भैरहवा, २६ जेठ । अबैध रुपमा सञ्चालन रहेको होटल नान्सको मिनि क्यासिनो बन्द नहुदा राज्यको करोडौ राजस्व डुबिरहेको छ ।
बिगत १५ महिना देखि चलिरहेको यो क्यासिनो कानुनी रुपमा अबैध भएपनि स्थानिय र सरकारी निकाय संगको मिलोमतोमा सञ्चालन भएको हो ।
हयाप्पी आवर संग रुपा इन्टर नेस्नल कम्पनीले संम्झौता गरेर सञ्चालनमा रहेको भनिएको यो क्यासिनो अबैध भएको समाचार बिभिन्न सञ्चार माध्याम प्रकाशन तथा प्रशारण हुदा पनि यसलाई बन्द गर्ने आट कसैले गर्न सकेको छैन ।
हयाप्पी आवर संग सम्झौता गर्ने रुपा इन्टर नेस्नल कम्पनी समेत कम्पनी रजिष्टारको कार्यालयले बन्द गर्ने प्रकृयामा रहेको भन्दै कुनै काम नगर्न निर्देशन दिएको कम्पनी हो ।
लिक्युडेटर नियुक्ती गरेर बन्द प्रकृयामा अगाडी बडदै गर्दा फर्जी कागजात खडा गरि क्यासिनो सञ्चालन गर्नु गैरकानुनी हुदा पनि सरकारी निकाय मौन देखिन्छ ।
एक मिनि क्यासिनोको शाखाले बार्षिक ७५ लाख रुपैया सरकारलाई रोयल्टी तिर्नु पर्दछ । तर होटल नान्समा सञ्चालन रहेको अबैध क्यासिनोले सबै निकायलाई प्रभावमा पारेर सरकारी रोयल्टी समेत ठगी रहेको छ ।
अहिले रुपन्देहीमा हयाप्पी आवरका दुई क्यासिनो सञ्चालनमा रहेका छन् । होटल लाकौल र होटल नान्समा जसको दुरी ५० मिटर हो ।
कानुनी रुपमा एउटा क्यासिनो सञ्चालन हुने सरकारी प्रावधान भएपनि अबैध रुपमा यहाँ दुई वटा सञ्चालन भएका छन् । जसमा स्थानिय प्रशासनको समेत मौन सहमती दिएको छ ।
कानुनी आधारममा एउटा क्यासिनो सञ्चालन गर्न दिएर अर्को क्यासिनो बन्द गर्ने अधिकार स्थानिय प्रशासनको भएपनि बिभिन्न बिषयहरु उठान गरेर दुवै क्यासिनो चलिरहेका छन् ।
बिषय उठान भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हयाप्पी आवरका नाममा सञ्चालन रहेका भैरहवाका दुबै क्यासिनोहरुलाई प्रमाण पेश गर्न आईतवार सम्मको समयसिमा तोकेका हो ।
तर नान्समा सञ्चालन रहेको क्यासिनोको कुनै प्रमाण तथा क्यासिनो सञ्चालनका लागी कागजात नभएको हयाप्पी आवरका व्यवस्थापक झपेन्द्र गैरेले बताए । उनले भने हयाप्पी आवर प्रा.लि.को नान्स होटलमा सञ्चालन भैरहेको क्यासिनो संंग कुनै पनि सम्वन्ध छैन् । जुन अबैध रुपमा सञ्चालनमा रहेको छ ।
कम्पनी रजिष्टारको कार्यालयले होटल नान्समा सम्झौता गरेको रुपा इन्टर नेस्नललाई बन्दको प्रकृयामा राखेकाले यसले कुनै पनि कारोवार गर्न पाउने सरकारी मान्यता छैन । यसले बिगत १५ महिना देखीको करौड भन्दा बढि रोयल्टी समेत राज्यलाई तिरेको देखिदैन ।
हयाप्पी आवर कम्पनी प्रा.लि.ले समेत कुनै आफुनो सम्वन्ध होटल नान्सको क्यासिनोमा नभएको जिकिर गरिरहेको छ । यि बिविध कारणले नान्सको क्यासिनोको बिषयमा तथा हयाप्पी आवरको विषयमा सत्य तथ्य अनुसन्धान गरेर अगाडी बढनु पर्ने देखिन्छ । बिषय कुन क्यासिनो बन्द गर्न भन्दा पनि भैरहवामा एउटा लाईसेन्समा खोल्न पाउने एउटा क्यासिनो हो । जहाँ दुई वटा खोलिएका छन् । एउटा खोल्ने बातावरण प्रशासनले गरोस ।