logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तीन बिघामा टमाटर खेती गर्दै रेग्मी दम्पती


    १ चैत्र २०७४ , बिहिबार

    तीन बिघामा टमाटर खेती गर्दै रेग्मी दम्पती

    अरुण ज्ञवाली
    भैरहवा, चैत्र १ । आफूले निर्धारण गरेका सबै लक्ष्य पूरा नहुन पनि सक्छन् । आफ्नो लक्ष्य पूरा नहुँदाको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ ।

    कतिपय मान्छेलाई लक्ष्य प्राप्तिको अधुरो यात्राले अर्को बाटोतर्फ डो¥याउँछ । पीडाले पहिल्याएको बाटो नै सफल बन्नका लागि प्रेरणाको स्रोत भइदिन्छ । लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले कृषि पेसा अँगालेका ४८ वर्षीय राजेन्द्र प्रसाद रेग्मी टमाटर खेतीका सफल कृषक बनेका छन् ।आत्म बिश्वास र मेहनत भए जर्जर भुमी लाई पनि सुन फल्ने भूमी बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् । तिलोत्तमा नगरपालिका १५ मधवलिया निवासी राजेन्द्र प्रसाद रेग्मी र उनकी धर्मपत्नी अमीकला रेग्मी ।

    तीन बर्ष अघिसम्म सिद्धार्थनगर नगरपालिका ३ स्थित संस्कृत विद्याश्रमको करिब ३ बिघा जमिन जर्जर र बाँझो थियो । त्यहाँ केही उत्पादन हँुदैनथ्यो । तर रेग्मी दम्पतीले हिम्मत र साहस गरेर विद्यालयको ३ बिघा जग्गा वार्षिक ७० हजार रुपैँया तिर्ने गरी जग्गा लिजमा लिएर व्यवसायिक टमाटर खेती सुरु गरेका छन । दुई वर्ष देखि व्यवसायिक रुपमा टमाटर खेती सुरु गरेका रेग्मी दम्पती यो व्यवसायबाट अहिले सन्तुष्ट छन् ।

    सुरुमा कुरिलो खेती गरेका रेग्मीले त्यो सफल नभएपछि केरा खेती गरेका थिए केरा खेती पनि सोचे जस्तो हुन सकेन तर रेग्मी दम्पतीले हरेश खाएनन् अनि सुरु गरे टमाटर खेती । अहिले दिनहुँ करीब २ क्विन्टल टमाटर खेत बाटै बिक्री हुने रेग्मी बताउँछन् । तीन बिघा जमिनमा टमाटर खेती गर्नु कसैका लागी पनि सानो तिनो कुरा होईन तर रेग्मी दम्पतिको साहस सबैका लागी उदाहरण बनेको छ ।

    केही वर्ष परमपरागत रूपमै खेती गरे उनले । परम्परागत निर्वाहमुखी खेतीबाट राम्रो आम्दानी नभएपछि रेग्मी दम्पतिले टमाटर खेती सुरु गरे । ‘ मेहनत मै टमाटर खेतीबाट राम्रो आम्दानी हुन थाल्यो,’ उनी भन्छन् ‘राम्रो आम्दानी हुन थालेपछि व्यवसायिक रूपमा टमाटर खेतीमा होमिएका हौँ ।’ रेग्मी दम्पतिलाई केही गरेर देखाउनु पर्ने बाध्यता थियो । तरकारी खेतीमा लागेर केही देखाउनु पर्नै बाध्यताले कृषिमा लागेका रेग्मीले अहिले टमाटर खेतीबाट लाखौं रुपैँया कमाउँछन् ।

    रेग्मी दम्पतिले सृजना, सम्झना, डा ३ र डा. सरिता जातका टमाटर उत्पादन गरेका छन् । घर तिलोत्तमा १५ मधवलियामा भए पनि रेग्मी दम्पति दिनहँु टमाटर उत्पादन सुरु गरेको सिद्धार्थनगर ३ मा आईपुग्छन् र साँझ घर फर्किन्छन् । पहिलो लटको ४ कटठा बाट करिब २ लाख आम्दानी गरेका रेग्मी यस बाट झन उत्साहित बनेका छन् । दुई छोराका माता पिता रेग्मीका जेठो छोरा विदेश छन् भने कान्छो छोरा अर्कै व्यवसायमा व्यस्त छन् । व्यवसायिक टमाटर खेती उत्पादन गरेका रेग्मीले अहिले सम्म १२ लाख भन्दा बढी खर्च गरेका छन् ।

    बिचौलियाको पिडा
    ब्यवसायीक टमाटर खेती बाट उत्साहित राजेन्द्र आफूले उत्पादन गरेको टमाटरमा भने जत्तिको मुल्य नपाउँदा निरास छन् । खेतमा टमाटर उत्पादन भएको देख्दा जति हर्ष लाग्छ यसको बजार मुल्य नपाउँदा रेग्मी दुखी छन् । बिचौलियाले किसानबाट सस्तोमा खरिद गरी बजारमा महँगोमा बेच्ने गरेको रेग्मीको गुनासो छ ।

    उत्पादित कृषिउपजले उचित मूल्य नपाउँदा म्याग्दीका कृषक मर्कामा परेका छन् । कृषकले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
    कृषकको बजारमा सहज पहुँच नहुनु, एकताको अभाव, बिचौलियाको एकाधिकारलगायतका कारणले कृषकले सस्तोमा बेचेको सामान उपभोक्ताले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने अवस्था छ ।

    रेग्मीले व्यापारीले भने जति मूल्यमा तरकारी बेच्नुपर्ने बाध्यता रहेको बताए । “कृषकले महिनौंसम्म श्रम पसिना बगाएर उत्पादन गरेको तरकारी व्यापारीलाई कौडीको भाउमा दिनुपर्ने बाध्यता छ,” रेग्मीले भने, “कुहिएर खेर जानुभन्दा व्यापारीले भनेको भाउमा बेच्नैप¥यो ।” उपभोक्ताहरू भने कृषकले व्यापारीलाई बेचेको भन्दा दोब्बर बढी मूल्य तिरेर तरकारी, फलफूल खरिद गर्न बाध्य छन् ।

    रेग्मीले आफुसँग प्रति किलो ३० रुपैयामा किनेको टमाटर बजार पुग्दा ६० भएको देख्दा अचम्म लागेको बताउछन । अर्काै तपर्m निर्वाधरुपमा भारत बाट आउने टमाटर र अन्य तरकारीका कारण पनि नेपाली किसानले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाउने गरेको रेग्मी बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.