logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    हामी कुन युगमा छौँ ?


    २६ चैत्र २०७४ , सोमबार

    हामी कुन युगमा छौँ ?

    –डा. मञ्जली यादव
    जुन देशमा राधा देबि भनेर पुजिन्छ्न उहीँ देशमा राधा बोक्सीको आरोपमा कुटिन्छ्न । हामी अहिले २१ शताब्दीमा हुँदा पनि हाम्रो सोचमा पुर्ण परिवर्तन आयेको छैन। कसैलाइ थाहा न भाको होइन तर थाहा हुदा हुदै हामी अहिले कुसंस्कार गर्ने र भन्ने हो भन गर्ने भन्दा रमिता हेर्ने बढी भयेका छ्न आज भोलि। अहिले हाथ हाथमा मोबाईल छ, जोले ाबअभदययप मा चयाट गर्न जाने छ उले त संसारमा हुने राम्रो कुरा लाई घर बसि बसि हेर्न सक्छ ।
    अनि त्यो त राम्रो उपभोग भन्दा कुरिती सिक्ने मध्यम मात्र भयेको छ। के कलयुग येहि हो त? हामी अहिले बिकासन्मुख देशका नागरिक जुन चही हरेक कुराले पछडियेको छ्म तेहा हामी सोच पनि सानो राखेसि ठुला ठुला कुरा को सपाना किन देख्ने। के सबै कुरा ओहदामा भयेकाले या नेताले गरि दिने हुन त? त्यो त हुदै होइन नि? केहि नराम्रो कुरा भै रहेको छ भने अफूल अवाज न उठौने भये नि निकाय सम्म कुरा रख्न त सक्छ्म नि हामी।

    हामी अहिलेको समयमा आयेर नि मुक्दर्शाक भयेर हेरेर अनि मोबाईलमा खष्मभय गउयिबम गरेर हुन्छ त, नया कुराको थलानी अफाइ बाट गर्न सक्नु पर्छ। अचम्म छ हाम्रो क्यरपना, केहि राम्रो पनि न गर्ने न हुन दिने। सोच अफ्नो नि बदल्नु पर्छ र अरुको बदल्न अफै बाट पहल गर्नु पर्छ। अनि त हामीले यो गाउँ ठाउको यो समाजको उत्थान गर्न सक्छौ। त्यो गर्ने त हाम्रो पनि कर्तव्य हो। कोहि चेली अफेलित न हुन अस्ति भयेको राधा जस्ती छोरी कति छिन होलान् र हुने छ्न ती पीडा सहेर बस्ने, चहे बोक्सीको अरोपमा कुटियेर बस्ने कि दहेज दिन न सकेर दुख पाउने येस्ता थुप्रै जुन जरैदेखि हटाउने पर्ने कुरा छ्न। पहल गर्नुस कुनै दिन सबै कु(प्रथाको अवस्या उन्मुलन हुने छ्। भनछ्न रोग लग्न दिनु भन्दा रोकथाम गरेको जाति अनि केहि घट्ना हुनु पुर्ब बरु न हुन दिनु राम्रो ।

    नेपाली समाजमा बोक्सी प्रथाले जरा गाडेको प्राचीनकालदेखि नै हो । झारफुक तथा तन्त्र–मन्त्रप्रति मानिसको विश्वासका कारणले कुविचार तथा कुमान्यताको रूपमा बोक्सी प्रथाको जन्म हुन गएको हो । आजको आधुनिक समयमा पनि कुनै न कुनै मानिस बोक्सीको नाममा प्रताडित हुने गरेका छन् । बोक्सीको नामबाट पीडित हुनेहरूमा बढीजसो महिला नै हुने गरेको पाइएको छ । तर यदाकदा कतिपय घटनामा पुरुष पनि पर्ने गरेका छन् ।

    बोक्सी के हो ?
    यसको अर्थ खोज्दा, नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सातौं संस्करणको रूपमा प्रकाशन गरिएको नेपाली बृहत् शब्दकोशको पृष्ठ ९२९ मा बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्रीलाई बोक्सी भनी परिभाषित गरिएको छ । हाम्रो शब्दकोशले बोक्सीको परिभाषा गर्दा महिलालाई नै इंगित गर्न खोजेको छ । सायद त्यसैले हो, अहिलेको नेपाली समाजमा बोक्सी भन्नासाथ महिला नै सम्झने गरेको हुन्छ ।

