अरुण ज्ञवाली
भैरहवा २९ चैत । प्लस टु पुस्तामा लागूऔषध प्रयोगको लत बढ्दै गएको छ । परिवार र अभिभावकको हेलचेक््रयार्इँ र निगरानी अभावमा युवापुस्ता लागूऔषधको कुलतमा फस्दै गएको बेलहियाबासी र ईलाका प्रहरी कार्यालय बेलहियाले सुरु गरेको लागूऔषध विरुद्धको अभियानबाट प्रष्ट हुन्छ ।

लागूऔषधको कुलत प्लस टु पुस्तामा डरलाग्दो गरी फैलिरहेको छ । बेलहियाबासी र ईलाका प्रहरी कार्यालयले गत माघ ८ गते देखि सुरु गरेको लागूऔषध बिरुद्धको सिधा कारबाही अभियानमा तीन महिनाको अवधिमा ९ सय ३२ जना लागूऔषध सेवनकर्ता र कारोबारीलाई नियन्त्रणमा लिएको छ । ति मध्ये प्लस टु पुस्ताका २ सय ३३ जना विद्यार्थी रहेको छ । यो तथ्याङ्कले के स्पष्ट पार्दछ भने घरबाट विद्यालय कलेज हिँडेका विद्यार्थी लागूऔषध सेवन गर्न भारतको सुनौली सम्म पुग्ने गरेका छन् । ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक वीर बहादुर थापाले कलेज विद्यालयका विद्यार्थीमा लागूऔषध सेवन र कारोबारको संख्या दिन प्रतिदिन बढ्दै गएको जानकारी दिँदै यसतर्फ अभिभावक र विद्यालय गम्भीर बन्नुपर्ने बताउँछन् ।
बेलहियाबाट पक्राउ परेका लागूऔषध प्रयोगकर्ता मध्ये २५ प्रतिशत प्रयोगकर्ता प्लस टुमा अध्ययन गर्ने छन् भने एसईई भन्दा तल ३ सय ५१ जना छन् । प्रतिशतमा ३७ दशमलब ६६ प्रतिशत रहेका छन ।
सिधा कारबाही अभियान अन्तर्गत तीन महिनामा पक्राउ परेका ९ सय ३२ मध्ये उमेर समूहमा १६ वर्ष भन्दा तल ४५ जना, १६ वर्ष देखि २५ वर्षसम्म ५ सय ४० जना, २५ देखि ३५ वर्षसम्म २ सय ९० र ३५ देखी माथि ५७ जना रहेका छन् ।
त्यसैगरी कृषि पेशामा लागेका १ सय १३ जना, खेलाडी १ जना, सवारी चालक २२ जना, नोकरी गरेका ५ जना, मजदुर १५ जना र बेरोजगार ७ सय ६१ जना रहेका छन् । पक्राउ परेकाबाट डाईजेपाम ६ सय ९ सिसी, टेलजेसिक १ सय १६ सिसी, फेरानगन ५ सय ९४ सिसी, नुफिन ४ सय ८४ सिसी, नाईट्रोसन ८ सय ६७ ट्याबलेट, स्पास्मो ४ सय ८२ र नाईट्रोभेट ८ सय २५ ट्याबलेट बरामद गरिएको छ ।
बढ्दै छन् युवती
सम्म लागूऔषध सेवन र कारोबार गर्ने युवा विद्यार्थी मजदुर बढी मात्रामा तथ्याङ्कले प्रस्ट देखिए पनि पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा महिलाको संख्या पनि दिनहँु बढिरहेको पाईएको छ । तिन महिनाको अवधिमा सीमा नाका बेलहियामा १४ जना महिला पक्राउ परेबाट पनि लागूऔषध दुव्र्यसनमा महिलाहरु पनि दिनहु ँबढिरहेको स्पष्ट हुन्छ ।
