भैरहवा, २२ जेठ। चिया पारखीहरुका लागी चर्चित ब्राण्डको रुपमा परिचित मुना चियाले भैरहवामा शनिवार अन्तक्रिया तथा उपहार प्रदान कार्यक्रम गरेको छ ।

चिया पारखी तथा व्यापारी तथा स्थानिय बासिन्दाहरुको सहभागीतामा भएको अन्तरक्रियामा चिया पिउदा हुने फाईदा र पकाउने तरिकाको विषयमा जानकारी दिएको थियो ।
मुना चियाका राष्ट्रिय बजार व्यवस्थापक रिषि अधिकारीले सहभागीहरुलाई मुना चियाको विषयमा जानकारी गराउदै यसको विशेस्ताहरुको समेत व्याख्या गरेका थिए ।
कार्यक्रममा लक्की ड्र मार्फत उपहार पाउने ग्राहकहरुलाई समेत उपहार प्रदान गरिएको थियो ।
लम्की ड्र मार्फत रुपन्देहीका भावनन्द बस्यालले दुई ग्राम सुन प्राप्त गरेका छन् । त्यस्तै टेक प्रसाद पौडेल र जोगेन्द्र गुप्ताले १ ग्राम सुन प्राप्त गरेका छन् । कपिल देव, टिपि न्यौपाने, झमेन्द्र प्रसाद बेल्वासे, रुपचन्द्र कान्दु, अमित कुमार गुप्ता, नरेन्द्र प्रसाद न्यौपाने र गौरि शंकर कलवारले प्रतिव्यक्ति १० ग्रामका दरले चाँदी प्राप्त गरेको मंगला इन्टरप्राईजेजको सुचना शाखाले जानाएको छ ।
हरिषचन्द्र कान्दुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोमनाथ जैसवाल, मंगला इन्टरप्राईजेजका सञ्चालक हेमन्तराज जोशी लगाएतको सहभागीता रहेको थियो ।