    बढीजसो महिला नै बोक्सीको नामबाट प्रताडित हुने गरेका छन् । तन्त्र–मन्त्रप्रतिको अटुट विश्वास भनौं वा बोक्सीमाथिको अन्धविश्वास भनौं, देशमा वर्षेनी यसैका कारणले पीडाका डरलाग्दा घटना घटिरहेका हुन्छन् जसको कारण मानिसको खुसी आँसुका थोपामा परिणत हुन पुग्छन् भने इच्छा र आकांक्षा पीडाहरूमा बदलिन पुग्छन् । यसैको निहुँबाट पीडित भएका, अंगभंंग भएका तथा ज्यानै गुमाएका घटना देशमा कति घटिरहेका हुन्छन्, त्यसको कुनै लेखाजोखा नै हुँदैन । केही नगण्य घटना मात्र बाहिर आउँछन् र पीडितहरू न्यायका लागि प्रशासनको गुहार माग्न आइपुग्छन् ।

    बोक्सी शब्दले नै पीडा र त्रूmरताको प्रतिनिधित्व गरेको हुन्छ । विशेषगरी गाउँमा कुनै मानिस बिरामी भयो वा मृत्यु भयो भने धामी–झाँक्रीको झारफुकको प्रभावमा परेर कसैमाथि बोक्सीको दोष लगाई निर्मम यातना दिने गरिन्छ । कतिपय घटनाहरू सञ्चार माध्यमसम्म आइपुग्छन् त कतिपय आउँदैनन् ।

    विभिन्न समयमा सार्वजनिक प्रकाशनमा आएका महोत्तरीकी पम्फादेवी, बुधनी खातुन, बुचियादेवी, सुनयनादेवी, धनवतीदेवी, काठमाडौंकी सरस्वती, रामेछापकी रत्नमाया, धनुषाकी अनुरदेवीमाथि बोक्सीको नाममा भएको चरम दुव्र्यवहार एवं क्रूर यातनाका घटना सायद आजसम्म पनि कसैले बिर्सन नसकेका होलान् । बोक्सीको आरोपमा परेर महिलाहरूमाथि हुने पीडा र त्रास एकातिर छ भने यसप्रतिको विश्वासको कारण पुरुषहरूले पनि ज्यानै गुमाउनुपरेको र कुटपिट सहेर गाउँबाट निकालिनुपरेको तीतो यथार्थ हामीसँग छ । यस किसिमको घटनाले सर्वसाधारणमा भयको वातावरण पैदा गर्दछ ।

    आजको आधुनिक युगमा मानिसको के कसरी मृत्यु भयो वा के कुन कारणले बिरामी परेको हो भन्ने कुरा जान्ने प्रशस्त माध्यम छन् । प्रायःजसो मानिसको मृत्यु कुनै रोग वा चोटको कारणबाट हुने गर्दछ । समयमा बिरामीको हेरविचार, औषधि उपचार नहुनाले मृत्यु हुने तीतो यथार्थ हो । बोक्सीको दोषबाट मानिसको मृत्यु भएको भन्ने कुराको वैज्ञानिक आधार सायदै अहिलेसम्म पनि कसैले दिन सकेको होला । टुनामुना, तन्त्र–मन्त्र गरी मानिस मारेको भनी कसैमाथि बोक्सीको दोष लगाउनु रुढीवादी समाजको गलत सोच मात्र हो । कुनै व्यक्ति बोक्सी हो भनी तय गर्ने कुनै आधार कसैले दिन सक्दैन ।

    तर, पनि समाजमा बोक्सीको नामबाट कुनै पनि व्यक्तिमाथि हुने अमानवीय व्यवहार, यातना, हिंसाजस्ता कार्यको अन्त हुनसकेको छैन । यस्तो कार्यले समाजको प्रगतिभन्दा पनि दुर्ग्ति हुने निश्चित छ । त्यसैले समाजमा रहने प्रत्येक व्यक्तिले बोक्सी छन् भन्ने मान्यताको हृदयदेखि नै अस्वीकार गर्न सक्नुपर्छ ।

    कुनै व्यक्ति बोक्सी हो भनी तय गर्ने कुनै आधार कसैले दिन सक्दैन । तापनि समाजमा बोक्सीको नामबाट कुनै पनि व्यक्तिमाथि हुने अमानवीय व्यवहार, यातना, हिंसाजस्ता कार्यको अन्त हुन सकेको छैन ।

