लुम्बिनीखवर
भैरहवा । भैरहवा क्षेत्रमा क्रियासिल सामुहिक बिद्यालय परिवारमा आवद्ध प्रिन्सिपलहरु शैक्षिक गुणस्तरलाई माथी उठाउनका लागी अन्तराष्ट्रिय तालिम लिन अष्ट्रियाको गामामा पुगेका छन् ।

शैक्षिक गुणस्तरका लागी प्रिन्सिपलले खेल्नुपर्ने व्यवस्थापकिय तालिममा सहभागी हुन प्रिन्सिपलहरु गामा पुगेको न्यु मुन एकेडमीका प्रिन्सिपल प्रेम नारायण पौडेलले जानकारी दिए ।
एक हप्ते तालिम तथा अभ्यास अनुसन्धानमुलक भ्रमणमा जाने प्रिन्सिपलहरुलाई साईग्लोबल एकेडमीका अध्यक्ष हरि थापाले गौतम बुद्ध बिमानस्थलमा बिदाई गर्दै तालिम सफलताको कामना गरेका थिए ।

बिदाई गर्दै अध्यक्ष थापाले अन्तराष्ट्रिय तालिममा सिकेका कुरा भैरहवा क्षेत्रका स्कुलहरुले सदुपयोग गर्नेमा आफु आसाबादी भएको भन्दै दत्तचित्त भएर शैक्षिक गुणस्तरलाई माथी उठाउन प्रिन्सिपलहरुले भुमिका खेल्नु पर्ने सुझाव दिदै बिदाई गरेको सामुहिक बिद्यालय परिवारले जनाएको छ ।
भैरहवा क्षेत्रका ८ जना प्रिन्सिपल सहभागी रहेको तालिममा बिदेशी प्रशिक्षकले तालिम दिनुका साथै अष्ट्रियाका बिद्यालयहरुको भ्रमण समेत गराउने कार्यक्रम रहेको भ्रमणमा सहभागी प्रिसिन्पल गोकुल पोखरेले बताए ।

यसक्षेत्र बाट साईग्लोबल एकेडेमीका दिपेश भट्टराई, युनिभर्सल पव्लिक स्कुलका गोकुल पोखरेल, फ्युचर लाईट इंलिस बोडिङ स्कुलका गंभिर गुरुङ, मिर्नवाका राजकुमार गुरुङ, आर्दश इंलिस बोडिङ स्कुलका बिष्णु पन्थी, सि.बि. पव्लिक इंलिस बोडिङ स्कुलका उदय मल्लिक, लुम्बिनी विस्डम इंलिस बोडिङ स्कुलका महेश भुर्तेल,युनिकस होम्स इंलिस बोडिङ स्कुलका मनोज यादव सहितको प्रिन्सिपलहरुको टोलि रहेको छ ।