पशुपती यादव
धकधई, २७ वैशाख । जिल्लाको सिमाक्षेत्रमा तस्करी गर्नेहरुले बिभिन्न तरिका अपनाएर भारत बाट नेपाल तर्फ अबैधरुपमा तस्करी गरिरहेका छन् ।

तस्करहरुले प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरुको आखाँ छलेर अहिले पनि काम गरिरहेका छन् । उनिहरुले रातीको समयमा तस्करी गर्ने गरेको स्थानिय बासिन्दाहरु बताउछन् ।
बुधवार इलाका प्रहरी कार्यालय धकधईको टोलीले भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याउदै गरेको ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ ।
बरामद चल्लाहरु पशु क्वारेन्टाईनको प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, बीर बहादुर क्षेत्री, धर्मराज यादव, समाजसेवी पञ्जाबी यादब र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायक निरिक्षक भरत थापाले जानाकारी दिए ।
धईधई क्षेत्रमा अहिले तस्करहरुले कपडा, हार्यवेयर, खाध्यन्न जस्ता समानहरु भारत बाट अबैधरुपमा नेपाल भित्राएर देवदह हुदै बुटवल लैजाने गरेका छन् । सुरक्षा निकायले तस्करी तथा लागूऔषध ओसार पसार गर्नेहरुको बिरुद्धमा कडा रुपमा प्रस्तुत भएपनि तस्करहरुले भने आफ्नो काम गर्दै आएका छन् ।