मो. असलम खान
भैरहवा, २३ बैशाख । लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलले मर्चवारको राम नगर झगरहवा प्राथमिक विद्यालयमा डेक्स बेन्च हस्तान्तरण गरेको छ । क्लबले करिब १ लाख ५० हजार बराबरको ३० सेट डेक्स बेञ्च विद्यालयलाई प्रदान गरेको हो । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लाको विशेष पहलमा क्लबले विद्यालयमा सहयोग गरेको हो ।

बिद्यालयमा डेस्क बेञ्च हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै ३२५ बि टु का पिडिजि एमजेएफ लायन अरुण प्रताप राणाले देशको विकास सुरु हुने विद्यालयबाट भएको हुनाले जव सम्म बिद्यार्थीहरु विकसित हुन सक्दैनन् तव सम्म देश विकसित हुन नसक्ने धारणा व्यक्त गरेका थिए ।
लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलका संस्थापक अध्यक्ष ओम जैसिको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष विजय पाण्डे, डिस्ट्रीक एओजि महेश चन्द्र थापा, झगरहवा प्रा.वि.का प्रधानाध्यापक रंजित यादव, लायन्स क्लव अफ सिद्धार्थनगरका सल्लाहकार अजय गुप्ता,समरि माइ गाउँपालीकाका सुपर भाइजर ए.डि. खान लगायतले क्लबले गरेको पहिलो सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यको निरन्तरताको रहनुपर्ने बताए ।

कार्यक्रममा डिस्ट्रीक ब्लड डोनेशन चेयर पर्सन राजेश खरेल,जोन चेयर पर्सन विनोद खरेल, अम्बुजा सिमेन्टका डाइरेक्टर सन्दीप कुमार अग्रवाल, लायन्स क्लव सिद्धार्थनगरका प्रथम उपाध्यक्ष थिरेन्द्र श्रेष्ठ, संचारकर्मि शशि पन्थी र रबिन्द्र गुप्ता, असलम खाँको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
क्लवका प्रथम उपाध्यक्ष दिपक कौषलको ध्वजा अभिवादन, कार्यक्रम संयोजक राजेन्द्र थापाको स्वागत मन्तव्य तथा क्लवका सचिव महेश नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।