    पहिलेदेखि नै हाम्रो देशको कानुनले बोक्सी प्रथालाई मान्यता दिएको छैन । सम्वत् १९१० मा जारी भएको संहिताबद्ध कानुनको रूपमा रहेको मुलुकी ऐनले ‘बोक्स्यारोको’ महलको व्यवस्था गरी बोक्सी दोष लगाउने कार्यलाई दण्डनीय बनाएको थियो । कसैलाई बोक्सीको अपराध लगाई घरबाट निकालेमा, कसैका कन्या, सधवा, विधवा स्त्रीलाई मन्त्र–टुना गरी झारफुक गर्ने धामीलाई वा त्यस्तो कार्य गर्न सहयोग गर्ने मतियारसमेतलाई दण्ड सजाय हुने व्यवस्था यसले गरेको थियो । तर मुलुकी ऐन, २०२० मा भने बोक्सीको दोष लगाई दुव्र्यवहार गर्ने व्यक्तिमाथि सजाय हुने प्रस्ट कानुनी व्यवस्था थिएन ।

    तर कसैले कसैमाथि कुटपिट गरेमा भने कुटपिटको महलबमोजिम सजाय हुने कानुनी व्यवस्था थियो । त्यसका साथै राज्यले समाजमा हुने सार्वजनिक अपराधको नियन्त्रण गर्न तथा सर्वसाधारणको इज्जत र मान मर्यादा कायम राख्न केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ र गाली बेइज्जती ऐन, २०१६ जस्ता कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याइएको थियो । तर बोक्सीको नामबाट हुने गरेका कुनै पनि अमानवीय एवम् त्रूmर यातनाजन्य कार्यलाई अपराधको रूपमा परिभाषित गरी दण्डको पर्याप्त व्यवस्था गर्न छुट्टै कानुनको आवश्यकता भने रहेकै थियो ।

    नेपालको सम्मानित सर्वोच्च अदालतले अधिवक्ता रेश्मा थापासमेतको विरुद्ध मन्त्रिपरिषद् सचिवालयसमेत भएको उत्प्रेषण मुद्दामा महिला वर्गमाथि बोक्सीको आरोप लगाई हुने गरेको अन्याय, अत्याचार, उत्पीडन, यातना दिने कार्यको रोकथाम, नियन्त्रण एवं सजायको व्यवस्था गर्न प्रभावकारी कानुनको अभाव रहेको भनी २०६१ साउन २६ गते सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । यो आदेशले महिला वर्गमाथि बोक्सीको दोष लगाई अमानवीय व्यवहार गरी निजको अस्मिता, मान, प्रतिष्ठा एवं इज्जतमा आघात पु¥याउने कार्यलाई अपराधको श्रेणीमा राखियो ।

    यस्तो आदेश भएको करिब दुई वर्षपछि मात्र सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ मार्फत मुलुकी ऐन, २०२० को अदलको महलमा १० (ख) नं. थप गरी बोक्सीको दोष लगाई हुने कार्यलाई अपराधको रूपमा सम्बोधन गरियो ।

    नेपाल सरकारले यसको झन्डै ९ वर्षपछि सामाजिक कुरीति तथा अन्धविश्वासको रूपमा रहेको बोक्सीको आरोप लगाउने कार्यलाई निवारण गरी पीडित व्यक्तिलाई उचित न्याय प्रदान गर्नका लागि बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ जारी गरियो । (नेपाल राजपत्र, अतिरिक्तांक १३) बोक्सीको आरोप लगाउने, गाली बेइज्जती गर्ने, सामाजिक बहिष्कार गर्ने, बसोबास गरेको ठाउँबाट निकाला गर्ने, कुटपिट वा अंगभंग गर्ने, डाम्ने, खोप्ने, पोल्ने, रासायनिक वा विषालु वा जैविक पदार्थ प्रयोग गरी कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी गाउँ घुमाउने, आरोप लागेको व्यक्तिको परिवारप्रति अपमानजनक व्यवहार गर्ने, सम्पत्ति तोडफोड गर्ने कार्यलाई यो कानुनले बोक्सीको आरोपसम्बन्धी कसुरको रूपमा उल्लेख गरियो । बोक्सीको आरोप लगाउने कार्यलाई मद्दत पुग्ने उद्देश्यले कुनै भेला गरे वा गराएमा समेत यसले कसुर मानेको छ ।

