७५ वटै जिल्लाभरी खटाएर पैसा उठाउने गरीरहेको बुझिएको छ ।

    ती कम्पनीले बेरोजगार युवाहरुलाई गार्मेन्ट कम्पनी तथा आफ्नो क्षमता अनुसारको जागीर लगाइदिने भन्दै वनारसमा पु¥याउने र पछि नेटवर्किङ व्यवसायसम्बन्धी तालिम दिएर पठाउने गरेको बताएका छन् । स्रोतका अनुसार उनीहरुले मासिक ४० हजार तलब दिने प्रलोभनमा युवाहरुलाई बनारस पु¥याउने र त्यहाँ पु¥याएपछि उनीहरुलाई ७ दिनसम्म बन्द कोठामा राखेर तालिम दिने गरेका छन् ।

    तालिममा उनीहरुले ५जनालाई कम्पनीको सदस्य बनाउनुपर्ने र सदस्य बनाएबापत कमिशन पाउने बताउने गरेका छन् । उनीहरुले भा.रु. ३५ हजार लगानी गर्नेलाई एक महिना पछि भारु. ८ हजार र भा.रु. १ लाख १० हजार लगानी गर्नेलाई भारु. २० हजार बाटो खर्च भनेर फिर्ता गर्ने गरेका छन् ।

    हालसम्म विन–विन कम्पनीको वनारस शाखामा २५ हजार, सिक्किममा १० हजार र देहारादुनमा ५ हजार जति नेपालीहरुले लगानी गरिसकेको स्रोतको दाबी छ । पश्चिम नेपालका धेरै युवाहरु पुग्ने गरेकोमा हाल सिन्धुली, ओखलढुंगा, रामेछाप, खोटाङ, सिन्धुपाल्चोक आदि जिल्लाहरुबाट हजारौं युवाहरु त्यहाँ लगानी गर्न पुगेको बताइन्छ ।

    नेपालमा नेटवर्किङक व्यवशायका नाममा युनीटीले लाखौँ मानिसलाई बर्बाद बनाएर धेरै पीडितहरु भौतारीरहेका बेला फेरी विन विन नामको अर्को नेटवर्किङका नाममा सर्वसाधारणलाई अरब पति बनाउने सपना बाँड्दै ठग्दै आएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.