
वीर बहादुर थापा प्रहरी निरिक्षक (ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही)
नेपाल भारत सिमा नाका बेलहिया नाकामा कार्यरत रहँदा के कस्ता चुनौतीको सामना गर्नु परेको छ ?
–बेलहिया नाका नेपालको प्रमुख अन्तर्राष्ट्रिय नाकाहरु मध्ये एक नाका हो । महिनामा हजाराँैको संख्यामा पर्यटक भित्रिने यस नाका अन्तर्राष्ट्रिय मुख्य व्यापारीक नाका पनि हो । दैनिक हजारौँको संख्यामा सवारी आवागमन गर्ने यस नाकामा हजारौँको संख्यामा मानिसहरुको पनि आवागमन हुने गर्दछ । खुल्ला सीमाना, चोरी तस्करी, मानव ओसार पसार तथा चेलिबेटी बेचबिखन, अवैध हातहतियारको ओसार पसार, संगठित अपराधका गिरोहहरुको आवागमन अन्तर देशीय अपराधमा संलग्न व्यक्तिहरुको आवागमन र ठूला गम्भीर अपराधका घटनामा संलग्न व्यक्तिहरु भाग्न सक्ने स्थान रहेको र अझ बिशेष गरेर सिमावर्ती क्षेत्र भारतको सुनौली बजार तथा आसपासको ग्रामीण भेगमा लागूऔषध ब्राउन सुगरको कारोबार हुने र औषधी जन्य मनोद्धिपक पदार्थ सहज रुपमा उपल्ब्धताको कारण ठूलो मात्रामा नेपाली युवा युवतिहरु लागु औषध ओसार पसार तथा सेवनको लागि यस नाकालाई प्रयोग गर्दै आएकोले लागूऔषधको ओसार पसार तथा दुव्र्यसनी र सोबाट उत्पन्न हुने चोरी, लुटपाट, आगजनी तोडफोड, बलात्कार, हत्या, सवारी दुर्घटना जस्ता गम्भीर प्रकृतिका अपराधहरु हुने भएकोले यो नै प्रमुख चुनौतीको रुपमा रहेको छ ।
बेलहिया नाका विशेष गरी लागूऔषध कारोबार र सेवनको मुख्य नाकाको रुपमा बदनाम छ, यसको नियन्त्रणका लागि के कस्तो पहल भईरहेको छ ?
–बदनाम त नभनौँ । तैपनि यस क्षेत्रमा लागूऔषध ओसारपसार तथा सेवनको अवस्थालाई विश्लेषण गर्दा अन्य क्षेत्रको तुलनामा यो नाका बढी नै प्रभावित भएको नाका हो । विगत ३ बर्ष को तथ्याङकलाई तुलना गर्दा आर्थिक वर्ष २०७२÷०७३ मा यस नाकाबाट लागूऔषध ओसार पसार तथा सेवन गर्ने ३४ जना पिरुद्ध लागूऔषध सम्बन्धी मुद्धा दर्ता गरिएको थियो भने आर्थिक वर्ष २०७३÷०७४ मा ७२ जना विरुद्ध लागूऔषध ओसार पसार तथा सेवनमा परी कारबाही भएको छ । यस्तै चालु आ.व. २०७४।०७५ को पौष मसान्तसम्म ८३ जनालाई लागूऔषध ओसारपसार तथा सेवनमा पक्राउ गरी आवशयक कारबाही भएको छ । यस तथ्याङ्कले हरेक वर्ष लागूऔषध ओसार पसार तथा दुव्र्यसनी बढ्दै गएको देखिन्छ । । प्रति दिन लागूऔषध सेवन तथा ओसार पसार बढ्दै जाने र सोही कारणले अन्य अपराध चोरी, लुटपाट, सवारी दुर्घटना, आगजनी, तोडफोड, झै–झगडा जस्ता अन्य घटना पनि दिन प्रतिदिन बढ्दै गएको र दुर्ब्यसनीको संख्या पनि बृद्धि भई धेरै युवा युवतीको जिवन बर्बादी तर्फ उन्मुख भएकोले शान्ति सुरक्षा कायम गर्न अपराध नियन्त्रण गर्न र दुर्ब्यसनीलाई न्यूनिकरण गर्नको लागि लागु औषध नियन्त्रण प्रभावकारी अभियान संचालन गर्न आवश्यक देखिएकोले यही २०७४ माघ महिना देखि ५ नं प्रदेश प्रहरी कार्यालयको अभियान, संघिय ईकाई प्रहरी कार्यालय लुम्विनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निर्देशनमा यस बेलहिया नाकामा लागु औषध नियन्त्रण अभियान सिधा कारवाही संचालन गरिएको छ । ।
