logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बाखरा बितरण गर्दै लायन्स क्लब


    ७ चैत्र २०७४ , बुधबार

    बाखरा बितरण गर्दै लायन्स क्लब

    कमल रायमाझी
    भैरहवा, ७ चैत । लायन्स क्लब अफ बुटवल भृकुटी टाउन मनकामनाले नबलपरासीको बिनय त्रिबेणी गाउपालिकाको शिबपुर गढीमा पुगेर बिपन्न महिलाहरुलाई बाखरा बितरण गरेको छ ।

    गाउपालिकाको बडा नम्बर ६ मा बसोवास गर्ने महिलाहरुको आर्थिक उर्पाजनका लागी बाख«ा बितरण गरिएको हो । क्लबले २५ वटा माउ बाखरा बितरण गर्नुका साथै महिलाहरु आर्थिक समृद्धीका लागी अगाडी बढनका लागी उत्प्रेरित कार्यक्रम गरेको थियो ।
    क्लवको अध्यक्ष कमला पोख«रेलले सभापतीत्व तथा लता खडकाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिति सुनिल ओझाले गरेका थिए ।


    कार्यक्रममा क्लवका सिनियर डिस्ट्रिक एडभाईजर सुरेशरत्न बज्राचार्य, समाजसेवी साबित्रा अर्याल, पुर्सोत्तम भक्त प्रधाङगा, जोन चियर प्रसन दिपक कुमार श्रेष्ठ, आईपीपी पबित्रा श्रेष्ठ, भृकुटी टाउनका अध्यक्ष कोशल राज गैरे, जनप्रतिनिधि मनि कुमार श्रेष्ठ, पदम बहादुर राना, भृकुटी टाउनका आईभिपी कुमार तामाङ र दिपक कार्कीको सहभागीता रहेको थियो ।
    विगत समय देखी समाजसेवामा क्रियाशिल यो क्लवले गरिव, दुःखी, बिपन्न तथा असाहयहरुको लागी बिभिन्न कार्यक्रमहरु समेत गर्दै जाने बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.