लुम्बिनीखबर
परासी, फागुन २० । नवलपरासीको विजया डिस्टीलरीबाट उत्पादीत रोसलान भोड्का स्वास्थ्यको लागि अत्यन्तै घातक भईरहेको खबर अहिले सामाजिक सन्जालमा छाईरहेको छ । विभिन्न अनलाईन र सामाजिक सन्जालमा छाईरहेको खबरलाई आधार मान्ने हो भने रुस्लान भोड्काको प्रयोगले ब्रेन ह्यामरेज जस्तो घातक रोग लाग्ने खतरा बढ्दछ् ।

वार्षिक ९ लाख केशेज उत्पादन भईरहेको रुस्लानले कति मान्छेलाई रोगी बनाएको होला त्यो अन्दाज गर्न पनि ग्राहो हुने अनलाईन मिडीयाको तर्क छ । बजारमा अहिले ३ साइजको रुस्लान उत्पादन भईरहेको छ । प्रति बोत्तल एक हजार २ सय ५० खुद्रा मूल्य भएको यो भोड्का विगत ५ वर्ष देखि नेपाली बजारमा लिडींग ब्रान्डको रुपमा रहँदै आएको छ ।
दियो पोष्ट, आयो खबर लगायतका अनलाईनका समाचार अनुसार भोड्काको खतरनाक प्रभावका रुपमा मुटुरोग तथा क्यान्सर हुने देखिन्छ । मानव शरीरमा भोड्का जस्ता मदिरा प्रयोग गर्नाले हृदय रोग बढ्दै जाने र टाउकोको क्यान्सर समेत हुने खतरा रहेको बताइन्छ । यस्ता मदिराले मानिसमा हर्टएट्याकको खतरा समेत हुने गर्छ ।
यसैगरी ब्रेन ड्यामेज पनि हुने खतरा समाचारमा औँल्याइएको छ । मानव शरीरको मस्तिष्कमा हुने कोशिकाहरुलाई नष्ट गराउने र अन्ततः क्यान्सरको जोखिममा शरीरलाई पु¥याउँछ । मानवीय शरीरमा यस्ता खालका मदिराको प्रयोगले नसा, तथा शरीरका हाडजोर्नीहरु कमजोर हुँदै जानेछ ।
मानिस सफल हुनका लागि एकाग्रता आवश्यकता पर्छ । तर, यस्ता खालका मदिरा पिउने व्यक्तिमा एकाग्रता भंग हुने गर्दछ । सुस्ततता, रोगप्रतिरोधी क्षमतामा कमी लगायतका विभिन्न समस्या समेत यस्ता मदिराले ल्याउने गर्छन् । राजधानीको ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकका अनुसार यस्ता मदिराको सेवनले मानव शरीरमा रहेको मुत्रनलीमा विशेष प्रभाव पार्ने देखिन्छ ।
जावलाखेल डिस्टीलरीबाट उत्पादन शुरु भएको रुसलान आजभन्दा करिब साढे २ दशक देखी नेपाली बजारमा देखिन्छ । रुसलान भोड्काले मान्छेको ज्यानै जान सक्ने कुरा सत्य वा असत्य हो त्यो अनुसन्धानले प्रमाणीत गर्ला तर अहिले बजारमा रुसलानका पारखीहरु घटेका छन् ।
उक्त रुस्लान कम्पनीका एकजना अधिकारीका अनुसार बजारमा भर्खरै आएको ८८४८ नामक भोड्का कम्पनिले नियोजित रुपमा अफवाह फैलाएको हो भन्ने पनि सुनिन्छ । तथापी जे भएता पनि मदीरा स्वास्थ्यको लागि हानिकारक हो , रुस्लानको बाह्य कभरले पनि केही स्वास्थ्य सम्बन्धी आशंकालाई सत्यतामा बदलिरहेको छ ।