नागरिकसंग सहकार्य गरेर कार्य गर्दा अभियान प्रभावकारी हुने महशुस गरी यस क्षेत्रमा नागरिक समाजका अगुवा संसार बिजय गुरुङको संयोजकत्वमा बिभिन्न २२ वटा संघ संथाको प्रत्यक्ष सहकार्यमा माघ ८ गते देखि बेलहिया बसपार्क अगाडि क्याम्प स्थापना गरी लागु औषध ओसार पसार तथा सेवनकर्ताहरुलाई प्रहरी र नागरिकद्धारा संयुक्त रुपमा निगरानी तथा चेकजाँच गरिदै आएको छ । सिमावर्ति गाँउ टोल टोलमा समेत दुर्ब्यसनी नियन्त्रण को लागी टोल समितिहरु गठन गरी कार्य गर्दै आएको छ । जसको कारणा माघ देखि हाल सम्म करीव १ हजार जना लागु औषध प्रयोगकर्ता चेकजाँचमा परेका छन । शुरुका दिनहरुमा हरेक दिन ४० जना मानिसहरु चेकजाँचमा परेको देखिन्छ भने पछिल्लो समयमा औषतमा प्रतिदिन ७ जना मानिस चेक जाँच परेका छन । हाल आएर करीव ८ सय ३५ दुर्ब्यसनीको संख्या यस नाका बाट कमी आएको पाईन्छ । यस अभियानमा चेकजाँच द्धारा न्यूनिकरणको प्रयास गरिएको छ भने टोल टोल तथा स्कुल स्कुलमा पनि यसका बिरुद्ध जनचेतना मुलक कक्षाहरु संचालन गरिदै आएको छ । । यस अढाई महिनाको अभिलेखलाई अध्ययन गर्दा स्थानीय भैरहवा, बेलहिया क्षेत्रमा भन्दा पनि अधिकांश दुर्ब्यसनीहरु अन्यत्र पोखरा, पाल्पा, काठमाडौ, चितवन नवलपरासी स्याङजा, गुल्मी लगायतका जिल्लाका अधिकांश युवा युवतीहरु यहा आउने र करिव ८ सय ९५ मानिस (१६(३५) बर्ष उमेर भित्रका मानिस यसमा परेको देखिन्छ । । यसले युवा बर्ग नै यसबाट धेरै प्रभावित भएको देखाउछ । । यस अभियानमा सेवन कर्तालाई नियन्त्रणमा लिई अभिभावकलाई जानकारी गराउने , शुरुको अवस्थामा काउन्सेलिङ गरी सुधारको लागि अविभावकको जिम्मा दिने लतमा परी उपचारको आवश्यकता भएमा सम्बन्धित अभिभावकलाई जिम्मा दिई उपचार केन्द्रमा पठाउने गरीन्छ भने सामान सहित फेला परेमा कानुन बमोजिम कारबाही गर्ने गरिएको छ ।
भारतीय बजार सुनौलीमा खुल्ला रुपमा लागूऔषध बेचबिखन र सेवन भईरहँदा यसको मुख्य असर नेपालमा परिरहेको छ, यस को लागि के कस्तो पहल भईरहेको छ ?
–वास्तवमै सिमावर्ती भारतीय बजार सुनौलीका औषधीजन्य लागूऔषधको सहज उपलब्धता र आसपासको ग्रामीण क्षेत्रमा समेत लागूऔषधको कारोबार हुने गरेको कारणले गर्दा यस नाकाबाट अधिकांश युवायुवतीहरु लागूऔषध लिन तथा सेवन गर्न आउने गरेको देखिन्छ । यसको मुख्य श्रोत भारतिय बजार नै भएकोले सो नियन्त्रणको लागि समय समयमा समकक्षी भारतिय प्रहरी ईकाईसँग छलफल तथा समन्वय भईरहेको छ भने नागरिक स्तरमा समेत सहकार्य तथा सहयोगको लागि लागूऔषध नियन्त्रण कार्य योजना कार्यान्वयन कार्य समितिमा समेत सुनौली बजारका नागरिक समाजका अगुवालाई समेत समेटी अभियानमा सहकार्य गरिएको छ ।
तपाई बेलहिया आएपछि लागूऔषध विरुद्ध सिधा कारबाही अभियान सुरु गर्नु भएको छ, यो अभियान किन सुरु गर्नु भएको हो ?
