logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    क्रान्तिकारीले लगायो ताला


    २५ चैत्र २०७४ , आइतबार

    क्रान्तिकारीले लगायो ताला

    भैरहवा, चैत । अखिल क्रान्तीकारी बुटवल इकाई कमिटिले क्याम्पस प्रसाशनको ज्यादती र अनियमिता बिरुद्ध आन्दोलन सुरु गरेको छ । 
    आईतवार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै संगठनले अनिश्चित कालिन आन्दोलनको घोषण गरेको हो । संगठनले प्रेस विज्ञप्ती मार्फत क्याम्पस प्रमुखको राजिनामा समेत मागेको छ । क्याम्पस प्रमुखको अराजक प्रबृदी तथा स्वयच्छाचारी प्रवृद्धीका विरुद्ध आन्दोलन अगाडी सारिएको भन्दै प्रेस विज्ञप्तीमा व्यक्तिवादी प्रबृद्धीको अन्त्यको लागी अनुरोध गरिएको छ ।
    विभिन्न संकायको भर्ना बन्दको सुचना टासी नातावाद र कृपावादका आधारमा नियम विपरित नया भर्ना गरिएको भन्दै प्रेस विज्ञप्तीमा क्याम्पस प्रमुखको लाहाचारी प्रवृद्धीको अन्त्यको लागी आन्दोलन गरिएको क्याम्पस कमिटिका संहसंयोजक बिशाल पन्थीले बताए । ।


    संगठन संग गरिएका पुराना संझौता समेत पुरा नभएको भन्दै संगठनले क्याम्पस प्रमुखलाई तत्काल क्याम्पसको हकहित र विद्यार्थीको सुविधालाई मध्यनजर गरेर अगाडी बढन् समेत निर्देशित गरेको छ ।
    अखिल क्रान्तिकारीका निर्वतमान केन्द्रिय सदस्य विष्णु खत्री तथा टेकराज रेग्मीको सहभागीतामा भएको तालाबन्दी कार्यक्रममा क्याम्पस कमिटिका संहसंयोजक गणेस खनालको सम्बोधन रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.