logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    अनुगमनकर्ता नै ठेकेदार


    ३१ असार २०७५ , आइतबार

    अनुगमनकर्ता नै ठेकेदार

    लुम्बिनीखबर
    बेथरी, असार ३० ।
    विकास निर्माण र ठेकेदारले गरेका काम तथा आफ्नो गाउठाउमा भए गरेका कामको अनुगमन गर्ने जनप्रतिनिधि यतिबेला ठेक्का पट्टा गर्दै हिँडेका छन् भन्दा अचम्म लाग्ला तर मायादेवी गाउँपालिकामा यस्तै भएको छ ।

    गाउँपालिकाको वडा नम्बर ६ का जनताले यतिबेला कुनै सिफारिस गराउनु प¥यो भने भेट्न गाह्रो हुन्छ किनकी उनी ढुंगा गिट्टी, बालुवा र छर्री बेच्न व्यस्त छन् ।

    आफ्नै हात जगन्नाथ भने झै वडाध्यक्ष राजेन्द्र यादवले गैरकानुनी रुपमा गरगट्टीमा बालुवा छर्रीको डम्पिङ गरेर राखेको बुझिएको छ । कर छली गर्न क्रसर व्यवसायीसंग मिलेर अन्डर बिलिङ समेत गर्ने गरेको आरोपमा बेथरी प्रहरीले उनको ना ७ ख ८६९३ नम्बरको टिप्पर (हाइवा) लाई नियन्त्रणमा लिएको छ ।

    कपिलवस्तुको अम एकता वालुवा प्रशोधन उद्योगबाट एक टिप्पर छर्री जम्मा ३ हजार २ सय मा लिएको पाइएपछि प्रहरीले गाडीलाई नियन्त्रणमा लिएको थियो ।

    बेथरी प्रहरी इन्चार्ज चिन्तामणी न्यौपानेका अनुसार उक्त गाडीले कम मूल्यको छर्री लिएको देखेपछि थप अनुसन्धानको लागि जिल्ला समन्वय समितिमा पठाइएको छ । स्रोतका अनुसार उक्त गाडी बराबरको छर्रीको बजार मूल्य १७ हजार भन्दा माथि रहेको छ ।

    भ्याट छलेको प्रारम्भिक रुपमा देखिएकोले गाडी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उक्त गाडीमा भएको मालको १७ हजारको भ्याट बिल जारी गर्दा बढी कर तिर्नुपर्ने भएकोले जम्मा ३२ सय को मात्रै भ्याट विल जारी गरेको बुझिएको छ । यसरी जनप्रतिनिधी नै भ्याट छलीमा लागेको देखिएको छ ।

    शिवपुर, मकरी, खजुरीया, कुरैनी, कुटिया, प्रीपहवा, दुगौलिया, नौकट्टिया, गुरबनिया र बेथरी जस्ता बस्तीहरु भएको उक्त वडामा अहिले सडक ग्राभेलको काम धमाधम भइरहेको छ ।

    गाउँगाउँमा सडक पुग्नु राम्रो हो तर उक्त सडकमा पनि वडाध्यक्ष यादवले आफै र आफ्नै २ भाई मदानी भन्ने नगेन्द्र र वीरेन्द्र मार्फत सबै निर्माणका काम गराइरहेका छन् ।

    लुम्बिनीखबरले वडाध्यक्ष यादवलाई सम्पर्क गरी आफै अध्यक्ष आफै ठेकेदारी काम गर्नुभएछ भनी सोध्दा उनको जवाफ आयो ‘के गर्ने राजनीतिले खान पुग्दैन काम त गर्नै प¥यो नी । ’ वडा तहमा विकास निर्माणको कामको अनुगमन गर्ने काम वडा अध्यक्षको हो । आफै निर्माण व्यवसायी भएपछि जस्तो काम गरेपनि हुने भयो । कामको गुणस्तरीयता पनि कमजोर हुने जानकारहरु बताउँछन् ।

    बेथरी प्रहरीका इन्चार्ज न्यौपानेले खोलाबाट रातीको समयमा ट्याक्टर मार्फत बालुवा मिस्कट चोरी तस्कारी गराईरहेको र सो बापत मासिक रुपमा लाखौँ रुपैयाँ बुझिरहेको बेला आफूले त्यो काम रोकिदिएपछि उनले प्रतिशोध साध्न आफ्नो गाडी विनाकारण नियन्त्रणमा लिएको वडा अध्यक्ष यादवले बताए । रुपन्देहीमा यतिबेला केही जनप्रतिनिधिहरु पञ्चायती शैलीमा प्रधानपन्चको ढंगले काम गरिरहेका पनि छन् ।

    उनीहरु जनता सर्वोच्च हुन भन्ने कुरा बिर्सिएर आफुखुसी काम गरिरहँदा नेपालमा अझै संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था व्यवहारमा लागू हुन सकेन की भनी जनताहरु चिन्तित भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.