–म यस ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीमा सरुवा भई आएपछि आफ्नो दायित्व भित्र रहेको मुख्य चुनौती तथा समस्या के हो भनी पहिचान गर्ने क्रममा सबैभन्दा ठूलो समस्या नै लागूऔषधको प्रयोग देखियो । हरेक दिन जसो बजारमा चोरी हुने, मोबाईल लुटपाट हुने, पाकेट मार्ने, तोडफोड हुने, भारतबाट नेपाल फर्कने नेपाली दाजुभाईहरु तथा भारतिय पर्यटकहरुको सामान लुटपाट तथा ठगी गर्ने गरेको पाईएको र यस्ता बहानामा लागूऔषध दुव्र्यसनीहरु संलग्न रहेको पाइयो । यस्तै दैनिक रुपमा युवा युवतीहरु लागूऔषध सेवन गरी लठ्ठ परी बाटोमा झुल्ने सडकमा पल्टिने गरेको अवस्था देखियो ।
अझ बिशेष गरी मँसिर २३ गते बाईपास क्षेत्रमा बाटोको किनारामा रोकिएको ट्रकमा पछाडिबाट मोटसाईकल ठोकिई सवारी दुर्घटना हुँदा मोटसाईकलमा सवार दुवै जनाको मुत्यू भएको र दुवै जनाले लागूऔषध सेवन गरेको अवस्था देखिएकोले यस्ता गम्भिर घटनाहरु लागूऔषधको कारणले भएको पाईयो । यता सीमावर्ती भारतिय बजारमा सहज रुपमा लागूऔषध पाउने भएकोले बिभिन्न क्षेत्रबाट युवायुवतीहरु लागूऔषध सेवन गर्न तथा लिनको लागि यस नाकामा आउने गरेको पाईएकोले श्री ५ नं. प्रदेश प्रहरी कार्यालयको सिधा कारबाही अभियानलाई यस नाकामा समेत लागूऔषध नियन्त्रणको लागि नागरिकसँग सहकार्य गरी लागूऔषध नियन्त्रण कार्य योजना कार्यान्वयन कार्य समिति गठन गरी दीर्घकालीन रुपमा संचालन गर्ने गरी स्थानीय विभिन्न २२ संघ सस्थाहरुसँग प्रत्यक्ष सहकार्य तथा समन्वयमा यो सिधा कारबाही सञ्चालन गरी निरन्तर रुपमा यो अभियान सञ्चालन भईरहेको छ ।
अभियान सुरु गर्दा के कस्ता समस्या र चुनौतिहरु आएका छन् ?
–नागरिकसँगको सहकार्यमा कार्य सञ्चालन गर्दा धेरै सहज भएको महशुस भएको छ । तैपनि लागूऔषध अपराध मात्र नभएर यो एउटा गम्भिर रोग पनि हो । जसको लतमा फसेपछि उम्कन गाह्रो हुन्छ । अभियानका क्रममा नियन्त्रणमा परेका दुव्र्यसनीहरुलाई उपचारको आवश्यकता हुन्छ सुरक्षित सेल्टरको आवश्यकता हुन्छ, आफन्तलाई तत्काल समन्वय गर्नुपर्ने हुन्छ । परामर्शको आवश्यकता हुन्छ । धेरै प्रयोग कर्ता होसमा हुँदैनन् । यस्ता कुराको व्यवस्थापनको लागि आवश्यक संरचना तथा व्यवस्था नहुँदा यी समस्याहरुको सामान गर्नुपरेको छ । यस्तै छिमेकी सीमावर्ती बजारमा सहज रुपमा अझै औषधीजन्य लागूऔषध उपलब्ध हुनु पनि प्रमुख चुनौतीको रुपमा रहेको छ ।
अभियान सुरु भईरहँदा सयाँै युवा युवतीहरु पक्राउ परेका छन्, ती युवायुवतीको अवस्था कस्तो पाउनु भएको छ ?
