
बुटवल , जेठ ५ । कानून विषय अध्ययन गर्ने विद्यार्थिहरुको भेलाले ५ नम्बर प्रदेश स्तरीय कानून विद्यार्थि समाज गठन गरेको छ । प्रदेश राजधानी बुटवलमा शुक्रबार सम्पन्न भेलाले प्रदेश स्तरीय कानून विद्यार्थि समाज गठन गरेको हो । सरीता श्रीसको अध्यक्षता, नरेश के.सीको स्वागत, अनुप पोखरेलको सन्चालनमा सम्पन्न बुटवल भेलाले अनुप पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कानून विद्यार्थि समाज गठन गरेको हो ।

जसको उपाध्यक्षमा बाबुराम न्यौपाने, सचिवमा शंकर घर्ति, सहसचिवमा कृष्ण कुमारी रोका, कोषाध्यक्षमा प्रेम बहादुर अर्याल चयन भएका छन् । यसैगरी सदस्यहरुमा गणेश खनाल, बाबुराम घिमिरे, कुलचन्द्र खनाल, दीपक पाण्डे, संजिता पौडेल चयन भएका छन् ।
यसैगरी भेलाले ७ सदस्यीय सल्लाहकार समिती पनि गठन गरेको छ । समाजको सल्लाहकारमा बरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, अधिवक्ता दामोदर घिमिरे, सरिता श्रीस, नरेश के.सी, कमल रायमाझी, युवराज के.सी र चेतन भण्डारी रहेका छन् ।
भेलामा प्रमुख अतिथी बुटवल बहुमुखी क्याम्पसका प्रमुख शखीशरण सुवेदी, सहायक क्याम्पस प्रमुख बरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, कानून विभाग प्रमुख नवराज न्यौपाने, बेनुराम पौडेल लगायतले बोल्दै कानूनलाई सहज विषयको रुपमा लिर्दै व्यवहारीक बनाउदैं लैजान कानून विद्यार्थि समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
नवगठीत प्रदेश स्तरीय समाजले कानूनको विषमा अनुसन्धानमूलक जर्नल प्रकाशन गर्ने, कानूनी अन्तरक्रिया र गोस्ठी गर्ने, प्रदेश सरकार तथा स्थानीय सरकारसंग सहकार्य गरेर कानूनी सहजीकरण र बहस पैरबीमा सहयोग गर्ने उद्धेश्य राखेको अध्यक्ष पोखरेलले जनाए ।