logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    संसार भरि एसओएस दिवश


    ९ असार २०७५ , शनिबार

    संसार भरि एसओएस दिवश

    कमल रायमाझी
    भैरहवा, ९ असार । अनाथहरुको साहारा बनेको एसओएस दिवस आज संसार भरका १ सय ३५ वटा एसओएस बालग्राममा बनाइएको छ ।


    २३ जुनमा बनाईने यो दिबस नेपाल लगाएत संसार भरका एसओएस बालग्रामहरुमा बनाइएको हो ।
    दोस्रो बिश्वयुद्धको क्रममा आमावावु गुमाएका अनाथ वालवालिकाहरुको संरक्षणको अभियान सुरु गर्ने एसओएस बालग्रामका अन्तराष्ट्रिय संस्थापक डा. हर्मन माईनरको जन्मदिनको अवसर पारेर यो दिवश मनाउने गरिएको छ ।
    सोही अनुसार एसओएस बालग्राम लुम्बिनीले पनि उहाँको जन्म दिनको अवसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम गर्दै शनिवार भैरहवामा एसओएस दिवश मनाएको छ ।
    आमावावु गुमाएका बालबालिकाहरुको संरक्षण दिएर उनीहरुको पालनपोषण, शिक्षादीक्षाका साथै उनीहरुको मानसिक, शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुराएको एसओएस बालग्राम लुम्बिनीले मात्र १५२ जना छोराछोरिलाई पारिवारिक वातावरणमा हुर्काउदै आएको छ ।


    दिवसको अवसरमा एसओएस बालग्राम लुम्बिनीले संस्थापक हर्मन माईनरलाई श्रदान्जली अर्पण गर्दै विभिन्न कार्यक्रमहरु गरेको संस्थाले जनाएको छ ।
    छोराछोरि, आमाहरु र कर्मचारी विच समेत विभिन्न सास्कृतिक, खेलकुद, साहित्य र अन्तरक्रिया कार्यक्रम समेत गरिएको एसओएस बालग्राम लुम्बिनीको सुचना शाखाले जानकारी दिएको छ ।
    अनाथहरुको सहयोगमा योगदान पुराउने समाजसेवी तथा शिक्षा क्षेत्रका व्यक्तिहरु प्रशान्त विक्रम मल्ल, रचना क्षेत्री, जमुना गिरि लगाएत १५ जनालाई दिवशकै अवसरमा सम्मानपत्र द्धारा एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक विजय जंग राणाले सम्मान गरेको बालग्रामकी सिनियर सेक्रेटरी अमृता उदासले जानकारी दिएकीछिन् ।
    प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री लिला गिरिको प्रमुख आथित्यतामा भएको एसओएस दिवशको समारोहमा महिला तथा वालवालिका कार्यलय रुपन्देहीकी प्रमुख शारदा बस्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, समाजसेवी नारायण अग्रवाल लगाएतको आथित्यता रहेको एसओएस बालग्राम लुम्बिनीले जनाएको छ ।
    एसओएस बालग्रामका संस्थापक पिता प्रोफेसर डा. हर्मन माइनरको निधन पछि सन १९८७ देखी प्रत्येक वर्ष उनको जन्मदिनको अवसर पारेर जुन २३ का दिन यो दिवश मनाउदै आईएको छ । सन १९४९ मा अष्ट्रियाको इम्स्टमा एसओएस बालग्रामको स्थापना भएको ।


    नेपालको भक्तपुर, सुर्खेत, इटहरी, काभ्रे, भरतपुर, भैरहवा, धनगढी, जोरपाटी लगाएत १० स्थानमा एसओएस बालग्राम स्थापना भएका छन भने युवाग्राम, व्यावसायिक तालिम केन्द्र, स्वास्थ्य केन्द्र, सामाजिक केन्द्र र विद्यालयहरु रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.