–लागूऔषध नियन्त्रण अभियान सञ्चालन गरेको अढाई महिना भएको छ । यस अवधिमा जम्मा ९ सय ३२ जना युवायुवतीहरु लागूऔषध सेवन तथा ओसार पसारमा चेकजाँचमा परेका छन् । यसमा अधिकांश लागूऔषध सेवनकर्ता रहेका छन्, जसमा ९ सय १८ जना पुरुष र १४ जना महिला रहेका छन । यो तथ्याङकलाई बिश्लेषण गर्दा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका करिब ८९.५ प्रतिशत युवा युवतीहरु यसको लतमा परेको देखिन्छ भने करिब ३८.५ एसएलसी सम्म अध्ययन गर्दै गर्दा पढाई छोडेको, र २५.५ ंद्द माथी अध्ययन गर्दै गरेका युवायुवतीहरु लतमा परेको देखिन्छ । । यसै गरी विभिन्न पेशामा रहेका मजदुर, यातायात मजदुर, व्यापारी, विद्यार्थी, खेलाडी, बिभिन्न सेवामा रहेका सेवाकर्मी, कृषकहरु यसको लतमा परेको देखिन्छ । अधिकांश बेरोजगार युवा नै लागूऔषधको कुलतमा लागेको देखिन्छ । कुलतमा रहेका केही युवायुवतीहरु प्राण घातक रोग एड्स, हेपाटाईटिस बी, हेपाटाईटिस सीबाट संक्रमित भएको समेत पाईएको छ जसको कारण कतिपय युवा युवतीहरु उपचार हुन नसकी सडकमा अलपत्र रुपमा रहने बस्ने गरेको पाईएको छ ।
सीमा नाकाबाट हुने लागूऔषध सेवन र कारोवार नियन्त्रण गर्न के गर्नुपर्ला ?
–लागूऔषध एक अपराध मात्रै नभएर यो गम्भीर रोग पनि हो । यसको नियन्त्रणको लागि केवल कानुनी कारबाही मात्रै नभएर सामाजिक सचेतना हुनु प्रमुख कुरा हो । हरेक नागरिकलाई यसको असर र प्रभावको बारेमा जानकारी हुनु पर्दछ । । हरेक अभिभावकले यसलाई बुझन सक्नु पर्दछ । धेरै दुव्र्यसनी साथी संगतिकै कारण हुने गर्दछ । । पारिवारिक हेलचेक्राई, अभिभावकको रेखदेखको अभाव, मानसिक तनाव, बिकृति मुलक सांस्कृतिक प्रचलन, देखासिकी, नैराश्यता, असफलताका कारण धेरै युवा युवतीहरु लागु औषधको कुलतमा प्रवेश गर्ने र यही कमजोरीको कारण छोटो समयमा धेरै धन कमाउने लालचका कारण मानिसहरु ओसार पसार तथा कारोवारमा जाने र संगठित रुपमा लागु औषधको कारोवार गर्ने गरेको अवस्था छ । तसर्थ यसलाई नियन्त्रण गर्नको लागि हरेक नागरिक सचेत हुनु पर्दछ हरेक अविभावकले समस्यालाई आत्मासाथ गर्न सक्नु पर्दछ । लतमा परेको अवस्थामा पनि उपचार संभव छ । नकारात्मक दृष्टिले नहेरी सहयोगात्मक ब्यबहार गर्नु पर्दछ । आफ्ना बालबच्चाको अस्वभाविक गतिविधिलाई निगरानी गर्ने, अस्वभाविक खर्चलाई नियन्त्रणा गर्नु पर्दछ । त्यसै गरी यो कानुनी रुपमा गम्भिर अपराध हो । यसको कारोवारमा संलग्नलाई कानुनी कारर्वाहीको दायरमा ल्याउन आम नागरिकको पनि सहयोगको आवश्यकता छ । र यस लाई बिशेष अभियान चलाई लागूऔषधको आपुर्ति तथा माग उठाउने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नु पर्दछ ।
अन्तमा लुम्बिनी खबर मार्फत केही भन्नु छ की ?
लागूऔषध एक गम्भिर संगठित एंव मानव बिरुद्धको अपराध हो । यसको प्रयोगले मानिसको शारिरिक, मानसिक अबस्था छिन्न भिन्न पारी धन सम्पति नष्ट गरी अन्तत मृत्युको मुखमा पु¥याउँछ । । तसर्थ समयमै यस प्रति सचेत रही लागूऔषधको कुलतमा नफस्न र कुलतमा फस्नबाट बचाउनको लागि लागूऔषध बिरुद्धको अभियानमा एक भई दुव्र्यसन रहित समाजको निर्माणमा सहयोग पु¥याउन आम नागरिकमा हार्दिक अनुरोध गर्दछु ।