स्वास्थ्य सन्देशहरु
क) बच्चालाई संक्रामक रोगहरु बाट बचाउन ः
बच्चा जन्मेको १ घण्टा भित्रै आमाको दुध खुवाऔं ।
बच्चा लाई ६ महिनाको उमेर सम्म स्तनपान मात्र गराऔं ।
बच्चालाई ६ महिना पुरा भएपनि स्तनपानको साथसाथै ताजा ,पोषिलो र नरम खानेकुराहरु खुवाऔं ।
ख) नसर्ने रोगहरुको जोखिम कम गर्न स्वस्थकर ब्यबहार गरौं ।
सुर्तिजन्य पदार्थ तथा मदिरा सेवन नगरौं ।
उचाई अनुसार शरिरको तौल कायम गरौं ।
स्वस्थ तौल राख्न र शरिरको मो६ोपन ३६ाउन नियमित ब्यायाम गरौं ।
चिल्लो ,गुलियो ,नुनिलो कम खाने गरौं ।
दैनिक छ ग्राम भन्दा कम नुन खाने गरौं ।
मानसिक तनाब नलिऔं र रिसाउने बानी पनि नगरौं ।
अन्न ,दाल ,गेडागुडी , दुध ,दहि,माछा,बोसो नभएको मासु,अण्डा सहितको सन्तुलित खाना र हरियो सागसब्जी,फलफुल प्रसस्त रुपमा खाने गरौं ।
कोल्ड डिंक्स ,गुलिया पेय पदार्थ ,मिठाई ,चक्लेट ,चाउचाउ,चिप्स सकभर नखाऔं ।
ग) २ हप्ता भन्दा बढी लगातार खोकी लागीरहेमा क्षयरोग हुन सक्छ । तुरुन्त स्वास्थ्य संस्थामा गई खकार परिक्षण गरौं । क्षयरोग एकिन भएमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नछटाईकन पुरा समय सम्म औषधी खाई उपचार गरेमा क्षयरोग – टि.बि.) निको हुन्छ । क्षयरोगको औषधी स्वास्थ्य संस्थाहरुमा निःशुल्क प्रदान गरिन्छ ।
घ ) औलो ,कालाजार,हातीपाईले,डेंगु ,जापानिज ईन्सिफ्लाईटिस जस्ता रोगहरु बाट बच्न
सधै झुल भित्र सुत्ने गरौ ।
घर आगन सधै सफा राखौं ।
घर वरिपरिका खाल्डा खुल्डी पुरेर पानी जम्न नदिऔं ।
पुरा बाहुला र शरिर ढाक्ने लुगा लगाऔं वा शरिरको खुलला भागमा लामखुट्टे भगाउने मल्हम लगाऔं ।
प्लाष्टीक तथा टिनका बट्टाहरु,टायर ,गमला तथा कुलरमा पानी जम्न नदिऔं ।
लामखुट्टे मार्न घरभित्र औषधी छर्किेने कार्यमा स्वास्थ्यकर्मीहरु लाई सहयोग गरौं ।
ङ) साबुनपानीले मिचिमिची सधै हात धुने गरौं ,झाडापखाला, आऊ,टाईफाईड ईन्फ्लुन्जा जस्ता सरुवा रोगहरु लाग्न बाट बचौं । सधै चर्पीमा मात्र दिसा पिसाब गरौं गराऔं ।
च) परिवार नियोजन स्मार्ट बन्छ जीवन । आमा र बच्चाको स्वास्थ्यको लागि कम्तीमा ३ बर्षको फरकमा मात्र बच्चा जन्माऔं । परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु प्रयोग गरौं । सरकारी स्वास्थ संस्थाहरुमा परिवार नियोजनको साधन र सेवा निःशुल््क पाईन्छ ।
छ ) पाठेघर खस्न ( महिलामा आङ खस्ने समस्या ) बाट बच्ने उपायहरु
महिलाको उमेर कम्तीमा २ण् बर्ष पुगेपछि मात्र बिबाह गर्ने ।
गर्भावस्था र सुत्केरी अवस्थामा पोषीलो खाना प्रयाप्त मात्रामा खाने ।
पुर्व प्रसुती र सुत्केरी अवस्थामा स्वास्थ्य जांच गराउने ।
गर्भावस्था र सुत्केरी राम्रो स्याहार गर्ने ।
जन्मान्तर कम्तीमा ३ बर्ष गर्ने ।
स्वास्थ्यकर्मीहरुले दक्ष प्रसुतिकर्मी बाट प्रसुति गराउने ।
सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।
गर्भावस्था र सुत्केरी अवस्थामा गह्रौं भारी नबोक्ने ।
पाठेघरर खसेको छ भने महिला स्वयंले लाज नमानी तुरुन्त स्वास्थ्य संस्थामा गई सेवा र सल्लाह लिऔं ।
ज) असुरक्षित गर्भपतन गराउदा महिलाको ज्यान नै जान सक्छ । त्यसैले सुचिकृत स्वास्थ्य संस्था तथा सुचिकृत स्वास्थ्यकर्मीहरु बा६ महिलाको मन्जुरीमा मात्र सुरक्षित गर्भपतन गराऔं ।
झ ) शरिरमा नचिलाउने ,रातो ,फुस्रो दाग देखापरेमा कुष्ठरोग हुनसक्छ । त्यसैले कुष्ठरोगको समयमै उपचार गराऔं र अञ्गभञ्ग हुनबाट बचौं र बचाऔं ।
ञ) पुर्णखोप लगाऔं, बालबालिकाहरु लाई सरुवा रोगहरु बाट सुरक्षीत बनाऔं । खोप नलिएका तथा खोपको मात्रा पुरा नगरेका बालबालिकाहरु लाई खोप केन्द्रमा लैजाऔं ।
ट) समयमै एच आई भि. परिक्षण गरि ढुक्क हुनुहोस् ।
एच.आई.भि बाट बच्ने उपायहरु
श्रीमान श्रीमती वा यौन साथी बिच मात्रै यौन सम्पर्क गर्ने र अन्यसंग यौन सम्पर्क गर्ने परेमा कन्डम लगायर सुरक्षित रुपमा यौन सम्पर्क गर्ने ।
संक्रमीत बिरामीले प्रयोग गरेका औजार प्रयोग नगर्ने वा निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने
एच. आई. भि. संक्रमित आमा गर्भवती भएमा नजिकको स्वास्थ्य संस्थामा गई परामर्श लिऔं ।
एच. आई. भि. परिक्षण गरिएको रगत मात्रै लिने वा दिने ।
ठ ) मेरो छ प्रतिबद्वता ,स्वस्थ जीवनको आवश्यकता
म रक्सी चुरोट र सुर्तीजन्य पदार्थ खान्न ।
म नियमित ब्यायाम गर्छु ।
म नियमित स्वास्थ्य परिक्षण गराउछु ।
म स्वस्थ र पोषिलो खाना खान्छु ।
म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु ।
ड) छ बर्षमुनिका बच्चाहरुमा झा८ापखाला,स्वासप्रश्वास सम्बन्धि समस्या जस्तै निमोनिया हुन सक्दछ । त्यसैले यस्तो समयमा बच्चालाई न्यानो पारेर राखौ,साविकभन्दा बढी स्तनपान,झोलिलो कुरा तथा जीवनजल खुवाऔं । कुनै लक्षण चिन्ह देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई जांच गराऔं ,आमा र बच्चाको स्वास्थ्य राम्रो राखौं ।

अनुरोधक
जिल्ला जनस्वास्थ्य कार्यालय
भैरहवा रुपन्देही