logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लागूऔषध विरुद्ध सिधा कारबाही


    १९ माघ २०७४ , शुक्रबार

    लागूऔषध विरुद्ध सिधा कारबाही

    अरुण ज्ञवाली
    भैरहवा १९ माघ । लागूऔषधको कारोबार र सेवन दिनप्रति दिन कति भयावह बनिरहेको छ भन्ने यथार्थ ईलाका प्रहरी कार्यालय बेलहिया र बेलहियाबासीले सुरु गरेको सिधा कारबाही अभियानले सबैलाई स्पष्ट पारेको छ । लागूऔषधका बिषयमा बिभिन्न समयमा सघ संस्थाले गोष्ठी सेमिनार आयोजना गरेपनि ती प्रभावकारी हुन सकेको थिएन । तर प्रहरी र बेलहियाबासीको यो अभियान प्रभावकारी भएको छ ।

    भारतको सुनौली बजारमा गएर लागूऔषध सेवन र ओसार पसार गर्ने बिरुद्ध अभियानमा लागेका बेलहियाबासी र प्रहरीले दिनहु दर्जनौँ युवाहरु लाई नियन्त्रणमा लिने गरेका छन । बिकृति विसंगति रहित समाज निर्माण शान्ति सुरक्षा हाम्रो अभियान अन्तर्गत सिधा कारबाही अभियान अन्तरगत एक साताको अवधिमा लागूऔषध कारोबार सेवन र ओसार पसार मा समलग्न १ सय ३९ जना लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक बीर बहादुर थापाले बताए ।

    अभियानका लागी बेलहिया बस पार्क अगाडी क्याम्पनै स्थापना गरेर यो अभियान सुरु माघ ८ गतेबाट सुरु गरिएको जानकारी दिँदै प्रहरी निरिक्षक थापाले लागु औषधमा लागेका जहा भेट्यो त्यहीँ कारबाही गरिने बताए । अभियान लाई प्रभावकारी बनाउन बेलहियाका समाजसेवी संसार विजय गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति समेत गठन गरेको छ । यो अभियान बिहान ५ बजे देखी राति १० बजे सम्म प्रहरी र स्थानीयबासीले निगरानी गरिरहने छ ।

    प्रहरी निरिक्षक थापाका अनुसार लागूऔषध सेवन र ओसार पसार गर्न काठमाण्डौ, पोखरा, बाग्लुङ म्याग्दी, स्याडजा, गुल्मी, बुटवल लगायतका स्थान बाट बढी मात्रामा युवाहरु सुनौली आउने गरेका छन । सुरुसुरुमा आएका युवालाई उनिहरुको अभिवावकलाई बोलाई सम्झाई बुझाई जिम्मा लगाउने गरिएको छ । हाल सम्म २९ जना लाई अभिवावक लाई जिम्मा लगाईएको थापाले बताए ।

    बेलहियाका समाजसेवी तथा अभियानका अध्यक्ष ससार बिजय गुरुडले लागु औषधका कारण बेलहियामा दिनहु चोरी र अपराधका घटना बढेपछि सिधा कारबाही अभियान सुरु गरिएको बताउदै सुरुका दिनमा भन्दा अहिले लागु औषध दुब्र्यसनी र घटनाहरुमा कमी आएको बताए ।
    भारतीय बजारमा खुल्लम खुल्ला लागुऔषध बिक्री हुने गरेकाले नेपाली युवायुवती सजिलै कुलतमा फँसेका हुन्छन् । साथीभाइको लहलहैमा पनि धेरैजसो युवायुवतीले लागुऔषध सेवन गर्ने गरेका हुन्छन् ।

