पशुपती यादब
धकधई, माघ १७ । रुपन्देहीको रोहिणी गाउपालिकामा रहेको पुरानो बजार धकधई अव नमुना शहरको रुपमा रुपान्तरण हुने भएको छ ।

गाउपालिकाका प्रमुख सनोज कुमार यादबले धकधई बजार गाउपालिको मुख्य बजार रहेकाले यसको विकास र आधुनिकतामा थप कार्यक्रमहरु अगाडी सारिएको बताएका छन् ।
उनले धकधई बजार हिजो जे थियो अव परिवर्तन हुदै आधुनिक शहरको रुपमा बदलिने समेत सञ्चारकर्मीहरु संगको कुराकानीमा उनले बताएका छन् ।
फोहोर र डुवान हुने बजारमा अहिले गाउपालिकाको पहलमा सरसफाई र ढल निकास भैरहेको जानकारी दिदै धकधई बजार क्षेत्रका वडा अध्यक्ष बिरवहादुर क्षेत्रीले गाउपालिकाका प्रमुख यादबको योजना अनुसार अब अगाडी बढने जानाकारी दिएका छन् ।
युवा तथा समाजसेवकका रुपमा परिचित गाउपालिका प्रमुख यादबले धकधई बजार लगाएत आफ्नो गाउपालिकामा विकास र पुर्वाधारका योजनाहरु अगाडी बढाउदै सवै वडाहरु र सिमाक्षेत्रमा बाटो मर्मत र कृषिमा समेत आधुनिकरण गर्ने योजनाहरु अगाडी सारेको समेत गाउपालिकाको कार्यालयले जानकारी दिएको छ ।