logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    चोरि तस्करी नियन्त्रणमा सशस्त्र


    ३० असार २०७५ , शनिबार

    चोरि तस्करी नियन्त्रणमा सशस्त्र

    लुम्बिनीखवर
    भैरहवा, २९ असार । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले चोरि तस्करी नियन्त्रणका लागी बिशेस अभियान सञ्चालन गरेको छ ।


    सुरक्षा गुल्मले सम्भावित चोरि तस्करी हुने स्थानहरुमा मार्किङ गरि व्यापक रुपमा सशस्त्र प्रहरी बललाई परिचालन गरेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले जनाएको छ ।
    रुपन्देही र नबलपरासी जिल्ला कार्यक्षेत्र रहेको गुल्ममा नया सशस्त्र प्रहरी उपरिक्षक सूर्य सेन ओली प्रमुख भएर आएपछि चोरि तस्करी नियन्त्रणमा व्यापकता आएको हो ।


    राजस्व गुल्मले असार महिनाको अबधीमा मात्र २७ लाख ६१ हजार ९० रुपैया बरावरका चोरि तस्करीका समान नियन्त्रण गरि भैरहवा भन्सार कार्यालयमा बुझाएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
    यहि अवधीमा राजस्व ठगी गरेको करोडौ मुल्य बरावरका शंकास्पद समानहरु समेत नियन्त्रण गरि राजस्व अनुसन्धान पश्चिमाञ्चल ईकाइ कार्यालय बुटवलमा बुझाएको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाको रेर्कडमा देखिन्छ ।


    भैरहवाले बिभिन्न नाकामा चेकजाच तथा पेट्रोलिङका क्रममा तस्करीमा प्रयोग भएका ना ३ च ३५६३ नम्बरको पिक अफ बलेरो एक थान, लु १ च ९८८४ नम्बरको सुजुकी पिकअप एकथान, लु १ च ९५८९ नम्बरको पिकअप, ना ६ ख ४७३४ नम्बरको लोडेड ट्रक, ४ वटा मोटर साईकल, एकथान स्कुटर तस्करी समान सहित नियन्त्रणमा लिएर आबस्यक कार्वाहीका लागी भैरहवा भंसार कार्यालय र राजस्व अनुसन्धान पश्चिमाञ्चल ईकाइ कार्यालय बुटवलमा बुझाएको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाका प्रबक्ता सशस्त्र प्रहरी निरिक्षक नबिन बुढाथाकीले बताए ।


    असार महिनामा सशस्त्र प्रहरीले ठुलो परिमाणमा मोटर पार्टस, किराना समान , कस्मेटिकका समान, कपडा, इलेक्ट्रोनिक, हार्डवयर, खाध्यान्न, चिनि लगाएतका समानहरु भारत बाट अबैधरुपमा नेपाल आउदै गर्दा बराबद गरि भैरहवा भन्सार कार्यालयमा नियमित जस्तो बुझाउने गरेको भैरहवा भन्सार कार्यालयले समेत जानकारी दिएको छ ।
    राजस्व अनुसन्धान पश्चिमाञ्चल ईकाइ कार्यालय बुटवलले सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले चोरि तस्करी नियन्त्रणमा ठुलो सफलता हात पारेको भन्दै केहि तस्कर ,राजस्व छली गर्ने व्यक्ति र समान बरामद गरि यस कार्यालयमा पनि बुझाएको बताएको छ ।


    सशस्त्रले बुझाएका राजस्व ठगी सम्बन्धीत समान तथा व्यक्तिका बिषयमा अनुसन्धान भैरहेकाले अनुसन्धान पुरा नहुदा सम्म केहि बताउन नमिल्ने राजस्व अनुसन्धान पश्चिमाञ्चल ईकाइ कार्यालय बुटवलले जनाएको छ ।

     

     

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.