logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    १५ वर्षपछि सेजमा उद्योग सन्चालन


    १४ असार २०७५ , बिहिबार

    १५ वर्षपछि सेजमा उद्योग सन्चालन

    नरेश के.सी
    भैरहवा, असार १४ ।
    वैदेशिक लगानी आकर्षित गर्ने, आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित सरकारले अगाडी सारेको विशेष आर्थिक क्षेत्र (सेज) १५ वर्ष पछि कार्यन्वयनमा आएको छ ।
    डेढ दशक सम्म कागजमै थन्किएको सेजको अवधारणा अब भने मूर्त रुपमा कार्यमा परिणतः भएको छ । नेपाल सरकारले विक्रम सम्बत २०६० सालमा सेजको लागी कर्मचारी र विभिन्न समिती तथा प्राधिकरण बनाई कार्य थालेको भएता पनि औपचारिक उद्घाटन बाहेक कुनै काम हुन सकेको थिएन । यद्यपी वि.सं. २०७१ साल मंसिरमा तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए । त्यसपछि पुनः अर्को सरकारका उद्योगमन्त्री नविन्द्रराज जोशीले समेत उद्घाट गरेको उक्त सेजमा पहिलो पटक बल्ल उद्योग लाग्ने भएको छ । दूई दूई जना उद्योगमन्त्रीले सेजको उद्घाटन गरेको भएता पनि बल्ल उद्योग सन्चालन हुनेगरी शिलन्यास भएको हो । यद्यपी नेपालका अन्य क्षेत्रमा प्रस्तावित सेजमा अझै उद्योग लाग्न सकेका छैनन् ।
    सेजमा उद्योग लागेपछि ५ नम्बर प्रदेश सरकारले तत्काल रणनीतिक योजनाका साथ अगाडी बढ्ने योजना अगाडी सारेको छ । यसैबीच उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालय ५ नम्बर प्रदेशले विहीबार भैरहवामा सेजको प्रभावकारी कार्यन्वय सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त अन्तरक्रियामा बोल्दै उद्योग मन्त्री लिला गिरीले विशेष आर्थिक क्षेत्रमा नेपालमै पाईने कच्चा पदार्थमा आधरीत उद्योगहरु स्थापना गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । उनले भने ‘देश अब समृिद्ध तर्फ उन्मूख भएको छ । सेजमा स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु स्थापना भई एकातिर प्रायाप्त रोजगारीको सृजना गर्नेछन् भने अर्कोतिर विदेशी बजारमा नेपाली उत्पादन फैलिनेछन् । ’
    उक्त अवसरमा उद्योग सचिव सुर्यकान्त सिग्देलले सेजको ऐन र नियमावली उद्योगीको पक्षमा भएको बताए । उनले भने ‘सेजको ऐन र नियमावलीले उद्योगी व्यवसायीको पक्षमा छ । निर्यातमूखी उद्योग खोल्न चाहनेलाई सेज महत्वपुर्ण क्षेत्र हुन्छ । ’
    उक्त कार्यक्रममा सेजको प्रभावकारीता सम्बन्धमा उद्योग मन्त्रालयका पुर्व सचिव कृष्ण ज्ञवाली र विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीका प्रसाद भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै निर्देशक भट्टले सरकारले प्रत्येक प्रदेशमा एउटा विशेष आर्थिक क्षेत्र निर्माण गर्नेगरी काम थालेको बताए । उनले भने ‘प्रदेश १ मा विराटनगर, प्रदेश २ मा सिमरा, प्रदेश ३ मा पाचखाल, प्रदेश ४ मा गोरखा, प्रदेश ५ मा भैरहवा, प्रदेश ६ मा जुम्ला र प्रदेश ७ मा धनगढीमा सेज निर्माण गर्ने लक्ष्य छ । ’
    ‘भैरहवा स्थित सेजमा उद्योग लाग्न थालेको छ । अन्य उद्योगले पनि सम्झौता गरेका छन् हामीलाई विद्यूतको समस्या हो । विद्यूत समस्या पुरा भयो भने अझै एक सय विगाह जग्गा थप चाहिन्छ । ’ निर्देशक भट्टले भने ।
