logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    विकासका लागि वैदेशिक लगानी पनि भित्राउँछौ


    १७ असार २०७५ , आइतबार

    विकासका लागि वैदेशिक लगानी पनि भित्राउँछौ

    गाउँपालिकामा के कस्ता कार्यहरु अगाडि बढेका छन् ?

    –हामी निर्वाचित भएको एक बर्ष हुन लागेको छ । विकास निर्माणका कार्य धमाधम अगाडि बढेका छन् । केही केही गुरु योजना अनुसार सम्पन्न भएको छ । केही सम्पन्न हुन बाँकी छन् । स्वास्थ्य सम्बन्धी उपकरणको व्यवस्था गरिएको छ । ओमसतिया भित्र शैक्षिक सुधारमा जोड दिइएको छ । सामुदायिक विद्यालयमा र धार्मिक विद्यालयमा यसै वर्ष देखि अंग्रेजी माध्यमबाट नर्सरी देखी कक्षा एक सम्म पठन पाठन सुरु गरिएको छ ।
    अंग्रेजी माध्यमबाट पढाई सुरु गर्दा बालबालिकाको उपस्थिति बाक्लो देखिएको छ । ओमसतिया अन्तर्गत रहेका विद्यालयमा अग्रेजी माध्यमबाट पढाउन सक्ने खालका शिक्षकलाई लिखित र मौखिक परीक्षा लिई छनोट गरी करारमा नियुक्ति गरिएको छ । ओमसतियामा तीन वटा माध्यमिक विद्यालय छन् । नेपाल सरकारको नीति अनुसार माध्यमिक विद्यालयलाई दश जोड दुई र निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाउने लक्ष्य रहेको छ ।

    हिरा केवट (राहुल) अध्यक्ष, ओमसतिया गाउँपालिका

    जनताको आवश्यकतालाई कसरी समाधान गर्नुभएको छ ?
    –स्थानीय सरकाले जनताको सामूहिक समस्या प्रति विशेष चासो राखेको छ । शिक्षा स्वास्थ्य पानी बाटोघाटो लामो समय नरहेको अवस्थामा अहिले गाउँगाउँमा पुग्ने सम्म समस्या समाधान गरिएको छ ।

    गाउँपालिकाका प्राथमिकताहरु के के छन् ?
    –गाउँपालिका भित्र भौतिक संरचना निर्माण, शिक्षा सुधार कार्यक्रम, बैज्ञानिक कृषि प्रणाली लागु गर्नै, बेरोजगार युवा लाई स्वारेजगार बनाउनका लागी आय आर्जनका कार्यक्रम, सिपमुलक तालिम लगायतका बिषेश कार्यक्रम प्राथमिकतामा राखिएको छ । बीस हजारको बालिका बीमा पनि प्राथमिकतामा राखिएको छ ।

    बजेट बिनियोजन कसरी भैरहेको छ ?
    –प्रत्येक वडालाई ८० लाखका दरले बजेट विनियोजन गरिएको छ । वडाका ठूला योजना देखि सानो योजनाका कार्य भईरहेको छ । योजनाको गाउँपालिकाबाट अनुगमन कार्य पनि भइरहेको छ ।

    निर्वाचनमा जनता सामु गरेका प्रतिबद्धता के के पूरा गर्नुभयो ?
    –निर्वाचनका बेलामा जनता सामु गरेका केही प्रतिबद्धता पुरा भएको छ । केही बाँकी छन् । पाँच वर्ष भित्र हामीले गरेका सबै प्रतिबद्धता पुरा गर्छाैँ । कृषि आधुनिकीकरणका लागि पहल भैरहेको छ । ठाउँ ठाउँमा बोरिङको व्यवस्था गरिएको छ । किसानले बोरिङबाट सिँचाई गर्नका लागि पनि पहल भईरहेको छ । दैवी प्रकोपका लागि विपत व्यवस्थापन गरिएको छ । उत्कृष्ट कृषकलाई सम्मान, स्वस्थ र स्वच्छ पानीका लागि हैण्ड पाइप वितरण गरिएको छ । धार्मिक क्षेत्रको संरक्षण गरिएको छ । आर्थिक र शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिलाई ह्वील चेयर वितरण गरिएको छ ।

    गाउँपालिका सरकार प्रमुख भएर काम गर्दा के के जटिलताको सामना गर्नुपरेको छ ?
    –जति राम्रोसँग काम गरेपनि विपक्षी दलले सकारात्मक देख्दैनन् । तर जनता सचेत छन् । कसैको भ्रामक प्रचारको पछाडि जनता लाग्दैनन् । पाँच वर्षमा ओम सतियालाई नमुना बनाउँछौँ ।

    यहाँका जनता, राजनैतिक दल, सँघ संस्थाले के कस्तो भूमिका खेले भने काम गर्न सहज हुन्छ ?
    –कुनै पनि कामलाई सकारात्मक सोच राखेमा काम गर्न सजिलो हुन्छ । विपक्षी दलले राम्रो काम गर्दा गर्दै गलत प्रचार गर्छन । सबै संघ संस्था र जनताले रचनात्मक सुझाव दिएमा जनताको लागि ओमसतियाबासीका लागि गर्वको विषय हुने छ ।

    विकासका दृष्टिकोणले पछाडि परेको ओमसतियाको विकास विस्तारमा यहाँको भुमिका के के हुन्छ ?
    समग्ररुपले हेर्दा जिकास निर्माण कार्य भइरहेको ओमसतियालाई अझै विकसित बनाउनका लागि मेरो लक्ष्य र योजना रहेको छ । ओम सतियामा चिनिया लगानीका साथै दातृ निकाय र छिमेकी मुलुकलाई योजना पठाई विकास निर्माणलाई तीव्रता दिनेछौँ । विकासका लागि चुनौती पनि छन् । ती चुनौतीलाई समाधान गर्दै हामी अगाडि बढ्ने छौँ ।

    अन्तमा लुम्बिनीखबर मापर्mत केही भन्नु छ कि ?
    ओमसतियाबासीलाई धन्यवाद दिन चाहन्छु । जनताका समस्या प्रति हामी निकै गम्भिर छौँ। सबैले सकारात्मक सोच राखौँ र विकास निर्माणमा जुटौँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.