‘हामीले गरेको अध्ययनमा अभिभावक र परिवारले आफ्ना सन्तानलाई दिनुपर्ने ध्यान दिन नसकेका कारण नै युवा पुस्ता कुलतमा फसेको देखिएको छ,’ प्रहरी निरीक्षक थापाले भने । सन्तानलाई दिनुपर्ने समय नदिएर होस्टलमा राख्ने प्रवृत्ति, आफूभन्दा टाढा राख्ने प्रचलन र साथीभाइको संगतले लागु औषध प्रयोगकर्ता बढिरहेका छन् । ‘७७ प्रतिशत युवा साथीभाइको संगतले दुव्र्यसनमा फसेको भेटिएका छन त्यसैले अभिभावक र परिवार आफ्ना सन्तानप्रति चनाखो हुन आवश्यक छ,’ उनले भने ।
सिधा कारबाही अभियानका सदस्य रमेश थापा पनि पछिल्लो युवा पुस्ता डरलाग्दो रुपमा लागु औषध दुब्र्यसनमा पmसेको र यस तपर्m अभिवावक समयमै सचेत रहनु पर्नै बताउछन । थापाले भारतिय बजार सुनौलीमा लागु औषध सेवन गर्न जुम्ला देखी धरान सम्मका युवा युवती आउने गरेको जानकारी दिए । विश्वभरि १४ करोड लागु औषध प्रयोगकर्ता रहेको अनुमान छ । वर्षेनी लागु औषधबाट २ लाख ५३ हजार मानिसको मृत्यु हुने आँकडा छ ।
लागु पदार्थको लत
प्राचीनकालदेखि नै मानिसले विभिन्नथरीका बोटबिरुवाबाट लागु पदार्थ (नशालु पदार्थ) निकालेर नशाका लागि प्रयोग गरेको देखिन्छ । नेपाल–भारत जस्ता देशमा समेत हजारौं वर्ष पहिलादेखि गाँजा, भाङ, धतुरो तथा अफिम जस्ता मादक पदार्थ सेवनको प्रमाण भेटिन्छ । तर उतिबेला यस्ता नशालु पदार्थ सेवन गर्नेको संख्या निकै कम थियो भने आज ह्वात्तै बढेको छ । खासगरी किशोर तथा युवाहरू लागु पदार्थ दुर्व्यसनको दलदलमा बढी फसेका छन्। चिकित्साशास्त्र (एमबीबीएस) पढ्ने थुप्रै विद्यार्थीसमेत यस्तो दुव्यर्सनमा फस्न पुगेको खबरले स्थिति कति गम्भीर छ भन्ने पुष्टि गर्छ ।
हिजोआज नशाका लागि गैरकानुनीरूपमा निर्मित लागु पदार्थमात्र होइन कि खासगरी मानसिक रोगोपचारका लागि निर्मित औषधी समेत निकै दुरुपयोग हुने गरेको छ । लागूऔषध दुव्र्यसनीले मात्र होइन कि स्वयं रोगोपचारका लागि औषधी प्रेस्क्रिकप्सनको अधिकार पाएका कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत औषधी दुरुपयोग गर्ने गरेका छन्। दुर्व्यसनीले नशाका लागि त कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले पैसा (कमिसन)का लागि औषधीको दुरुपयोग गरेको पाइन्छ ।
नेपाली समाजमा पेचे, पेचाडी, गँजडी, धूले, ट्यापे, ट्वाके तथा किट्टे आदि जस्ता उपनाम पाएका लागु औषध दुर्व्यसनका रोगी सामाजिक दृष्टिमा निकै अपहेलित र तिरस्कृत हुन्छन उनीहरू धेरै दिन बाँच्न पनि सक्दैनन्। यस्ता रोगीको बाँचेको जीवन पनि नारकीय नै हुन्छ। उनीहरूमा इच्छाशक्ति, ध्यानशक्ति, स्मरणशक्ति तथा निर्णय क्षमता शून्य प्रायः हुन पुग्छ ।
बलियो कानुन बनाएर त्यसलाई प्रभावकारीरूपमा लागु गर्नुपर्छ । विद्यालयदेखि नै विद्यार्थीलाई लागुऔषधका दुष्परिणामबारे उचित शिक्षा दिनुपर्छ। अनि दुर्व्यसनमा फसेका बिरामीलाई उचित उपचारको व्यवस्था मिलाउनुपर्छ ।