logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लुम्बिनीलाई बदनाम गर्दैछन् कोषका कर्मचारी


    २८ फाल्गुन २०७४ , सोमबार

    लुम्बिनीलाई बदनाम गर्दैछन् कोषका कर्मचारी

    लुम्बिनीखबर
    भैरहवा २८ फागुन । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको लुम्बिनी बिकास कोषका कर्मचारीले बदनाम गरिरहेका छन् । पबित्र धार्मिक स्थललाई कोषमा कार्यरत कर्मचारीले बिश्व सामुनै मुलुकको शिर निहुरिने कार्यले लुम्बिनी दिन प्रतिदिन बदनाम हुदै गएको छ । राजनैतिक भर्ती केन्द्रको अखडा बन्दै गएको लुम्बिनी बिकास कोष भ्रष्टाचार र अनियमितताले जरा गाडेको छ ।

    पटक पटक कोषका कर्मचारीले बदनाम लुम्बिनी आईताबार घटेको अर्काे एक घटनाले कोषका कर्मचारीले कसरी लुम्बिनिको बदनाम गरिरहेका छन् भन्ने अर्काे रहस्य सार्बजनिक भएको छ । कोषले तेस्रो मुलुकका नागरिकसँग प्रतिव्यक्ति दुई सय रुपैयँ लुम्बिनी संरक्षण शुल्क बापत लिदै आइरहेको टिकट घोटाला काण्ड बाहिर आएपछि अर्काे काण्ड सार्बजनिक भएको हो ।

    आइतबार बिहान सवा ८ बजे मायादेवी प्रवेशद्वार अगाडि सुरक्षा चेकजाँचका क्रममा थाई गु्रप सँग एकसय ५८ वटा नक्कली टिकट भेटिएको कोष स्थित सुरक्षा शाखाले जानकारी गराएको छ । लुम्बिनी विकास कोषका सुरक्षागार्ड मोहम्मद स्वयं मुसलमानले चेकजाँच गर्दा ६ महिना पुरानो टिकट थाई ग्रुपसँग फेला परेपछि भारतीय पथप्रदर्शक स्थानीय दुईजना ट्याक्सी चालक र कोषको राजश्व शाखामा कार्यरत एकजना कर्मचारी समेत गरी ४ जनालाई नियन्त्रणमा लिई छानबिनका लागि प्रहरीको जिम्मा लगाइएको लुम्बिनी विकास कोषका सुरक्षा शाखा प्रमुख सब्बीर अहमद मुसलमानले बताए ।

    तर पक्राउ परेका ४ जनाको नाम र ठेगाना गोप्य राखिएको छ । प्रहरीले घटनाका बारेका अनुसँन्धान भईरहेकाले नाम सार्बजनिक नगरिएको जनाएको छ । तर समाचार स्रोतका अनुसार पक्राउ परेका चारै जनालाई उन्मुक्ती दिन छानबिनको नाममा गोप्य राखिएको छ । घटनाका सँम्बन्धमा लुम्बिनि बिकास कोषका जिम्मेवार पदाधिकारी सम्पर्कमा आउन नचाहानुले पनि घटना रहस्यमय बन्दै गएको छ ।

    बिश्वभरीका शान्तिका अनुयायीहरुको पबित्र स्थल लुम्बिनिलाई पटक पटक बदनाम गराउदा समेत सम्बन्धित निकाय मौन रहनु अर्काै दुभाग्र्यपूर्ण छ । लुम्बिनिको शान्ति सुरक्षाका लागि राखिएको ईलाका प्रहरी कार्यालयको समेत भुमिका बेला बेलामा समेत शँकास्पद देखिने गरेको छ । केही समय पहिले एक जना बन्दी लाई म्याद थप गर्न भैरहवा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । यो घटना लाई प्रहरी बन्दीको अचानक बाटोमै ज्यान गएको बताए पनि घटना रहस्यपूर्ण रहेको स्थानियबासी बताउँछन् ।

    पर्यटन र पूर्वाधार विकासमा विकासमा पनि कोष नै बाधक देखिएको छ । करिब २६ सय वर्ष पहिला लुम्बिनीमा जन्मिएका बुद्धको जन्मस्थान भन्दा बुद्धसँग नाम जोडिएका नेपाल र भारतमा रहेका बुद्ध क्षेत्रको विकास उच्च गतिमा पुग्दा पनि लुम्बिनीको विकास नहुनु राजनीतिक भागबन्डा र नियुक्ति भएको स्थानीय बताउँछन् ।

    लुम्बिनी विकास कोषको स्थापनासँग यहाँको विकास अगाडि बढ्ने सोचिएको थियो तर यसो हुन नसकेपछि यहाँका स्थानीयवासी निरास देखिन्छन् । लुम्बिनीको विकासका लागि भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत चासोको रुपमा हेरिएको हुन्छ तर विकास कोषले ध्यान नराख्दा ओझेलमा परेको छ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको योजनामा सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनासमेत दशकौँ लाग्दासमेत पूरा हुन सकेको छैन ।

    सन् १९९५ मा पूरा हुनुपर्ने गुरुयोजना दशकौँ लाग्दासमेत पूरा नहुनुमा राजनीतिक कारण नै रहेको पर्यटन ब्यवसायी बताउँछन् । वि.सं. २०६८ मा लुम्बिनीको विकासका लागि एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मार्फत तीन अर्ब डलर खर्च गरी लुम्बिनीलाई अन्तर्रा्ष्ट्रियस्तरको बुद्ध केन्द्रका रुपमा विकास गर्ने चिनियाँलगायतका देशहरुको लक्ष्य भए पनि राजनीतिक भर्ती केन्द्र र भ्रष्ट कर्मचारीका कारण यो ओझेलमा परेको थियो ।

    लुम्बिनीलाई बुझेको भन्दा पनि राजनीतिक दललाई बुझेका र राजनीति दलका कार्यकर्तालाई लुम्बिनी विकास कोषका पदाधिकारीमा नियुक्ति गरेका कारण नै लुम्बिनीका विषयमा कोही जिम्मेवार हुन नसकेको स्थानिय पत्रकार बिन्दु चौहान बताउँछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.