logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    घटेन बलात्कारीको मनोबल


    १० फाल्गुन २०७४ , बिहिबार

    घटेन बलात्कारीको मनोबल

    कमल रायमाझी
    भैरहवा, फागुन । जिल्लामा महिला बलात्कारका घटनाहरु दोहोरिने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङकमा आर्थिक बर्ष २०७३ ।०७४ मा ४३ वटा महिला माथी जबरजस्ती बलात्कार भएका छन् । जबरजस्ती बलात्कार गर्न खोज्नेको सख्या भने ३० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सुचना शाखाले जनाएको छ ।


    आर्थिक बर्ष २०७४ ।०७५ को पुस महिना सम्मको रेर्कड हेर्ने हो भने २२ वटा बलात्कारका घटनाहरु भएका छन् भने ८ वटा जबरजस्ती बलात्कार गर्न खोज्नेहरुको सख्या रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायक उपरिक्षक डिल्लानाराण पाण्डेले जानाकारी दिए ।
    प्रहरीमा आउने प्राय बलात्कारका घटनाहरु नातेदार तथा नजिकका छिमेकी र बिस्वास गरेका व्यक्ति बाट हुने गरेको देखिन्छ । अशक्त, अपाङ र असायहरु माथी बढी यस्ता घटनाहरु दोहोरिने गरेको प्रहरीको भनाई रहेको छ ।
    महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमुख शारदा बस्यालले महिला माथी हुने बलात्कार तथा जघन्य अपराध विगतमा लुकाउने, गुपचुप राख्ने गरिए पनि अहिले कानुनी उपचारका लागी आउने गरेको बताउदै कानुनले गरेको प्रवधानले पनि महिलाले पुर्ण अधिकार पाउन नसकेको बताएकी छिन् ।
    महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमुख बस्यालले प्रहरी हुदै अदालत सम्म पुगेका कतिपय बलात्कारका घटनाहरु मिलापत्रमा टुङगीने र पिडितले न्याय नपाउदा अझ बढदो रहको बताईन ।
    महिला अधिकारकर्मी तथा के आई नेपाल भैरहवाकी प्रमुख उषा गुरुङले बलात्कारका घटनाहरु हुनुमा नयाँ प्रविधि र इन्टरनेटको दुरुपयोग, लागुऔषध सेवनकर्ताहरुको कारण, नेपालका कानुनी व्यवस्था कडा भएपनि फितलो कार्यान्वयन पक्ष, कानुनमा अपराधीको पहुचका कारण भएको बताएकी छिन ।
    उनले जनचेतना, कानुनी उपचारको जानकारी नहुदा सम्म यस्ता घटनाहरु दोहोरिने र बढने गरेको बताउदै सरकारले महिलाहरु माथी हुने यस्ता अपराध गर्नेहरुलाई सार्वजनिक रुपमा नै सजाय दिनुपर्ने सुझाव दिएकी छिन् ।

    कानुनले महिलाहरुलाई अधिकार दिएपनि यसको कार्यान्वयमा समस्या देखिएको छ । पहिला नेपाली समाजमा हुने यस्ता घटनाहरु लुकाउन खोजिन्छ । बाहिर आएका घटनाहरु पनि समाजमा गरिने मिलापत्रले अपराधीको मनोबल बढ्ने गरेको छ । सामाजिक परिबन्धन र चेतनाको अभावमा समेत महिलाहरु कानुनी अधिकार बाट बञ्चित भएको कानुन बिदहरु बताउछन् ।
    नेपालको संविधानले जबरजस्ती करणी गर्नेहरुका विरुद्ध कडा कानुनको व्यवस्था गरेको रुपन्देही जिल्ला कानुनी साहयता समितिका कानुनी अधिबक्ता बिष्णु प्रसाद भुसाले बताए ।
    उनले महिलाले बलात्कार भएको छ महिना सम्म कानुनी उपचार खोज्न सक्ने भन्दै जबरजस्ती बलात्कार गर्नेहरुलाई कानुनले छुट दिन नसक्ने जानकारी दिए ।
    मुलुकी ऐनको जबरजस्ती करणीको दफा ३ मा व्यवस्था गरे अनुसार १० बर्ष भन्दा मुनीको बालिका बलात्कार गर्नेहरुलाई कानुनले १० देखी १५ बर्ष सम्मको जेल सजाय तोकेको छ । १० देखी १५ बर्ष मुनीका बालिकालाई बलात्कार गरे ८ देखी १२ बर्ष सम्मको सजाय तोकेको छ । १४ बर्ष देखी १६ बर्ष सम्म उमेरको महिलालाई बलात्कार गरे ६ बर्ष देखी १० बर्ष सम्म सजाय रहेको छ । १६ देखी २० बर्ष सम्मको महिलालाई बलात्कार गरे ५ बर्ष देखी ८ बर्ष सम्मको जेल सजाय रहेको छ । २० बर्ष देखी माथीको महिलालाई बलात्कार गरे ५ देखी ७ बर्ष सम्म जेल सजाय रहेको जिल्ला बार कार्यालय रुपन्देहीले जनाएको छ ।
    अशक्त, अपाङ, गर्भवती लाई जवरजस्ती करणी गरे थप पाचँ बर्षको जेल सजायको व्यवस्था छ ।
    कानुनले महिलाको लागी कानुनी व्यवस्था कडा गरेकाले अन्यायमा पर्ने र जबरजस्ती करणी, आसय करणी र जबरजस्ती करणी गर्न खोज्नेहरुलाई कानुनको बाटो रोज्न आवस्यक छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.