logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    चिया बेचेर मासिक ७५ हजार कमाई


    २६ चैत्र २०७४ , सोमबार

    चिया बेचेर मासिक ७५ हजार कमाई

    लुम्बिनीखबर
    ठुटीपिपल, चैत्र २६ । भैरहवा बुटवल सडकखण्डको तरकुल्ला गाउँ स्थानीय ठुटीपिपल बजार देखि २ किलोमिटर पुर्वमा पर्दछ । उक्त गाउमा चिया बेचेर मासिक ९० हजार कमाई गर्ने पनि छन् भन्दा धेरैले पत्याउदैनन् तर यो यथार्त हो ।

    पैसा कमाउनकोलागी विदेशीनेहरुको संख्या अधिक रहेको यो गाउको एकजना महिलाले चिया नास्ताको व्यापार गरेर घरमै बसीबसी राम्रो आम्दानी गर्न सफल भएकी छन् ।
    दैनिक कम्तिमा २५ प्लेट चाउमिन, ३० कप चिया, चना बेचेर अहिले मासिक करिब ७५ हजार आम्दानी गरिरहेकी तरकुल्लाहकी ३२ वर्षिय आशा दर्लामीको गएको जेठ २१ गते भन्दा अगाडी कुनै आम्दानीको स्रोत थिएन । उनको दोकानमा चिया नास्ता खानेहरुको विहानै देखी भिडभाड हुने गर्दछ ।

    पहिले पहिले दिनभरी समय कटाउन गाह्रो थियो अहिले भ्याईनभ्याई छ चियाको गिलामा चिया राख्दै उनले भनिन । दर्लामीले केही लजालु स्वभावमा थप भनिन् ‘यस्तो व्यापार कहिल्यै नगरेको मान्छे, शुरु शुरुमा चाउमीन पकाउँदा छातीमा उफ्रिन्थ्यो अहिले त राम्रो भईरहेको छ । ’
    उनका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् । शुरु शुरुमा श्रीमानले होटल नखोल्न भनेको भएता पनि अहिले चाहिं खुसी भएको बताउदैं भनिन् ‘रक्सी नबेच भन्नुहुन्छ । समयमै दोकान बन्द गर्न भन्नुहुन्छ । ’

    ७ कक्षा पढ्दै गर्दा पाल्पा भुवनपोखरीका आफ्नै दौतरीसंगै बिहे गरेकी उनी श्रीमानसंगै १२ वर्ष अघि तरकुल्ला झरेकी हुन् । उनका २ छोरी स्थानीय निजी स्कुलमा पढिरहेका छन् । दैनिक कमाई राम्रो भएको भएतापनि उनलाई गाउँपालिकाको कार्यालय अन्तै सर्छ की भन्ने चिन्ता भने छ । कार्यालय सरेमा व्यापार ठप्प हुने पिरलो भने छ । ओमसतिया गाउँपालिका अन्तर्गत पर्ने उक्त गाउँमा गाउँपालिकाको अस्थायी कार्यालयमा आउने जाने सेवाग्राही र कर्मचारी नै यहाँका मुख्य ग्राहक हुन् ।

    यहाँका अधिकांश घरपरिवार कृषिमा आश्रित छन् भने यो गाउँ आन्तरीक बसाईसराईको केन्द्र पनि हो । यो गाउँमा गुल्मी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, बाग्लुङ, कास्की जिल्लाबाट बसाई सराई गरेर आउने घरपरिवारको संख्या पनि उल्लेख्य छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.