    खुला सिमानाको फाइदा उठाउँदै सुनौली नाकाबाट दैनिक २ सय देखि ३ सय को हाराहारीमा लागुऔषध सेवन गरी नेपाली युवायुवती नेपाल आउने गरेको प्रहरी बताउँछन् । प्रहरीका अनुसार राम्रा घरपरिवार र पढेलेखेका युवायुवतीसमेत सेवनगरी आउने गरेका छन प्रहरीले सेवन गरी आउनेलाई निगरानीमा राख्ने गरे पनि ओसारपसार गर्नेलाई र अधिक सेवन गरी आउनेलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।

    भारतीय सीमा नाका हुदै नेपालतर्फ कति लागुऔषध भित्रिन्छ त भन्ने कुरा अनुमान गर्न पनि नसकिने किसिमको रहेको छ । चोरी निकासी भएर आउने भएकाले यसको यकिन आकडा निकाल्न सकिदैन । नेपालका सीमा जोडिएका २२ वटै जिल्ला यसको उच्च जोखिममा रहेका छन् ।

    खुला सिमानाका कारण पनि तस्करलाई लागुऔषध नेपाल भित्र्याउन सहज भएको छ ।
    नेपालसँंग सीमा जोडिएका भारतीय बजारका औषधि पसलबाट नेपालमा लागुऔषध बिक्री वितरण हुने गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको देखिन्छ । सीमा नाका सुनौलीका औषधि पसल र लागुऔषध नेपालतिर आपूर्ति गर्ने मुख्य पेसा नै बनाएका व्यक्तिहरु भारतीय बजारमा दर्जनौको सङ्ख्यामा सक्रिय रहेका भेटिन्छन् ।

    सीमा चौकीमा जाँच गर्ने प्रहरीका अनुसार मलद्वारभित्र लुकाएर, खुट्टामा बाधेर, मुखमा राखेर, सर्टको बाउलामा, कम्मर पेटीको पछाडि, मोबाइलको ब्याट्री राख्नेमा, चप्पल र जुत्ताको तलुवामा, साइकलको काठीमुनि, कारको ढोकाको बीच भागमा, स्तन र योनिजस्ता संवेदनशील अङ्गमासमेत लुकाएर लागुऔषध नेपालमातर्फ ओसार्ने गर्दछन् ।

    भारतबाट मुख्यतया ब्राउन सुगर, सेतो रङको धुलो, गुलाबी रङको धुलो, टिडी जेसिक, डाइजेपाम, फेनरगन, लुपिजेसिक, नुफिन, फेवेस्टिन, नाइट्रोजन, स्पास्मो प्रोक्सिवन, कोरेक्स, फेन्सिडिलजस्ता औषधि नेपालतर्फ भित्रिने गरेको रुपन्देही प्रहरीको प्रतिवेदनमा देखिन्छ । कोरेक्स र फेन्सिडिल खोकीको औषधि हो । तर बढीमात्रामा सेवन गर्दा यसले लठ्याउने भएकाले दुव्र्यसनीकाबीच यस्ता औषधि लोकप्रिय बन्न पुगेका छन् ।

    लागूपदार्थ र यसको असर
    विश्वमा विकास सँगैको विनास र विकृतिहरू पनि भित्रिन थालेका छन् । कलिला मुनादेखि युवा हुँदै उमेर पुगेका पाका र अग्रजहरू समेत समाजमा हुने विकृति विसंगतीका शिकार हुने गरेका छन् । हाम्रो बहुरुपी समाजमा धेरै खाले विकृती छन् ।

    विश्वभरी २७ करोड मानिसहरू लागु औषधको ओसार पसार दुव्र्यसनका कारणले पीडित र प्रभावित भएका छन् । विश्वको कूल ग्रार्हस्थ उत्पादकका १ प्रतिशत बजेट लागु औषधका कारोवार गर्ने व्यक्तिले खेलाई रहेको तथा कूल बजेटको ०.७ प्रतिशत बजेट लागु औषधका तस्करहरूले परिचालन गरिरहेको कुरा विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनमा उल्लेख छ । विश्वमा अहिले भईरहेको अपराधिक क्रियाकलाप मध्ये ६० प्रतिशत भन्दा बढी लागूऔषध दुव्र्यसनीका कारण हुने गरेको तीतो यार्थाथ हाम्रो सामु, विद्यमान छ ।