    त्यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको मात्राको आधारमा अधिकतम कैद ८ वर्ष तथा जरिवाना १ लाखसम्म हुने गर्छ । यस किसिमको कसुरको मुद्दामा अदालतले पैmसला गर्दा कसुरको मात्रा, पीडितलाई पुगेको पीडा र पीडकको हैसियत हेरी पीडितलाई पीडकबाट मनाशिव क्षतिपूर्ति भराइदिन सक्छ । पीडितको हक हित तथा आत्मसम्मानको रक्षाका लागि निजले चाहेमा स्वतन्त्र रूपमा छुट्टै कानुन व्यवसायी राख्न पाउने र बन्द इजलासबाट मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गरेको छ । पीडितलाई कानुनबमोजिम उचित क्षतिपूर्ति तथा पीडितलाई उपचार गराउँदा वा कुरुवा राख्दा भएको खर्च पीडकले व्यहोर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था गरी राज्यले पीडितलाई आर्थिक रूपमा राहत पु¥याउने कार्य गरेको छ । समग्रमा भन्नुपर्दा वर्तमान कानुनी व्यवस्थाले बोक्सीको आरोपबाट पीडित व्यक्तिको अधिकारको सम्मान एवं शरीरको सुरक्षा गरेको छ ।

    हालै जारी भएको नेपालको संविधानले सबै नागरिकलाई कानुनको दृष्टिमा समान बनाएको छ । धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न नपाइने गरी शोषणविरुद्धको हक प्रदान गरेको छ । त्यस्तै महिला भएको नाताले शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने गरी बोक्सीको नामबाट हुने कुनै पनि हिंसाजन्य कार्यबाट उन्मुक्ति दिएको छ । समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त गर्ने कार्य राज्यको हो । महिला वर्गको संरक्षणको लागि राज्यले कानुनद्वारा विशेष व्यवस्था गर्न सक्छ । मानवअधिकारको संरक्षणका लागि बनेका विभिन्न महासन्धिले पनि प्रत्येक महिला वर्गले आत्मसम्मानका साथ जीवन जिउन पाउने हक दिएको छ । तर पनि बोक्सीको दोषमा हुने गरेका त्रूmर यातना तथा हिंसाजन्य आपराधिक कार्यले महिला अधिकारमाथि प्रहार हुने गरेको छ ।

    नेपाली गाउँ समाजमा धामी–झाँक्री आदिको तन्त्र–मन्त्र, टुनामुनाको विश्वासमा परेर कुनै व्यक्तिमाथि बोक्सीको दोषारोपण गर्न मानिस पछि पर्दैनन् । कोही बिरामी भयो वा थला परेर म¥यो वा कसैको गाईवस्तु चौपाया म¥यो भने कसैमाथि बोक्सीको दोष लगाई कुटपिट गर्ने, डाम्ने, मलमूत्र खुवाउने, कपाल मुड्ने, म बोक्सी हुँ भनी शपथ गराउने, आगो मुखमा झोस्ने, गाउँबाट निकाला गर्नेजस्ता अमानवीय कार्य कतै हुनु भनेको एउटा पीडित व्यक्तिको मन–मस्तिष्क एवं आत्मसम्मानमा गहिरो चोट पु¥याउनु हो ।

    बोक्सीको दोष लगाई कसैमाथि प्रताडित गर्नु भनेको एउटा व्यक्ति र सिंगो समाजका लागि लज्जास्पद, अमानवीय एवं हिंसाजन्य कार्य हो । कानुनले बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने तथा यातना दिनेजस्तो आपराधिक कार्यलाई दण्डनीय बनाए पनि अझै नेपाली समाजमा बोक्सी प्रथा हट्न सकेको छैन ।

    मानिसको अज्ञानता र रुढिवादी सोचका कारणले समाजमा विकसित हुँदै आएको बोक्सी प्रथाले महिलामाथि बीभत्स पीडा जन्माएको छ । यसलाई सबैले मन–मस्तिष्कबाट हटाउन सक्नुपर्छ । समाजमा हुने गरेका यस्ता घृणित कार्यहरूविरुद्ध विभिन्न व्यक्ति, संघसंस्था तथा सरकारले जनचेतना जगाई यसको निवारणका लागि कार्य गर्नु आवश्यक छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.