    उद्योग मन्त्रालयका पुर्व सचिव कृष्ण ज्ञवालीले चीनबाट १९८० मा शुरु भएको सेज पूर्वि एशियाका ताइवान, दक्षिण कोरिया, भारत हुदैं नेपालमा आएको जनाउदै. सेज मार्फत देश विकासमा ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले सेजमा थ्री पीको अवधारणा लागु गरेमा दीर्घकालिन हुने पनि बताए । पुर्वाधार निर्माण, नीति निर्माण र नियमन कार्यमा उद्योगीको सहभागतिा भएमा मात्र सेजमा लाग्ने उद्योग सफल हुने उनको तर्क थियो ।
    कार्यक्रममा नेपाल घरेलु तथा मझौला उद्योग महासंघ प्रदेश ५ का अध्यक्ष नेत्र पाठकलले सेजमा नेपाली कच्चा पदार्थमा आधारीत उद्योग लाई प्राथमिकता दिनुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले सेजमा स्थापना हुने उद्योगले अनिवार्य रुपमा ७५ प्रतिशत निर्यात गर्ने बाध्यकारी व्यवस्थालाई परिवर्तन गरी ५० प्रतिशतमा झार्नुपर्ने बताए । उनले भने ‘उद्योगबाट उत्पादीत उत्पादन स्वदेशी र विदेशी बजारमा विक्री गर्नेगरी बराबर अधिकार दिईएमा सहज हुनेछ । ’
    उक्त कार्यक्रममा उद्योग व्यापार संगठनका रुपन्देही अध्यक्ष नारायण प्रसाद भण्डारीले विद्यूतको प्रायाप्त व्यवस्था नहुदां उद्योगीहरुले तत्काल उद्योग लगाउन चाहेर पनि नसकेको बताए । उनले भने ‘एकातिर विद्यूतको समस्या छ भने अर्कोतिर सेज भित्रको प्लटको भाडा दर अत्यन्तै महंगो छ । भाडा घटाउनुपर्दछ । ’
    बहुप्रतिक्षीत सेजमा उद्योग सन्चालन हुनु खुसीको कुरा भएता पनि विद्यूतको नियमीतता मूख्य समस्या भएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले बताए ।
    कार्यक्रममा नेपाल विद्यूत प्राधिकरण भैरहवाका प्रमुख उमेश झा ले तत्कालकोलागी सेजमा रहेको ११ केभिएको फीडर मार्फत ३ मेगावट विद्यूत सप्लाई दिन सकिने र केही महिनाभित्र ३३ केभीएको प्रसारण मार्फत विद्यूत सप्लाइ दिने बताए ।
    सेजमा पहिलो उद्योग
    नेपालमै पहिलो पटक ५ नम्बर प्रदेशको भैरहवामा उद्योग स्थापना भएको छ । स्टील उद्योगलाई चाहिने कच्चा पदार्थ फ्लक्सको उत्पादन गर्नेगरी उक्त उद्योग स्थापना भएको हो ।
    शक्ति मिनिरल्स प्रा.लि. उद्योगको स्थापना गर्ने गरी बुधबार उक्त उद्योगको निर्माण कार्य शुरु भएको छ ।
    उक्त उद्योग नेपालमै पहिलो र विशेष आर्थिक क्षेत्र सेजमा समेत पहिलो भएकोछ । उद्योगलाई चाहिने शत प्रतिशत कच्चा पदार्थ नेपाल कै प्रयोग हुने उद्योगका सञ्चालक विनोद कुमार श्रेष्ठको भनाई छ ।
    एक स्क्वायर मिटरको बिस रुपैयाँका दरले उद्योगले सेजलाई मासिक भाडा बुझाउनुपर्ने छ । यसो गर्दा मासिक तीन लाख चालिस हजार भाडा पर्ने छ
    प्रायाप्त विद्यूत सप्लाई नहुदां उद्योग लगाउन नसकिएको उद्योगीहरुले बताईरहदा उद्योगी दिपक कुमार झा र श्रेष्ठले ले चालिस करोडको लगानिमा उक्त उद्योग स्थापना गर्न थालेका हुन् । २ महिनाभित्र उद्योग सन्चालनमा आउने जनाइर्एको छ ।
    यसअघि लामो समयसम्म पूर्वाधार नहुँदा उद्योग दर्ता प्रस्ताव गरेका व्यवसायी निरास बन्दै गएका थिए । विशेष आर्थिक क्षेत्र प्राधिकरणमा फूल फेजको विद्युत् आउन अझै एक वर्ष बढी समय लाग्ने भए पनि तत्काल उद्योग स्थापनाका लागि आवश्यक विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    सेजमा उद्योग सन्चालनमा ढिलाईको कारण