    विश्वमा हरेक वर्ष ३ सय २२ विलियन अमेरिकी डलर बराबर लागु औषधको खरिद विक्रि हुने गरेको र हरेक वर्ष १ करोड ज्यान यसैको कारणले जाने गरेको छ । विश्वका १७ करोड व्यक्तिहरू ड्रग्स दुव्र्यसनिमा फसिसकेका छन् । लागु औषध ओसार पसारको गिरोह ठूलो र भयानक छ । यसले सञ्जाल विस्तार गरिनै रहेको छ । यसमा राज्य सञ्चालनमा देखा परेको राजनैतिक संरक्षण पनि छ ।

    विश्वभर सञ्जाल फैलिएको र अधिकांश देशमा उत्पादन हुने लागु औषध मध्ये ४४ प्रतिशत लागु औषध अमेरिकामा पुग्ने गरेको र १ सय ४२ अर्व अमेरिकी डलरको अवैध लागु औषध विक्रि वितरण हुने विभिन्न अनुसन्धानले देखाएको भए पनि त्यसलाई रोक्न विभिन्न राष्ट्रहरूले गरेको लगानी बालुवामा पानी हाले जस्तो मात्र भएको छ ।
    ठूलो सञ्जालको रूपमा रहेको लागु पदार्थ ओसार पसार गर्ने गिरोह विभिन्न देशमा उत्पादित लागु औषध मध्ये १ सय ६ अर्व डलर मध्ये पर्ने लागु औषधी युरोपमा पु¥याएको अवस्था छ भने साउथ अमेरिकामा ९ अर्व, अफ्रिकामा १४ अर्व, एशियामा ३५ अर्ब र अस्ट्रेलिया लगायतका अन्य देशहरूमा १६ अर्व अमेरिकी डलर बराबरको लागु औषध कारोबार हुने गरेको अध्ययनहरूले देखाएका छन् ।

    विश्वले प्रमुख समस्याको चित्रण गरेको लागु औषध दुव्र्यसनको कारोवारलाई नियन्त्रण गर्ने सम्पन्नशाली मूलुकहरूले करोडौँ रुपैँया खर्च गरेतापनि यसको असर न्यूनिकरणमा खासै ठोस उपलब्धी प्राप्त हुन सकिरहेको स्थिति छैन ।

    लागूऔषध दुव्र्यसन विरुद्ध राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरमा कानूनहरू बनाई यसलाई कम गर्ने प्रयास भएपनि अन्तर्रा्ष्ट्रिय लागुऔषध कारोवार गर्ने गिरोह अगाडि सम्पन्न र विपन्न दुबै देशहरू निरिह भएको अध्ययनहरूले देखाएको छ ।

    वार्षिक रूपमा ७० अर्बको कोनिक, ६४ अर्बको अफिम एक सय एकचालिस अर्वको गाँजा, स्यान्टेथिक ड्रग्स ४४ अर्ब र अन्य विभिन्न खालका लागु औषधको ३५ अर्व अमेरिकी डलर भन्दा बढीको ओसार पसार भएको छ विश्व बजारमा । कम विकसित देशको रूपमा चित्रण गरिएको नेपाल पनि यसबाट अछुतो रहन सकेको अवस्था छैन ।

    नेपालको सरकारी तथ्याङ्क अनुसार सन् २०७० को दशकमा हिप्पी को प्रवेशसँग नेपालमा लागु औषध सेवन गर्नेको संख्या बृद्धि भएको पाइन्छ । नेपालमा अहिले २ लाख भन्दा बढी नेपालीहरू लागु ओषधको कूलतमा फसेका छन् ।

