logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    राज्यले खटाएको ठाँउमा नजाने कर्मचारीले राजिनामा दिए हुन्छ ः मन्त्री पण्डित


    १४ बैशाख २०७५ , शुक्रबार

    राज्यले खटाएको ठाँउमा नजाने कर्मचारीले राजिनामा दिए हुन्छ ः मन्त्री पण्डित

    लुम्बिनीखबर
    भैरहवा १४ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिर बाट राजिनामा दिएर निजी ब्यबसाय सुरु गर्न सुझाब दिएका छन् ।

    लुम्बिनी प्रेस क्लबले शुक्रबार गौतम बुद्ध बिमान स्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्रि पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्र सेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजिनामा दिएर अन्य ब्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताए । सरकारले खटाएको ठाउमा नजाने कर्मचारी राष्ट्र सेवक हुनै नसक्ने उल्लेख गर्दै मन्त्रि पण्डितले जागिर खाने बेलामा सरकारले जहाँ खटाए पनि जान्छु भनेर सपथ खानेले अहिले जान्न भन्न नपाईने बताए । उनले कडा भाषामा भने ‘गणतन्त्रमा सबैलाई अधिकार छ । काम गर्दैन पनि भन्न पाउँछन् तर त्यस अगाडी राजीनामा दिनुपर्दछ । ’

    कपिलवस्तु जान हिडेंका मन्त्री पण्डितले बैशाख १८ गते सम्म कर्मचारीलाई १५ ठाऊ रोज्ने अवसर दिएको जनाउदैं त्यसमा भाग नलिएपनि सरकारले खटाएको ठाउमा जानैपर्ने बताए । उनले भने ‘ म फेरी पनि भन्छु , अब कर्मचारी की राज्यले खटाएको ठाऊमा चुपचाप गएर काम गर्नुपर्दछ होइन भने राजीनामा दिनुपर्दछ । ’

    क्लबका अध्यक्ष माधब ढुंगानाको सभापतित्व तथा महासचिव नरेश के.सी. को सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा एमाले नेता समेत रहेका पण्डितले एमाले र माओवादीबीच केही दिनमै पार्टी एकीकरणको घोषणा हुने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.