    सेजका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले उद्योग मन्त्रालयले विशेष आर्थिक क्षेत्र सन्चालन गर्नेगरी शुरुमा विकास समिती त्यसपछि प्राधिकरण बनाएको भएता पनि मुख्यतया लामो राजनितिक अस्थीरताकै कारण उद्योगीहरु विगतमा सेजप्रति आकर्षीत नभएको दाबी गरे ।
    उनले विद्यूत आपूर्तिको कमी, श्रमीकबाट समस्या, औद्योगिक पुर्वाधारको कमी, नीतिगत र प्रक्रियागत कमजोरी तथा पुर्व सन्चालन खर्च बढी हुनेहुदां सेजमा उद्योग सन्चालनमा ढीलाई भएको तर्क गरे ।

    विशेष आर्थिक क्षेत्रमा छुट

    विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई सरकारले विशेष सुविधा दिनेगरी ऐन बनाएको छ । आयकरमा पहिलो ५ वर्ष सम्म १०० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्वदेशी कच्चा पर्दाथ कम्तिमा ६० प्रतिशत प्रयोग गर्ने उद्योगलाई पहिलो ५ वर्ष पछि पुनः १० वर्ष सम्म ५० प्रतिशत आयकर छुट र अन्य उद्योगलाई ५ वर्ष सम्म ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ ।
    हिमाली र पहाडी जिल्लामा पहिलो ५ वर्ष १०० प्रतिशत र त्यसपछि १० वर्ष सम्म ५० प्रतिशत छुट व्यवस्था छ भने लाभांस रकममा पहिलो ५ वर्ष सम्म १०० प्रतिशत छुट र त्यसपछि ३ वर्ष सम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेजमा स्थापना उद्योगमा मजदुरहरुले बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरिएको छ ।

    सेजमा कुन कुन उद्योग

    शक्ति मिनरल्स सहित सेजमा एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज प्रा.लि., किरण सुज म्यानुफ्याक्चर्स, मिनरल वाटर इन्डष्ट्रिज, एसियन थाई फूड्स प्रा.लि., जगदम्बा सिन्थेटिक प्रा.लि.सहितका २६ वटा उद्योगले प्रस्ताव दर्ता गरेका छन् । बाँकी उद्योगले पनि अबको केही महिनाभित्रबाट उद्योग निर्माण थाल्ने सेज विकास प्राधिकरणले जनाएको छ । ६९ वटा प्लट रहेको सेजमा स्थापना हुने उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नै पर्ने प्रावधान छ । यस्ता उद्योगहरुलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ ।

    विश्वमा सन् १९८० मा पहिलोपटक सेन्जेन, झुहवाई, सान्तनवा र झिम्यानमा विशेष आर्थिक क्षेत्र सन्चालन भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.