    ती मध्ये ८० प्रतिशत ७ कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी रहेका छन् । यसमा युवतीहरूको संख्या ४० हजार रहेको छ । चुरोट खैनी सुर्ती रक्सी गाँजा खानेबाट सुरु गर्दै डेनलाईट सुग्ने हुँदै लागु पदार्थ दुव्र्यसनमा फस्ने गरेको स्थितिमा विशेष गरी लागु औषधको गिरोहले ११, १२ कक्षाका युवतीहरूलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दावी छ । अन्तर्रा्ष्ट्रिय गिरोहले नेपाललाई स्वर्ग भूमि मान्दै नेपालको बाटो प्रयोग गरेर युरोप अमेरिकामा लागु औषध ओसारपसार गर्ने गरेको अध्ययनले जनाउँछ । अर्को तर्फ कुरियर सेवा मार्फत पनि लागु औषध ओसार पसार बढिरहेको सरकारी अधिकारीको दावी छ ।

    यति मात्र हैन औषधी विक्रि वितरणलाई व्यवस्थि गर्न नसक्नु, डाक्टरको प्रेस्किप्सन विना जहाँ पनि औषधी पाईनु र विरामीले ओभर डोज खाने कार्यले गर्दा उनीहरुलाई झ्याम्म पार्ने लाग्ने हुने गरेको प्रसस्त उदाहरणहरु छन् । सिरिन्जहरु जताततै फालिनु, अस्पतालबाट निस्केका फोहोर व्यवस्थित नहुनाले त्यस क्षेत्रमा जाने सडक बालबालिका र युृवाहरु सो फोहोरमा फालिएका औषधीहरु प्रयोग गरी लागु पदार्थ तिर आकर्षण हुने गरेको कुरा समेत सुन्न थालिएको छ ।

    नेपालका युवाहरू, बेरोजगार, अशान्ति, द्वन्द्वले गर्दा पनि लागु पदार्थको कूलतमा फसिरहेका छन् । लागु औषध रोक्न र नियन्त्रण गर्न बनेका राष्ट्रिय अन्तर्रा्ष्ट्रिय कानुनलाई संवेदनशील ढङ्गबाट कार्यन्वयन गर्न वा कडाइका साथ लागु गर्न नसके लागुपदार्थ र दुव्र्यसनीले ठूलो समस्या निम्त्याउन सक्छ भन्ने तर्फ समयमा नै सबैको ध्यान जानु जरुरी छ ।

    आफ्ना छोराछोरी वा परिवारको सदस्यहरू बेलुका अवेरसम्म नसुत्ने र बिहान अवेरसम्म नउठ्ने, पढाई वा जागिरमा गयल हुने वा असफल हुने, एक्लै बस्न रुचाउने, परिवारसँग घुलमिल नगर्ने, तौल घट्ने, दुब्लाउने, पैसाको माग बढी गर्ने, कडा स्वरले बोल्ने र तोडफोड गर्न वेर नगर्ने, मौलिक व्यवहार चरित्रमा परिवर्तन आउने, जिम्मेवारीबाट टाढा रहन खोज्ने, समयमा घरमा नआउने जस्ता क्रियाकलापहरू देखिएमा दुव्र्यसनमा लागेको शंका गर्न सकिन्छ ।

    पिसावको परीक्षणबाट दुव्र्यसनीमा लागेको थाहा पनि हुन सक्छ भने उनीहरू माथिका लक्ष्यणहरू देखाउनको कारण पत्तालगाई मनोविर्मश सेवाबाट पनि उनीहरूलाई दुव्र्यसनीबाट पुरानै स्वास्थ व्यक्तिको रूपमा फर्काउन सकिन्छ । यद्यपी समस्या हुनु अगाडि नै सचेत हुने र समुदायमा सचेत पार्न सकेमा दुव्र्यसनीबाट हुने असरलाई कम गर्न सकिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.